• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बाढी–पहिरोबाट २० लाख मानिस प्रभावित हुने, ५ लाखलाई उद्धार गर्नुपर्ने प्रक्षेपण

काठमाडौँमा ३ वटा नदी क्षेत्र जोखिममा


बाढी–पहिरोबाट २० लाख मानिस प्रभावित हुने, ५ लाखलाई उद्धार गर्नुपर्ने प्रक्षेपण
Share on FacebookShare on Twitter

मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातोपाटीलाई बताए ।

प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा छन् ।

बाढीको उच्च जोखिममा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत कैलाली र कञ्चनपुर जिल्ला छन् ।

विगतमा आउने बाढी पहिरो र मौसम पूर्वानुमानको आधारमा बाढी र पहिरोको उच्च जोखिमयुक्त जिल्लाहरू वर्गीकरण गरिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

यस वर्ष झापा, मोरङ र सुनसरीमा सबैभन्दा धेरै पानी पर्ने आकलन गरिएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा धेरै पानी पर्ने प्राधिकरणको आकलन छ । नवलपरासी, धादिङ, गोरखा,  तनहुँ, हुम्ला र दार्चुलामा अत्यधिक पानी पर्ने आकलन गरिएको छ । मधेस प्रदेशमा औसत वर्षा हुने आकलन गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणसहित ४ जना मन्त्री  सम्मिलित कार्यकारी समितिले सम्बन्धित मन्त्रालय र निकायहरूलाई जिम्मेवार बनाएर विपद् प्रतिकार्य योजना सहित राहत र उद्धारको तयारी गरेको छ । मनसुनबाट आइपर्ने विपद्का घटना उद्धारमा सुरक्षा संयन्त्र र राहतका लागी सम्बन्धित निकायलाई जिम्मेवार बनाइएको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिए । उनले भने–‘प्रतिकार्य चाँडो गर्ने गरी योजना बनाएका छौँ ।’

उद्धारमा स्वयंसेवक परिचालन गर्ने प्राधिकरणको योजना छ । डा. भट्टराईका अनुसार ‘स्वयंसेवक ब्युरो परिचालन मापदण्ड’ तयार भएको छ । उद्धारमा स्थानीय तहमा युवाहरूलाई तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–०७४ आएपछि सरकारले प्राधिकरण गठन गरेर विपद् व्यवस्थापनबारे काम गरिरहेको छ । सो ऐन अनुसार नियमावली–०७६ जारी भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष ७२ जिल्ला बाढी र पहिरोको जोखिममा रहेको आकलन गरेको छ ।  ५१ जिल्लामा पहिरो र २१ जिल्लामा बाढीको जोखिममा रहेको प्राधिकरणले प्रक्षेपण गरेको छ । ती जिल्लाका ४ लाख २१ हजार घर परिवारका २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने प्राधिकरणको आँकलन छ ।

४ जिल्लामा प्रभावमा आधारित पूर्व सूचना प्रणाली 

विपद् व्यवस्थापन प्राधिकरणले ४ जिल्लामा प्रभावमा आधारित पूर्व सूचना प्रणालीबारे ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ । बागलुङ, रसुवा, म्याग्दी र सिन्धुपाल्चोक जिल्लाका १७ वटा स्थानीय तहमा त्यस्तो सूचना प्रणाली सञ्चालन गरिएको छ ।

‘प्रभावमा आधारित पूर्व सूचना प्रणालीमा सम्भावित क्षति न्यूनीकरणलाई महत्त्वपूर्ण मानेका छौँ’ प्राधिकरणका उप–सचिव डिजन भट्टराई भन्छन्–‘मनसुनको पूर्वानुमानको आधारमा सम्भावित क्षति न्यूनीकरण गर्नेबारे स्थानीय तहमा सूचना प्रवाह गर्छौँ ।’

प्राधिकरणले मौसम विज्ञान विभागसँगको समन्वयमा स्थानीय निकायमा रहने सम्पर्क व्यक्तिहरूलाई इमेल, भाइबर र  म्यासेजमार्फत सूचना प्रवाह गर्छ । सो सूचनाका आधारमा सम्पर्क व्यक्तिहरूले माइकिङ र साइरन बजाएर सम्भावित बाढी र पहिरोबाट सजग रहन स्थानीयलाई जानकारी गराउँछन् ।

काठमाडौँमा ३ वटा नदी क्षेत्र जोखिममा 

काठमाडौँ उपत्यकामा पनि बर्खाको समयमा ३ वटा नदी किनारका बस्ती जोखिममा पर्ने गरेका छन् । मनोहरा खोला किनारमा रहेको कागेश्वरी मनोहरा नगरापालिका क्षेत्र, बागमती किनारको सुकम्बासी बस्ती र विष्णुमती किनार क्षेत्रमा डुबान हुने गरेको छ । सम्भावित डुवानलाई मध्यनजर गरेर आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रातोपाटीलाई बताए ।

‘कहिलेकाहीँ टुकुचा र धोवीखोलाले पनि दुःख दिने गरेको छ’ प्रजिअ रिजाल भन्छन्–‘विपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिम न्यूनीकरण गर्नेबारे स्थानीय निकायसँग पनि समन्वय गरेका छौँ ।’

उद्धारमा आवश्यक जनशक्ति र डुङ्गा सहितका उद्धार सामग्री तयारी अवस्थामा राखिएको प्रजिअ रिजालले जानकारी दिए ।

#बाढी पहिरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In