• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी


क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा विभिन्न परिवर्तन र नयाँ गतिविध देखापरेका छन् । प्रविधि कम्पनीहरूले जारी राखेका कर्मचारी कटौतीदेखि जेनेरेटिभ एआई टुल निर्माणको होड र टिकटकको बढ्दो संकट लगायत प्रविधि क्षेत्रमा यो साता नयाँ र उत्साहपूर्ण अपडेटहरू आएका छन् ।

तीमध्ये गएको साताका उल्लेख्य ५ अपडेटहरू यस प्रकार छन्:

१) अमेरिकापछि क्यानडामा टिकटकको प्रतिबन्ध बढ्दो:

गोपनियता र सुरक्षामा अस्वीकार्य जोखिम रहेको भन्दै क्यानडा सरकारले आफ्ना सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्यानडा र चीन बीचको सम्बन्धमा बढ्दो चिसोपन र अमेरिकी सरकार तथा यसका विभिन्न राज्यहरूले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकमा बढाएको निगरानी र प्रतिबन्धको सन्दर्भमा क्यानडा सरकारको यो कदमले टिकटकको समस्या थपिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूले क्यानडाका प्रयोगकर्ताहरूको अनलाइन सुरक्षालाई ध्यान दिइरहेको पत्रकारहरूसँग बताए । ‘हामीले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोग रोकेपछि क्यानडाका व्यापारिक फर्म, संस्थाहरू र व्यक्तिगत प्रयोगकर्ताले पनि आफ्नो डेटाको सुरक्षाबारे पुनर्विचार र आवश्यक कदम चाल्नुहुनेछ भन्ने हाम्रो सोचाइ छ,’ उनले भने, ‘यो अनलाइन सुरक्षाको लागि हामीले चाल्ने कदमको शुरूवात हुनसक्छ ।’ टिकटकले शुरूमा आफू निराश रहेको प्रतिकृया दिए पनि पछि अर्को विज्ञप्ती निकाल्दै ‘क्यानडाको यो कदम अमेरिका र युरोपेली प्रतिबन्धको निरन्तरता भएको’ टिप्पणी गरेको छ ।

२) प्रविधि कम्पनीहरूको कर्मचारी कटौती जारी:

चर्चित प्रविधि कम्पनीहरूले केही समययता शुरू गरेको कर्मचारी कटौतीको श्रृ‌ंखला फेब्रुअरी महिनामा पनि जारी रह्यो, जसमा झन्डै २८ हजार जनाले आफ्नो रोजगारी गुमाएको विज्ञहरूको अनुमान छ । यसअघि सन् २०२३ देखि शुरू हुनेबित्तिकै प्रविधि कम्पनीहरूको आक्रामक कर्मचारी कटौतीका कारण जनवरी महिनामा मात्रै झन्डै ६५ हजारले आफ्नो रोजगारी गुमाएका थिए । फेब्रुअरी महिनामा उल्लेख्य कर्मचारी कटौती गर्ने प्रविधि कम्पनीहरूमा स्वीडिश कम्पनी एरिक्सनको ८ हजार ५०० जना, अमेरिकी कम्पनीहरू ट्वीलोको १५०० जना, याहुको १६०० जना, जुमको १३०० जना, डेलको ६ हजार ६५० जना लगायत समावेश छन् । सन् २०२२ यता प्रविधि कम्पनीहरूले कोभीड-१९ पछि पुरानै स्वरूपमा फर्कँदै गरेको बजार र नयाँ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा लगायत कारणले कर्मचारी संख्यामा व्यापक कटौती गर्दै आएका छन् ।

तस्बिर: एसिया टाइम्स

३) अमेरिकाको नियन्त्रण प्रयासपछि चीनले थप्यो चीप निर्माणमा लगानी:

