काठमाडौं , असार ६ गते । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ ।
महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति करिब ११ बजे पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरीले उपचारको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ । नेपालखबर
Discussion about this post