२८ जेठ, काठमाडौं । कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । बर्खायाम सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थानपनको तयारीस्वरुप अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो । डोरी, बोट र ट्युटको प्रयोग गरी बाढीमा बगेकाहरूको उद्धार गरिएको हो ।
बर्खा सुरु भएपछि सम्भावित विपद्लाई ध्यानमा राखी पूर्वतयारी स्वरुप हरेक वर्ष उद्धार अभ्यास गर्ने गरिन्छ । OnlineKhabar
Discussion about this post