• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एक थाल भुट्या मकै अर्थात् चुत्रवीर बज्यै


एक थाल भुट्या मकै अर्थात् चुत्रवीर बज्यै
Share on FacebookShare on Twitter

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस

एकसरो इँटाको गाह्रो लगाएर बनेको दुईकोठे घर। झ्यालमा खापा छैनन्। पुराना कपडा खाँदखुँद पारेर हावा र पानी छेकिएको छ। घर वरपर झार र घाँस उम्रिएर झाडीजस्तै भएको छ। अरू बेला मुस्किलले भित्रबाहिर गरिरहने बज्यै यो पटक भने देख्न पाइनँ।

करेसाबारीमा तरकारी लटरम्म फल्थे। यसपटक भने वरपर बाँझै। नाम मात्रैको यो घर चुत्रवीर बज्यैको दरबार थियो। चुत्रवीर बज्यै अर्थात् सार्की समुदायकी तुलसी बौडेल। हाम्रो गाउँको माझमा रहेको यो घर बज्यैको निधनपछि सुनसान, खाली खाली र एक्लो भएको छ। घरको अलिपर बज्यैले पानी बोक्ने ग्यालेन लडिरहेको थियो, बेसहारा बनेर। निकै कष्टकर बुढ्यौली जीवन बाँचिरहेकी बज्यै केही महिनाअघि यस संसारबाटै बिदा भइछन्।

जाडो मौसमको एक बिहान, आमाले गाउँबाट फोन गरेर सुनाउनु भयो, ‘माथिकी बज्यै खसिछन् नि।’ ‘को बज्यै नि ?’ ‘नवीनको हजुरआमा के।’ ‘ए हो र ? कस्तो नराम्रो। के भएर नि ?’  ‘बिरामी भएको धेरै भएको थियो। हिजो राति खाना खाएर सुतेकोे रे। बिहान उठ्दा भुइँमा घोप्टिएको  अवस्थामा देखे रे गाउँलेले।’

यति भनेर आमाले फोन काटी दिनुभयो। नवीनको हजुरआमा याने कि चुत्रवीर बज्यै। नागरिकतामा नाम के थियो कहिल्यै सोधिनँ। अलि कडा मिजासकी। बच्चा बेलामा म निकै डराउँथें उनीसँग। नजिक नै पर्दिनथें। आक्कलझुक्कल भेट हँुदा सन्चै हुनुहुन्छ भन्दै फिस्स हाँसिदिन्थें। कालले लग्या छैन भन्दै ठाडो जवाफ दिन्थिन् उनी। उनको रुखो र ठाडो जवाफमा विस्तारै बानी पर्दै गएँ। गाउँभरिका बालबालिकाले उनलाई बुबै भन्ने गर्थे। सायद त्यही सिको अपनाएँ। गाउँकै रेडियोमा काम गर्थें। हातमा रेडियो बोकेर बजाउँदै उकालो चढेर रेडियो स्टेसन जान्थें। बज्यैको घरमुनि बाटो निकै अप्ठ्यारो थियो, बर्खाको पानीले।

आमाले फोन राखिसक्दा बज्यैसँगका सम्झना हुर्रिएर आउन थाले। गाउँको डाँडामा रहेको चिटिक्क परेको उनको घरको पिँढीमा मेरा लागि राखिदिएको एक थाल भुटेको मकै सम्झिएँ। मकैमा मिसाएको भटमास र चनाका दाना निकै मिठो लाग्थ्यो मलाई। रेडियोमा बोलेर फर्कने समयमा उनी घरवरपर झार उखेल्दै हुिन्थन्। कहिले भाँडा माझिरहेकी हुन्थिन् त कहिले गोठमा गाईबस्तुको गोबर सोहोरिरहेकी। केही न केही काम गरिरहन्थिन् चुत्रवीर बज्यै। कहिले परालको टौवामा पराल तानिरहेकी त कहिले कुखुरालाई चारो हालिरहेकी।

