• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

धनुषामा अत्यासलाग्दो घटना श्रीमानबाटै यौन उत्पीडन

धनुषामा अत्यासलाग्दो घटना श्रीमानबाटै यौन उत्पीडन
Share on FacebookShare on Twitter

धनुषा, जेठ २५ गते । लोकलाज, सहनशीलता र करुणाका कारण श्रीमान् श्रीमतीबीचको यौन सम्बन्धका उतारचढाव सार्वजनिक चर्चाका विषय बन्दैनन् । हजुरआमा उमेर समूहकी महिला श्रीमानको यौन उत्पीडनमा परेर कानुनी उपचार खोज्ने घटना बिरलै हुन्छन् । तीमध्येका एउटा अनौठो र अत्यासलाग्दो घटना धनुषा जिल्लामा भएको छ ।

महिला पुनःस्थापना केन्द्र ९आरेक०को सुरक्षित आवासमा दुई महिना बिताउनुभएकी एक ६० वर्षीया महिला आफूभन्दा करिब १५ वर्षले जेठो लोग्नेको यौन उत्पीडन खप्न नसकेपछि स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र कानुनी सहायताका लागि जनकपुरधाम आउनुभयो तर अप्राकृतिक तथा अनुचित ढङ्गले यौन सम्बन्ध कायम गर्ने उहाँका श्रीमान् र बालबच्चाको करकाप तथा आग्रहमा परेर कानुन सहायता बिना घर फर्किनुभएको छ ।

“लोग्नेले अब उपरान्त सहमति बेगर र गलत तरिकाबाट यौन सम्बन्ध नगर्ने बाचा तथा सही तरिकाले रेखदेख गर्ने एवं दुःख दिने परिस्थिति बन्न नदिने छोराहरूको भरोसाका कारण उहाँ घर फर्किनुभएको छ,” ओरेक नेपालका जिल्ला परियोजना संयोजक रोजलिन बछारले भन्नुभयो । नातिनातिना हुर्किंदै गरेका बेला वृद्ध उमेर समूहका श्रीमानले यौनाङ्गमा हात घुसार्ने, काठ पसाउनेजस्ता बर्बरतापूर्ण यौन व्यवहार देखाइरहँदासम्म ती महिला चुप लाग्नुभयो तर लोग्नेको क्रूरतापूर्ण यौन दुर्व्यवहारका कारण कानुनी उपचारका लागि उहाँ ओरेकको सुरक्षित आवासमा आश्रय लिनुभयो ।

सुन्दै आङ सिरिङ्ग हुने लोग्नेको यौन उत्पीडन रोकिने छाँटकाँट नभएपछि उहाँ गाउँका महिला समूहको सम्पर्कमा आउनुभएको थियो । त्यसपछि उहाँलाई ओरेकको सुरक्षित आवासमा ल्याइएको थियो ।

“यहाँ ल्याइएको बेला उहाँको यौनाङ्गमा चोट लागेको थियो, मानसिक रूपमा पनि कमजोर हुनुभएको थियो,” ओरेकका जिल्ला परियोजना संयोजक रोजलिनले भन्नुभयो, “विवाह यता नै श्रीमानले त्यस्तो यौन दुर्व्यवहार गर्दै आए पनि उमेरका कारण सह्य नभएपछि मात्र उहाँले मुख खोल्नुभयो । हामीले उहाँको स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शमा ध्यान केन्द्रित ग¥यौँ ।”

सुरक्षित आवासको दुई महिने बसाइपछि अदालत जाने बेलामा उहाँ ९महिला०लाई लोग्ने र छोराहरूले राम्रो व्यवहार गर्ने आश्वासन दिएर घर फर्काएका हुन् । हजुरआमा भइसकेको बेला घरपरिवारसँग छुट्टिएर नबस्ने मनोविज्ञान उहाँभित्र पनि रहेको र त्यसकारण पनि कानुनी उपचारको प्रक्रियामा जान अनिच्छुक बन्नुभएको रोजलिनको बुझाइ छ । आरम्भमा उहाँले वैवाहिक बलात्कारलगायत मुद्दा दिने तयारी थाल्नुभएको थियो । ती महिलाका विषयमा आफूहरूले निरन्तर जानकारी लिइरहेको रोजलिनले बताउनुभयो ।

अधिवक्ता रेखा झाले कानुनले नै वैवाहिक बलात्कारको परिभाषा गरिदिएको भन्दै यस मुद्दामा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद हुने जानकारी दिनुभयो । ओरेकको सुरक्षित आवासमा महिनामा हिंसा पीडित सरदर १० महिला, किशोरी र बालिका आउने गरेका छन् । यहाँ स्थित आवासमा तीन महिनासम्म बास दिने व्यवस्था भए पनि कतिपय अवस्थामा यो समय लामो हुने गर्दछ ।

ओरेकका जिल्ला परियोजना संयोजक रोजलिनले मानसिक र शारीरिक रूपमा अत्यन्त अशक्त ९रुने, कराउने वा विशेष क्षमताको० बाहेक सबै किसिमका हिंसापीडित महिलालाई आवासमा आश्रय दिने गरिएको जानकारी दिनुभयो । ओरेकको सुरक्षित आवासमा कुटपिट, घर निकाला, दाइजो, चरित्रमाथि प्रश्न उठाएर हुने विग्रह तथा जबरजस्ती करणीलगायतका उत्पीडनका महिलाले आश्रय पाइरहेका छन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मधेश प्रदेश# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In