• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एघार वर्षसम्म पुल नबनेपछि ठेक्का सम्झौता तोड्ने तयारी


एघार वर्षसम्म पुल नबनेपछि ठेक्का सम्झौता तोड्ने तयारी
Share on FacebookShare on Twitter

अविनाश चौधरी-
धनगढी, असार २ गते ।
 कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने तयारी गरिदैंछ ।

अढाई वर्ष निर्माण समायवधि रहेको पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको हो ।पटक–पटक म्याद थप गर्दा पनि पुल अधुरै रहेको छ । कम्पनीलाई कालोसूचीमा पनि राखिने आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

‘अब पुरानो निर्माण कम्पनीसंग ठेक्का तोडेर बाँकी काम पूरा गर्नको लागि अर्को ठेक्का गर्नुको विकल्पै छैन’, हुलाकी राजमार्ग आयोजना धनगढीका सूचना अधिकारी इन्जिनीयर पदम मडैले भन्नुभयो । ‘पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम गरेन । ठेक्का सम्झौता तोड्नका लागि आवश्यक कागजात तयार पारिरहेका छौं ।’

२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । साल्पा(शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएका थिए । जसमध्ये साल्पा(शेर्पा ९हाल परिवर्तित नाम हिमाली जेभी० ले काम गर्दै आएको थियो । तर, कम्पनीले तदारुकताका साथ निर्माणको काम नगर्दा चार चोटीसम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेन ।

ठेक्का भएपछि पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो ।

साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद भने गएको चैत मसान्तमा सकिएको छ । चार करोड ४३ लाख रुपियाँ पुलको लागत रहेको थियो । आयोजना कार्यालयका अनुसार ७५ प्रतिशत काम पूरा भइसकेको छ । एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण कार्य ठप्प छ ।

अब बर्खा लाग्न लागेकाले यो वर्ष पनि कान्द्रा पुल अधुरै रहने इन्जिनीयर मडैले बताउनुभयो । उहाँका अनुसार पुरानो कम्पनीसंग ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का प्रक्रियामा जाँदा थप केही समय लाग्नेछ ।

कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकावासीसहित सो आसपासका गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न कठिन हुँदै आएको छ । बर्खामा उनीहरुले जोखिम मोलेर डुङ्गामार्फत नदीमा ओहोरदोहोर गर्ने गरेका छन् । यो वर्ष पनि पुलमा हिड्ने वर्षौदेखिको स्थानीयवासीको सपना साकार हुन सकेन ।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुल नबनेका कारण धनगढी–भजनी–सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या रहेको छ । आयोजनाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बाँकी सबै पुल बनिसकेका छन् । ‘त्यहि कान्द्राको पुलमात्रै बन्न बाँकी हो’, सूचना अधिकारी मडैले भन्नुभयो । ‘बाँकी अरु सबै पुल बनिसकेका छन् । कान्द्रा पुल अहिलेसम्म नबन्दा हामीलाई पनि समस्या परेको छ ।’

लामो समयसम्म पुल नबन्दा भजनी नगरपालिकावासी आक्रोसित भएका छन् । सो नगरपालिकाका नगर प्रमुख केवल चौधरीले पुल निर्माण कार्य पूरा गर्नका लागि घचघच्याउँदै आएको बताउनुभयो । उहाँले सङ्घीय राजधानीमासमेत डेलिगेशनसमेत जाने उल्लेख गर्नुभयो ।

निर्माणाधीन कान्द्रा नदी पुल निरीक्षण गर्दै भजनी नगरपालिकाका जनप्रतिनिधि । तस्बिर : यज्ञराज जैशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In