बाहुलामा च्यातिएको चोली। धोतीलाई बेरेर कम्मरमा लगाएको पटुकी। खुम्चिएर मुजा परेको घुँडासम्म आउने गरी लगाइएको धोती। कपाल कहिले लरक्क कोरेर डोरीझैं बाटिएको हुन्थ्यो त कहिले असरल्ल छोडिएको। झ्याप्प हेर्दा चुत्रवीर बज्यैको बाहिरी रूप यही हो। चुत्रवीर बाजे भएको समयमा हातभरि राता चुरा लगाउँथिन्, निधारमा रातो टीका र सिन्दूर पनि। पछिल्लो समय भने उनी बेरंगको पहिरनमा हुन्थिन्। सायद भाग्यलाई दोष दिँदै बाँकी जिन्दगी निकै कष्टकर तरिकाले काटिरहेकी थिइन्।

बाटोमा हिँड्दै गरेको देखिहालिन् भने बज्यै बोलाउँथिन्, ‘ठुल्नानी पिँढीमा मकै राखिदिएको छु। गोजीमा हालेर जानू। इत्ती बोडी फलेको रैछ, चावडा कोसा छ। घर लगेर मिसाएर तिहुन पकाउनू।’ म जाने समयमा पिँढीमा केही न केही राखिदिन्थिन्। कहिले अम्बा, कहिले सुकेर कक्रक्क परेका सुन्तला। अनि कहिले भुटेर राखेको मकै भटमास। पिँढीमा केही देख्यो कि मेरै लागि हो भन्ने लाग्न थालेको थियो। कान्लाको अप्ठ्यारो बाटो हुँदै पुगिन्थ्यो उनको घर। जुन गाउँकै सबैभन्दा सिरानमा थियो। उनको आँगनमा पुगेर सुस्ताउनु, पानी खानु र पिँढीमा गएर एकछिन बस्नु र थकाइ मरेपछि पुनः उकालो चढ्नु मेरो दैनिकी बनेको थियो। वरिपरि फलेका काँक्राको चिचिला टिपेर खान पाउँदा एक खालको अपनत्व भेट्थें। किन किन मलाई केही न केही दिइरहन्थिन् उनी। स्कुल सकेर कलेज पढ्दै जागिर खाँदाको समयमा चुत्रवीर बज्यै कतिबेला मेरो नजिककी आमा भएर मनमा बसिन् पत्तै पाइनँ। भेट हँुदा बांगोटिंगो जवाफ दिने, सिधा नबोल्ने र कडा स्वभावकी बज्यैले मन चुँडेको पत्तै पाइनँ। उनको कडा मिजासभित्र आत्मीयताको न्यानोपन ! सम्भवतः बाहिर कडा बोक्रा भएको मीठो नरिवलजस्तै।

बज्यैले अचार खान भुटुक टिपेर कोखिलामा लुकाएर ल्याइदिएको याद आलो भएर आयो। घरमा फलाएको चना, भट्मास र झिलंगीको दाल साना पोकोमा हालेर निकै दुःखले उकालो ओरालो गर्थिन्। एक मनले बोल्यो, चुत्रवीर बज्यैले दुःख लुकाइछन्। केही समयपछि गाउँ पुगें। मनले सबैभन्दा पहिले उनैलाई खोज्यो। किन किन गाउँमा उनको अभाव निकै खड्कियो। अन्तिम भेट रहेछ, निकै दिनदेखि केही नखाएको कमजोर शरीरमा भेटेकी थिएँ।

