• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चाकडी, समाज बिगार्ने कुसंस्कारको अवशेष


चाकडी, समाज बिगार्ने कुसंस्कारको अवशेष
Share on FacebookShare on Twitter

२८ जेठ, काठमाडौं । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी नै गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ ।

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने कुनै पनि कामको लागि विधि वा प्रक्रिया पुर्‍याएर पनि चाकडी गरिएन भने आफ्नो काम फत्ते हुँदैन । चाकडी गर्नैपर्छ ।

मान्छेले गर्ने व्यवहार कतै त कतैबाट सिकेको हुन्छ । समाजबाट तथा परिवारबाट पनि मान्छेमा चाकडी प्रवृत्तिको विकास हुन्छ । मैले कसैको चाकडी गरे वा उसलाई फुर्काए भने मेरो काम बन्छ भन्ने मनोविज्ञानले मानिसलाई ‘गाइड’ गरिरहेको हुन्छ । जसले गर्दा मानिसहरू चाकडी गर्ने प्रवृत्तितिर आकषिर्त हुने मनोविद् विनोद पौडेल बताउँछन् ।

‘एउटा कामको लागि चाकडी गर्‍यो र त्यो काम सफल भयो भने अर्को कामको लागि पनि चाकडी गर्न मानिस प्रोत्साहित हुन्छ । मेहनत भन्दा त चाकडी सजिलो रहेछ भन्ने सोच्न थाल्छ,’ उनी भन्छन् ।

कुनै गल्ती गर्‍यो भने मन्दिरमा गएर देवतालाई केही चढायो भने गल्ती माफ हुन्छ भनेर भगवानको समेत चाकडी गर्ने प्रवृत्ति हाम्रो संस्कृतिमा नै छ । त्यसैले मान्छेलाई पनि नगद जिन्सी दिएर वा चाकडी गरेर फकाउने प्रवृत्ति मानिसमा विकास भएको पौडेलले बताए ।

‘अल्छीपनले मानिसहरूमा चाकडी प्रवृत्तिको विकास गर्छ । मेहनत नगरी लक्ष्यमा पुग्नका लागि चाकडीको माध्यमबाट सजिलो हुन्छ भन्ने कुराले पनि मानिसलाई प्रेरित गरिरहेको हुन्छ,’ पौडेल भन्छन्, ‘जसले गर्दा मनोवैज्ञानिक रूपमा सानो सानो कुरामा पनि चाकडी गर्ने, गुलामी गर्ने, चिप्लो घस्ने त्यो प्रकारको व्यवहार मानिसमा विकास हुँदै जान्छ ।’

चाकडीकै कारण नेपालमा योग्यता नभएका व्यक्ति समेत मन्त्री बनिरहेका छन् । नेतृत्वलाई चाकडी गर्ने र पद हत्याउने प्रवृत्ति एकदमै मौलाएको प्रा.डा राजेश गौतम बताउँछन्

कुनै व्यक्तिले केही कुरामा गल्ती गर्‍यो भने त्यसलाई ढाकछोप गर्न मद्दत गर्ने जुन निकाय र व्यक्ति हुन्छन् उनीहरूले यो चाकडीपनलाई प्रोत्साहन गरिरहेका हुन्छन् । चाकडी गर्‍यो भने यो त मेरो मान्छे हो भनेर उसले गल्ती गरेको होइन भनेर ढाकछोप गर्ने भएकाले उनीहरूको चाकडी गर्न ती मानिस बाध्य पनि हुन्छन् ।

कुनै व्यक्तिमा क्षमता छैन भने कुनै पनि पद प्राप्त गर्न उसले चाकडी गर्ने र रकम दिने गर्छन् । यसरी चाकडी गर्दा पद प्रतिष्ठा प्राप्त भयो भने उनीहरुमा चाकडी गर्ने प्रवृत्तिको विकास हुन्छ ।

