• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विद्यासुन्दरले भत्काउन खोजेको बागदरबार अब ‘रेट्रोफिट’ हुने

विद्यासुन्दरले भत्काउन खोजेको बागदरबार अब ‘रेट्रोफिट’ हुने
Share on FacebookShare on Twitter

काठमाडौं, ५ आसर । अन्ततः काठमाडौं महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरिभवन (बागदरबार)को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका छन् ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने अडान दिएका थिए । तर, नयाँ मेयर साहले ऐतिहासिक–पुरातात्विक महत्वको बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् ।

बागदरबार प्रवलीकारण (रेट्रोफिट)को प्रतीक्षा गर्दागर्दै जीर्ण बनिसकेको छ ।

२०७२ सालको महाभूकम्पपछि बागदबारका काठमाडौं महानगरपालिकाको सबैजसो विभाग जेडी कम्प्लेक्समा सारिएका छन् । भूकम्पबाट क्षतिग्रस्त बागदरबार भत्काउने सुरसार भएकोमा पुरातत्व विभागले अनुमति नदिएपछि ‘रेट्रोफिट’ को लागि ठेक्का लगाइएको थियो । टेकुमा रहेको महानगरपालिकाको खाली जग्गामा नयाँ कार्यालय भवन बनाउने प्रक्रिया पनि थालिएको थियो ।

त्यहीबेला स्थानीय तहको निर्वाचनबाट शाक्य मेयर भएर महानगरमा प्रवेश गरेपछि बागदरबारको ऐतिहासिकता माथि नै प्रश्न उठाउँदै तत्काल भत्काउने योजना ल्याएका थिए । मेयर हुनासाथ उनले भनेका थिए, ‘यो पुरातात्विक महत्वको बागदरबार हैन, निकै समयपछि बनेको हरिभवन हो, बागदरबार भनेको त ठेगाना मात्रै हो ।’ उनले यो बागदरबार हैन भन्ने प्रमाणहरु आफूहरुसँग भएको बताएका थिए ।

अदालतले रोकेको थियो भत्काउन

पुरानो बागदरबार भत्काएर नयाँ हरिभवन खडा गर्ने मेयर महानगरको योजना अदालतको आदेशको कारण रोकिएको थियो ।

महानगरले रेट्रोफिट योजना खारेज गरेर भवन भत्काउन ठेक्का लगाएर नयाँ भवनको नक्सा–डिजाइन समेत सार्वजनिक गरेको थियो । तर त्यसविरुद्व पुरातत्व विभागदेखि सम्पदा संरक्षण अभियान्तासम्म लाइन लागेर अदालत गुहार्न पुगेका थिए ।

बागदरबार भत्काउने ठेक्काविरुद्व परेको मुद्वामा सर्वोच्च अदालतले ५ चैत २०७५ मा आदेश गर्दै भन्यो– नभत्काउनू । उत्प्रेषणको आदेशमार्फत भवन भत्काउने ठेक्का बदर गर्दै अदालतले महानगरसँग बागरदबार भोगचलनको मात्र अधिकार भएको, स्वामित्व नरहेकाले भत्काउन नसक्ने फैसला गरिदियो ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासको आदेशमा भनिएको छ– ‘उक्त संरचनालाई थप हानी हुन नदिने कार्य र उपाय तत्कालै अवलम्बन गर्न गराउन नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाको नाममा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ ।’

अदालतले पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा काठमाडौं महानगरपालिकाका, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिनिधि वा पुरातत्वविद, इतिहासकार, संचरनाविज्ञ, वास्तुविद, आर्किटेक्ट इन्जिनियर सम्मिलित विज्ञ टोली बनाउन आदेश पनि दियो ।

त्यसअनुसार सरकारले बागदरबार पुननिर्माणसम्बन्धी अध्ययन र विश्लेषण गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरेको ११ सदस्यीय विज्ञ समितिले भवन रेट्रोफिट गरेर संरक्षण गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ ।

करिब १५ करोड खर्चमा बागदरबार पुरानो अवस्थामा फर्किन सक्छ । भाडाको घरहरुमा छरिएका महानगरका विभागीय कार्यालयहरु आफ्नै ऐतिहासिक भवनमा सार्न पनि बाटो खुल्छ ।तत्कालीन मेयर शाक्यले बागदरबार भनिएको भवन १९९० सालको महाभूकम्पपछि जुद्धशमसेरका छोरा हरि शमसेरले बनाएको बताउँदै आएका थिए ।

सर्वोच्च अदालतको आदेशमा सय वर्ष नपुगको भएपनि कलात्मक भवनलाई संरक्षण गर्नुपर्ने उल्लेख छ । पुरुषोत्तम शमशेर राणाको पुस्तक ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु’का अनुसार अमरसिंह थापाले बनाएको सानो दरबारको ठाउँमा छोरा भिमसेनले भव्य दरबार बनाएका थिए । १२० रोपनी जग्गामा ठूलो बागदरबार बनाएका भीमसेनले धरहरा पनि बनाएको राणाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In