• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘मलाई न्यायको प्रत्याभूति नभएसम्म अनसन तोड्ने छैन’


‘मलाई न्यायको प्रत्याभूति नभएसम्म अनसन तोड्ने छैन’
Share on FacebookShare on Twitter

३० जेठ, काठमाडौं । काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिंड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको छ, उनीमाथि ज्यादती भइरहेको छ । उनी उठे बस्न सक्दिनन्, बसे उठ्न। तर अबोध दूधे बालक बारम्बार आमालाई कोट्याइरहन्छन् किनकि उनलाई घरीघरी दूध खान मन लाग्छ ।

भुईंमा बिछ्याइएको पातलो म्याटमा पातलो डसना र ब्लांकेट उनको सहारा बनेका  छन् । भित्रै गढेका आँखा, सुकेर कलेटी परेको अनुहारले नै अझ धेरै बताउँछन्, उनी गम्भीर दुःखमा छिन् । त्योभन्दा बेसी उनको अठोटले बताउँछ, राज्यको न्यायप्रणालीका विरुद्ध उनी विद्रोहमा छिन् ।

नाम : निहारिका राजपूत

उमेर : १९ वर्ष

काखको बच्चा : २१ महिनाको छोरा

भनिन्छ, जब सबैतिरबाट ढोका बन्द हुन्छ, त्यस बेला अदालत सहारा बन्दछ । तर यो भनाइ निहारिकाको जिन्दगीमा मेल खाँदैन । त्यसैले नाबालिग उमेरमा आफूमाथि भएको जघन्य अपराधको न्याय माग्दै उनी काठमाडौंको बसन्तपुरमा तीन दिनदेखि अनसनरत छिन् ।

तीन वर्षदेखि अदालतले उनलाई न्याय दिन सकेको छैन तर उनले हिम्मत भने हारेकी छैनन् । अपराधीलाई सजाय दिलाएर छाड्ने उनले प्रतिज्ञा लिएकी छिन् । उनी भन्छिन्, ‘न्याय नपाउन्जेलसम्म अनसन बस्छु, सरकारले ममाथि भएको अन्यायमा न्याय दिनुपर्दछ ।’

निहारिका माथि भएको हिंसा

महोत्तरीकी निहारिका भर्खर कक्षा ११ पढ्दै थिइन् । पढ्ने लेख्ने काम उनी साथीहरुसँग मिलेर गर्थिन् । सधैंको जस्तै उनी आफूसँगै पढ्ने साथीको घरमा गृहकार्य गर्न गइन् । साथीसँगै मिलेर गृहकार्य गर्दै गर्दा निहारिका आफूमाथि षडयन्त्र रचिंदैछ भन्ने कुरामा बेखबर थिइन् ।

साविकका दिनहरुमा जस्तै उनी साथीसँगै मिलेर पढ्ने लेख्ने काम गर्दै थिइन् । साथीको दाइले उनीहरुका लागि खाने कुरा ल्याइदिए ।  निहारिकाले कुनै शंका नगरिकनै खानेकुरा खाइन् । लगत्तै उनी बेहोस् भइन् । आँखा खुल्दा निहारिकाले आफूलाई जस्तो अवस्थामा पाइन्, उनको होस उड्यो ।

उनले आफू बलात्कृत भएको थाहा पाइन् । उनको शरीर सामान्य अवस्थामा थिएन । यो घटना २०७६ साल कात्तिकको हो । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएको उनको भनाइ छ ।

घटना पश्चात् उनी घर गइन् । उनले आफू माथि भएको बलात्कारको बारेमा परिवारलाई बताइन् । तर परिवारको साथ पाइनन् ।  निहारिका भन्छिन्, ‘परिवारले ममाथि भएको बलात्कारलाई भन्दा आफ्नो इज्जतलाई प्यारो ठान्यो, मेरो मुख थुन्नका लागि अनेकौं प्रयास गरियो ।’

उनले कानुनी लडाइँ लड्ने निर्णय गरिन् । घटना भएको १४ दिनमै जाहेरी दिन उनी प्रहरी कार्यालय पुगिन् । उनी भन्छिन्, ‘न्याय माग्न प्रहरी कार्यालय पुगें तर त्यहाँ मेरो कपडा हेरेर मेरो चरित्रलाई मूल्याङ्कन गरियो, प्रहरीले गम्भीरता देखाएन ।’ उनले प्रहरी कार्यालय जाँदा पाइन्ट र टिसर्ट लगाएकी थिइन् ।

कानुनी उपचार उनका लागि सहज थिएन । शिवराज श्रेष्ठले उनलाई अश्लील फोटो, भिडियोको भरमा ब्ल्याकमेल गर्न थालेका थिए । सबैका सामुन्ने फोटो र भिडियो देखाइदिने भन्दै उनलाई डर र धम्की दिन थालियो ।

उनी पटक–पटक प्रहरी कार्यालय पुगिन् । आफूमाथि बलात्कार भएको प्रमाणको लागि मेडिकल जाँच गराइन् । जाँचबाट उनी गर्भवती भएको पत्ता लाग्यो । त्यसपछि उनलाई गर्भपतन गराउन चौतर्फी दबाव आउन थाल्यो । ‘परिवारले पनि दबाव दियो तर न्यायको लडाइँमा मलाई सम्झौता गर्न मन लागेन’, उनले भनिन् ।

‘जघन्य अपराधको प्रमाण यही गर्भ’