कुनै पनि व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न चाकडी प्रवृत्ति अपनाउने गर्छ । यो प्रवृत्तिले चाकडी गर्ने व्यक्तिहरूको मात्र भलो हुन्छ, उनीहरूको मात्र प्रगति हुन्छ र उनीहरू नै उच्च पदमा पुग्छन् । चाकडी नगर्ने, आफ्नो कर्ममा विश्वास गर्ने व्यक्तिलाई भने अवसरबाट बञ्चित गराइन्छ । समाजशास्त्री मञ्जु सिग्देल भन्छिन्, ‘चाकडी गर्ने प्रवृत्तिको यसरी नै विकास हुँदै जाने हो भने कुनै काम पनि चाकडीबिना नबन्ने अवस्था आउँछ । जसले चाकडी प्रवृत्ति नभएका कर्मनिष्ठ व्यक्तिहरूमा पनि यो प्रवृत्तिको विकास हुन्छ ।’

अस्पताल, विद्यालय र सरकारी कार्यालय जहाँ पनि आफ्नो मान्छे छ भने मात्र छिटो काम बन्ने र नभए नहुने प्रवृत्ति बढ्दो छ । जसले समाज र नीति नियम सबै बिग्रँदै गएको सिग्देलको तर्क छ ।

‘धेरै लामो समयदेखि यो प्रवृत्ति हाम्रो समाजमा चल्दै आएको हुनाले यसले निरन्तरता पाइरहेको छ । पहिलेको तुलनामा अहिले धेरै व्यक्ति पढेलेखेका छन् । र, यो प्रवृत्ति गलत हो भनेर आवाज उठाउँछन्,’ सिग्देल भन्छिन्, ‘तर त्यहीं पढेलेखेका व्यक्तिहरूले पनि कुरामा एउटा र व्यवहारमा अर्कै गर्छन् ।’

अहिले २१ औं शताब्दीको युग हो र अब यो चाकडी प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्नेहरु नै आफ्नो काम बनाउन पैसा खुवाउन पछि नपर्ने उनी बताउँछिन् । चाकडी गर्ने प्रवृत्ति समाजबाट नै मानिसहरूले सिकिरहेका छन् । राजनीतिमा यो कुरा झन् धेरै लागू भएको छ ।

सिग्देल भन्छिन्, ‘यो प्रवृत्तिलाई समाजबाट हटाउन पछिल्लो समय केही युवाहरू राजनीतिमा आएका छन् । उदाहरणको लागि हामी बालेन साहलाई लिन सक्छौं । कसैको चाकडी नगरी आफ्नो क्षमतामा उनी अगाडि बढेका छन् । बालेनको जस्तो मानसिकता अन्य युवामा पनि आउने हो भने यो प्रवृत्ति बिस्तारै हटेर जान्छ ।’

चाकडी गर्ने प्रवृत्तिले राम्रो काम गर्ने मानिस पछाडि पर्ने र क्षमता नभएका व्यक्ति माथि पुग्ने गरेको राजनीतिक विश्लेषक प्रा. डा. राजेश गौतम बताउँछन् । ‘चाकडी त घर परिवारमा र समाजमा पनि हुन्छ । तर समाजमा अहिले व्याप्त रूपमा हुने गरेको चाहिं राजनीतिक चाकडी नै बढी देखिएको छ,’ उनी भन्छन् ।

चाकडीकै कारण नेपालमा योग्यता नभएका व्यक्ति समेत मन्त्री बनिरहेका छन् । नेतृत्वलाई चाकडी गर्ने र पद हत्याउने प्रवृत्ति एकदमै मौलाएको गौतम बताउँछन् । ‘समाजमा पनि यो प्रवृत्तिले जरा गाडेको छ । जसले गर्दा समाजमा पनि पढेलेखेको व्यक्तिभन्दा चाकडी गरेर राजनीतिक रूपमा माथि पुगेको व्यक्तिलाई बढी इज्जत दिइन्छ,’ उनी भन्छन् । जबसम्म राजनीतिक दलले चाकडी गर्ने व्यक्तिलाई महत्व दिइरहन्छन्, तबसम्म यो प्रवृत्तिको अन्त्य नहुने मानवशास्त्री डा. डम्बर चेम्जोङ बताउँछन् ।

‘चाकडी प्रवृत्ति सामन्तवादी समाजबाट सुरु भएको हो । अहिले हामी पुँजीवादी समाजमा छौं । तर सामन्तकलामा राजा महाराजाहरूलाई गर्ने चाकडी र त्यो सोचको अवशेष अहिलेको नयाँ लोकतान्त्रिक व्यवस्थामा पनि बाँकी छ,’ उनी भन्छन्, ‘यो प्रवृत्ति समाजबाट हट्न अझै समय लाग्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In