• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वर्षा सुरु भएपछि मनाङबासी त्रासमा

वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङदी नदीमा आएको बाढीबाट प्रभावित मनाङबासीमा त्रास बढेको हो ।


वर्षा सुरु भएपछि मनाङबासी त्रासमा
Share on FacebookShare on Twitter

२६ जेठ, मनाङ । नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुवात भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङदी नदीमा आएको बाढीबाट प्रभावित मनाङबासीमा त्रास बढेको हो ।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ ।

हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन् ।

वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताए ।

उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासों गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा बनाएर बसेका छन् ।

बाढीपीडितका लागि वर्षायामअगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रहपश्चात यहाँका स्थानीयवासी सुरक्षित हुने अवस्थामा पुगेको उनले बताए । गत वर्ष मर्स्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि टहराबाट सार्न नसकिएको उनी बताउँछन् । वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान नहुँदा पुर्ख्यौली थातथलो नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढीपीडित रातमा निदाउन नसकेको बताउँछन् ।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरमा घर बनाउन समेत पाएका छैनन् । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए ।

तालगाउँका बाढी प्रभावित मीनकासी गुरुङले टिनको टहरा बनाउन लामो समय कुर्नुपरेको बताए । ‘ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ’, उनले भने, ‘अझै त्रास कम भने भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउँला भन्न सकिँदैन । यसको त्रास भने हामीलाई छ ।’

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

भौगर्भिक अध्ययनको नतिजापश्चात यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन् ।

सिरानताल र तालगाउँवासीको निजी आवास निर्माण गर्न सकिएको छैन । मस्र्याङ्दी नदी किनारमा रहेको यी गाउँलाई सुरक्षित बनाउनका लागि तटबन्धन लगाउन थालिएको छ । तर पूरा गर्न अझै समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In