• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रहरी नायब उपरीक्षक डीएसपी केसी किन जिम्मेवारीबाट हटाइए


प्रहरी नायब उपरीक्षक डीएसपी केसी किन जिम्मेवारीबाट हटाइए
Share on FacebookShare on Twitter

काठमाडौं, असार २ गते । प्रहरी वृत्त, स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मिलन केसी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएका छन् ।

प्रहरी उपरीक्षक एसपी बढुवाको रस्साकस्सी चलिरहेको बेला केन्द्रीय कारागार, सुन्धारामा गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई भेटेको आरोप लागेपछि उनी रानीपोखरी तानिएका हुन् ।

उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार गत आइतबार डीएसपी केसी अमृत केसी नामका व्यक्तिसँग केन्द्रीय कारागार गएर सिंहलाई भेटेको भन्ने सूचना प्राप्त भएको थियो । अमृत अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । ‘त्यही विषयमा छानविन गरेर उनलाई यहाँ तानेर अनुसन्धान थालिएको छ’ धानुकले भने, ‘जिल्ला प्रहरी परिसर, काठमाडौंले केसीमाथि छानविनका लागि समिति बनाएको छ ।’

काठमाडौं प्रहरीका अनुसार घटनाबारे छानविनका लागि प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीको नेतृत्वमा डीएसपी हरि बस्नेत र एकजना प्रहरी सहायक निरीक्षक असई सदस्य रहेको समिति बनाइएको छ । समितिलाई यथाशीघ्र छानविन गरेर घटनाबारे यथार्थ विवरण बुझाउन भनिएको छ ।

डीएसपी केसी किन गए कारागार ?

अनुसन्धानका सिलसिलामा कुनै सूचना लिनु परे वा अन्य क्लूसँग जोडिए जेलभित्र रहेका व्यक्तिलाई भेटेर सोधपुछ गर्नु सामान्य हो । जेलमा भएका कैदीबन्दीबारे सूचना राख्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले टोली नै खटाएको हुन्छ ।

तर यो घटनामा डीएसपी केसी किन कारागार गए भन्ने खुलिसकेको छैन । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले झिकाएको क्लोज सर्किट सीसी क्यामरा फुटेजमा उनी कारागार गएको प्रष्ट देखिन्छ । तर समिरमानलाई भेटेरनभेटेको भन्ने चाहिँ खुलेको छैन ।

केसी निकट स्रोतले पनि उनी कारागार गएको पुष्टि गरेको छ तर उनको बस्न्यातसँग भेट नभएको दाबी गरेको छ । ‘कारागारका डीएसपी नविन प्रधान एउटै ब्याचको भएकाले उनलाई भेट्न म प्रहरी वृत्त जनसेवाका डीएसपी शालिकराम शर्मासहित त्यहाँ पुगेको थिएँ’ स्रोतले केसीको भनाइ उदृत गर्दै भन्यो, ‘बस्न्यातलाई त मैले चिनेको पनि थिइनँ ।’

बस्न्यात निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको २३ असोज २०७४ मा गोली प्रहार गरी हत्या गरिएको घटनाका मुख्य योजनाकार हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले उनलाई भारतको गोवाबाट पक्राउ गरेर नेपाल ल्याएर १७ मंसिर २०७४ मा सार्वजनिक गरेको थियो ।

स्रोतका अनुसार डीएसपी केसी पुगेका बेला अपराधिक पृष्ठभूमिका अमृत पनि कारागारमै थिए, तर उनीहरु सँगै गएका थिएरथिएनन् भन्ने पुष्टि भएको छैन । कारागार प्रशासनका अनुसार अमृतले बस्न्यातसँग भेट गराइदिन आग्रह गरेका थिए ।

त्यहाँ पुगेको दिन सार्वजनिक विदा भएकाले भेट गराइदिन भन्दै प्रहरी अधिकृतहरुलाई आग्रह गरेको स्रोतको भनाइ छ । यद्यपि, भेट भयो भएन भन्ने खुलेको छैन । केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौला काठमाडौं वडा नं. ११ प्रहरी वृत्त, स्वयम्भुको कार्यक्षेत्र पर्ने भएकाले त्यहाँका डीएसपी कारागारमा अन्य बेला पनि आइराख्ने बताउँछन् ।

‘फेरि बहालवाला प्रहरी कर्मचारी, मानवअधिकार, महिला आयोग लगायतसँग जोडिएका व्यक्ति कारागार आउने केही कुरा बुझ्ने गरिरहनुहुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘कहिलेकाहीँ हाम्रै विरुद्ध पनि उजुरी परेको हुन्छ, प्रहरी कर्मचारीलाई कहिलेकाहीँ हेडक्वार्टरबाट पनि जिम्मेवारी दिइरहेको हुन्छ । त्यसैले प्रहरी अधिकृतहरुको आउने जाने भइराख्छ ।’

तर विदाका दिन भएकाले डीएसपी केसीले त्यसदिन बस्न्यातलाई भेटे नभेटेको नखुलेको उनले बताए । ‘छुट्टिको दिन सामान्यतया प्रहरी कर्मचारीबाहेक अरुलाई अत्यावश्यकबाहेक भेट्न दिइन्न, त्यसैले अर्का व्यक्तिले चाहिं भेटे नभेटेको भन्ने विषयमा बुझ्नै पर्छ,’ निरौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

जाँतो चिन्हमा तीन दलको सहमति, मधेशमा एकताबद्ध चुनावी मोड

जाँतो चिन्हमा तीन दलको सहमति, मधेशमा एकताबद्ध चुनावी मोड

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In