‘बाथ रोगले गलाए हातखुट्टा। चल्दै चल्दैनन्। नातिसँग अस्पताल जान लागेकी’ भन्दै भुइँमा घिस्रिँदै उनले भनेकी थिइन्। त्यही गाउँमा मन्दिर जान स्कुटरमा निस्किएकी थिएँ। हाम्रै घरमुनिको बाटोमा उनी घस्रिँदै थिइन्। ‘बुवै स्कुटरमा बस्न सक्नुहुन्छ ?’ ‘हातखुट्टै चल्दैनन्, कसरी अडिनु ?’ ‘कहिले आयौ ठुल्नानी ? सञ्चै छौ। सानी बालखको के छ ?’ उनले मेरी छोरीलाई सम्झँदै प्रश्न गरिन्। ‘उपचार गर्नुस् है बज्यै’ भन्दै केही पैसा चोलोको गोजीमा हालिदिएर हिँडें। बोली र व्यवहार विपरीत ध्रुवझैं लाग्थ्यो। कड्किएर बोले पनि मनकी कोमल थिइन् बज्यै। मनले माया गर्ने तर नदेखाउने। बोली टाठो तर निर्धक्क बोल्ने। स्वाभिमानी।

छोरा नजिकै घर बनाएर बसेका थिए। तर आमासँग कहिल्यै बोल्दैनथे। छोराबुहारीको सुख पाइनन् उनले। चुत्रवीर बुवा हुन्जेल माया पाएकै हुन्। त्यसपछि एक्लिइन्। दुःखका सारा पहाड खनिए उनको टाउकोमा। बिहे गरेर गएकी छोरी कहिलेकाहीँ आउँथिन्। भूकम्पले २०७२ मा डाँडाको घर भत्कियो उनको। जेनतेन झ्यालढोका नभएको एक तले घर बनाइन्। सँगैको छोराको घर झलमल हुँदा उनको घर अँध्यारो हुन्थ्यो। बुवाआमाको सम्पत्तिमा घर बनाएर बसेको भए पनि छोराले तार जोडेर आमाको घर उज्यालो बनाइदिएनन्।

आफ्नैकोे माया नपाएर टुटेकी थिइन् चुत्रवीर बज्यै। खाना पकाउने चामल नभएर भोकै सुत्दी रहिछन् तर कसैसँग हात फैलाइनन्। थोत्रा च्यातिएका लुगा लगाएर हिँड्थिन् तर कसैसँग झुकिनन्। लकडाउनका बेला गाउँका साराले राहत पाए। तर कसैको सहारा नपाएकी उनले भने राहत पाइनन्। आफ्नो नाममा जग्गाजमिन भएकाले राहत पाइनछन्। लकडाउनमा एक साँझ खाने चामल सकियो भन्दै हाम्रो घरमा झरेकी थिइन् उनी। केही चामल, दाल तरकारी दिएर खाना खुवाएका थियौं। सम्भवतः विश्वास र अपनत्वले डोहोर्‍यायो उनलाई। भरअभर परेका बेला आमाले दुःखसुख टारी दिनुहुन्थ्यो बज्यैको। अनि चाडपर्वमा मिठोमसिनो पनि।

गाउँमा सम्पन्न थिए, चुत्रवीर बाजे। सानैमा बाबा गुमाएकी म खै किन चुत्रवीर बाजेकहाँ पुग्दा बेग्लै अपनत्व महसुस गर्थें उसबेलै। फरक जात र उचोनिचो भन्दा माथि थियो बाजेबज्यैसँगको सम्बन्ध। पुगिसरी परिवारमा पनि दुःखसुखले जीवन गुजारा गरेकी बज्यैको जीवनको अन्तिम समय निकै कष्टकर बित्यो। बज्यै पनि बितेपछि छिमेकी गएर हेर्दा अँगेनाको कसौडीमा थोरै डढेको भात, छेउमा दुई÷चार दाना आलु र एक पसल जति चामल थियो रे। सुन्दा, निकै नमिठो लाग्यो। उनलाई सम्झँदा मन कुडिँएर आयो। थाहै नपाई आँसु टप्लक्क खसेछ, सायद बज्यैको बिदाइको हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In