‘बलात्कारबाट गर्भवती भए पनि पेटभित्र हुर्किएको बच्चा निर्दोष छ अपराधी त त्यो बलात्कारी हो’ निहारिका भन्छिन्, ‘गर्भवती भएपछि झन् बलियो भएँ ।’

परिवारले अत्यधिक दबाव दिन थालेपछि उनले आफूलाई काखमा हुर्काउने परिवार त्यागिन् तर कोखको बच्चा त्याग्न सकिनन् । बच्चाको मायाले निहारिकालाई झन्–झन् मजबुत बनाइदियो । गर्भवती जीउ लिएर उनी निरन्तर कानुनी लडाइँ लडिरहिन् । उनको साथमा केही महिला अधिकारकर्मी बाहेक अरु कोही थिएनन् ।

तीनै अधिकारकर्मीको आर्थिक सहयोगमा उनले आफ्नो गर्भलाई नौ महिनासम्म पालिन् । ‘मलाई होस्टाइल बनाउन धेरै तत्व लागेका थिए, मलाई मानसिक यातना पटक–पटक दिइन्थ्यो बलात्कारी शिवराज श्रेष्ठले बच्चालाई तुहाइदिने र मेरो हत्या गर्ने भनेर धम्की दिइरहन्थ्यो; तर म डगमगाइनँ’, उनले भनिन् । २०७७ साल भदौ ५ गते उनले छोरालाई जन्म दिइन् ।

प्रसव पीडा र लकडाउन

कोराेना महामारीले विश्वलाई त्रसित बनाएको थियो । नेपाल सरकारले महामारी नियन्त्रणको लागि लकडाउन गरको थियो । यस्तो विषम परिस्थितिमा पनि उनले आफूलाई स्वस्थ राखिन् । केवल मनको कुरा सुनेर सन्तान जन्माउने अठोट गरेकी निहारिकासँग आफ्नै हिम्मत बाहेक अरु कुनै सहारा थिएन । तर बलात्कारको आरोपित खुलेआम घुमिरहँदा उनको मुटु फुलेर ढक्क हुन्थ्यो, शरीर गलेर शिथिल । त्यसैले  निहारिका कारबाही माग गर्दै धनुषा जिल्ला अदालत पुगिन् । आरोपित शिवराज श्रेष्ठ हरेक बहाना बनाउँदै उम्किरहेका थिए भने प्रशासनलाई लकडाउनको बहाना मिलिरहेको थियो ।

‘लडाइँ निरन्तर जारी थियो, बाबु पनि एक वर्षको भयो, २०७८ माघ २४ जिल्ला अदालतले शिवराज श्रेष्ठलाई निर्दोष ठहर गरिदियो । अदालतले मेरो काखे बच्चालाई बेवास्ता गरिदियो । ममाथि ठूलो अन्याय भयो’, निहारिका भन्छिन् ।

कसरी सुरु भयो अनसन ?

निहारिकाले जिल्ला अदालतमा मुद्दा हारिन् तर उनको मनोबल हारेन । उनले उच्च अदालत जाने निर्णय गरिन् । जिल्ला अदालतबाट मुद्दा हारेपछि उनले उच्च अदालतमा मुद्दा दर्ता गराएकी छिन् । तर उच्च अदालतमा पनि निहारिकाले बेवास्ता भोग्नु परेको छ । उच्च अदालत जनकपुरमा उनको मुद्दाको पेशी अहिलेसम्म हुनसकेको छैन ।

गृह जिल्लामा बस्न डर भएपछि उनी राजधानी काठमाडौं आइन् । न्यायको लडाइँ लड्दै उनले आफ्नो छोरालाई हुर्काएकी छन् । ज्याला मजदुरीले आमा–छोराको जीवन धानिएको  छ । उनको मुद्दाको काम अगाडि नबढ्ने भएपछि उनी अबको संघर्ष सडकबाट गर्ने निर्णयका साथ अनसन बसिरहेकी छिन् । ‘सबैको ढोकामा ढकढक्याइसकें कसैले मलाई न्याय दिएनन् । अपराधी खुल्ला रुपमा हिंडेको छ । मेरो बच्चाको डिएनए जाँच पनि भएको छैन, जिल्ला अदालतको मुद्दामा मिलेमतोमा यौनसम्पर्क भएको भनेर उल्लेख छ’ निहारिका भन्छिन्, ‘न्याय नपाउँदासम्म म सडक छोड्दिनँ ।’

माइतीघर मण्डलामा प्रहरीले गरेको ज्यादती

निहारिका माइतीघरमण्डलामा अनसनमा बसेको समय रातिको १० बजे उनलाई हत्कडी लगाएर प्रहरी भ्यानमा राखियो । त्यस्तै उनका सहयोगी र उनको बच्चालाई अलग्गै भ्यानमा राखियो । उनीमाथि कुटपिट भयो नै, बच्चा धेरै रोएको भन्दै बच्चालाई तीन–चार झापड हानेको उनको भनाइ छ । अहिले आमा-छोरामाथि गरेको हिंसाले दुवैको स्वास्थ्य खराब भएको छ ।

माइतीघरमा प्रहरीले ज्यादती गरेपछि बसन्तपुरमा अनसन थालेकी निहारिकी भन्छिन्, ‘कानुनी सहयोग पाइन । अनसन बसेर शान्तिपूर्वक संघर्ष गर्छु भन्दा ममाथि ज्यादती भयो, राज्यले मलाई न्याय त दिएन, उल्टै मानसिक तथा शारीरिक यातना पाएँ ।’

फोटोः चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन

हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन

सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार

सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...