शुभ नारायण यादव-
सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बाेरियामा बिकास निर्माणकार्यमा व्यापक अनियमितता भएको भन्दै स्थानीयबासिहरुले आन्दोलन गर्ने भएका छन् ।
स्थानीयले आन्दोलनका लागि बृहत् सर्वपक्षीय भेलाबाट राम लखन यादवकाे अध्यक्षतामा २१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।
गठित समितिका सदस्यहरुमा सराेज देव , उमेश कुमार यादव , शेलेन्द दास, नवीन झा , शम्भु यादव ,रबि दास , मिथिलेश यादव ,सत्यनारायण मण्डल ,परमेश यादव ,सुधिर यादव ,बिपिन यादव ,सन्ताेष देव , राज कुमार यादव ,जिबछ मण्डल लगायत रहेका छन्
साे बृहत् छलफलमा सहभागीहरुले वडाकाे विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समिति समेत गाेप्य रुपमा गठन गरेर काम गरेको, वडाअध्यक्ष गुजाइ दासले आफ्ना नाता गाेताका ब्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेको निष्कर्ष निकालेका हुन् ।
संघर्ष समितिले वडामा भइरहेको विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने जस्ता मागसहित वडा कार्यालयमा तालाबन्दी चेतावनी समेत दिएको छ ।
Discussion about this post