अमेरिकाले एक ऐनमार्फत सेमीकन्डक्टर चीपहरूको उत्पादन र बजार नियन्त्रणको प्रयास अघि बढाएपछि चीनले आफ्ना चीप निर्माता कम्पनीहरूलाई आत्मनिर्भर बनाउने पहलस्वरूप आक्रामक लगानी थपेको छ । चीनको सबैभन्दा प्रमुख चीप निर्माता कम्पनी याङजी मेमोरी टेक्नोलोजीले चिनियाँ सरकारको स्वामित्वमा रहेको नेशनल इन्टिग्रेटेड सर्किट इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डमार्फत १२‍.९ अर्ब युआन अर्थात झन्डै २ अर्ब अमेरिकी डलर प्राप्त गर्न लागेको चिनियाँ सरकारी समाचारलाई उदृत गर्दै ब्लुमबर्गले लेखेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले डिसेम्बरमा एक ऐनमार्फत याङजीसमेत दर्जनौं कम्पनीलाई अमेरिकी चीप प्रविधि खरीदमा प्रतिबन्ध लगाएको थियो । अमेरिकी सरकारको उक्त ऐनले राष्ट्रिय सुरक्षा चासो र चीनको रक्षा प्रविधी विकासमा प्रयोग हुनसक्ने भन्दै चिनियाँ चीप निर्माताहरूमाथि लगाम कस्न शुरू गरेको छ ।


४) एप्पलको साझेदार फक्सकनले भारतको कर्नाटकमा ७० करोड अमेरिकी डलरको आइफोन प्लान्ट निर्माण गर्ने:

वाशिङ्टन र बेइजिङबीचको बढ्दो तनावका बीच अमेरिकी कम्पनीहरूले आफ्नो निर्माण प्लान्टहरूलाई चीनबाट अन्यत्र सार्ने विकल्प खोज्न जारी राखेका छन् । यसै क्रममा एप्पलको साझेदार कम्पनी फक्सकन टेक्नोलोजी ग्रुपले भारतको कर्नाटकमा ७०० मिलियन अमेरिकी डलर अर्थात झन्डै १०० अर्ब नेपाली रुपैयाँको एक नयाँ प्लान्ट स्थापना गर्न लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । ताइवानमा आधारित आइफोनका विभिन्न पुर्जा उत्पादन गर्ने उक्त कम्पनीले निर्माण गर्ने प्लान्ट बैङ्गलोर एअरपोर्ट नजिकै ३०० एकड जमीनमा फैलिएको र स्थापनापछि लगभग १ लाखजनालाई प्रत्यक्ष रोजगारी दिने किसिमको हुनेछ । उक्त कम्पनीले भारतमा गर्न लागेको यो अहिलेसम्मकै ठूलो लगानी हो र यो कदमले चीन-अमेरिका तनावले कसरी नयाँ देशहरूसम्म अवसरको ढोका खोलेको छ भन्ने पछिल्लो संकेत रहेको विज्ञहरूको अनुमान छ ।

५) केही समयको सामान्य सुधारपछि फेरि खस्केको क्रिप्टो बजार :

मार्च ३ का दिन बजार बन्द हुँदा विश्वव्यापी क्रिप्टो बजारको आकार १.०३ ट्रिलियन अमेरिकी डलरको भएको छ, फेब्रुअरी १९ मा १.२ ट्रिलियनसम्म पुगेर सामान्य सुधारको संकेत देखाएको क्रिप्टो बजार फेरि खस्किएको हो । यसअघि डिसेम्बर दोश्रो साता गएको २ वर्षकै न्यून बिन्दुमा झरेर झन्डै ८०० बिलियन डलरको आकारमा पुगेको क्रिप्टो बजार सन् २०२१ को नोभेम्बरमा झन्डै ३ ट्रिलियन डलर आकारको भएको थियो । अमेरिकी लगानीकर्ता सिल्भरगेटको क्रिप्टो एक्स्चेन्ज बजार एफटीएक्स र साम ब्यांकम्यान फ्रिडसँगको साँठगाँठ र धोखाधडीबारे अनुसन्धान शुरू भएपछि क्रिप्टो बजार गिर्न शुरू भएको थियो । गएको साता बिटक्वाइन झन्डै ५ प्रतिशत र इथर शुक्रबार मात्रै ५ प्रतिशतभन्दा बढीले घटेका थिए । सप्ताहन्तमा बजार बन्द हुँदा बिटक्वाइन लगभग २२,००० डलर र इथर १५६८ डलरमा कारोबार भएका थिए । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Indonesia Urges Olympic Council of Asia to Promote 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In