• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नदीजन्य पदार्थको ट्र्याक्टर व्यवसायीबाट मनपरी दोहन

नदीजन्य पदार्थको ट्र्याक्टर व्यवसायीबाट मनपरी दोहन
Share on FacebookShare on Twitter

उदयपुर, असार १४ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको वडा नं. ११, १२ तथा १० स्थित बरुवा नदी क्षेत्रको संवेदनशील स्थानमा केही ट्र्याक्टर व्यवसायीबाट नदीजन्य पदार्थ दोहन र निकासी गर्ने कार्य बढ्दै गएपछि नदी आसपासका गाउँघर जोखिममा परेका छन् ।

बरुवा खोलास्थित ढिम्की र चपन बेलदोभान क्षेत्रको नदी किनार आसपास क्षेत्रबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा तथा रोडा उत्खनन गरेर निकासी गर्ने कार्य बढाउँदै लगेपछि नदी आसपासका गाउँघर उच्च जोखिममा परेको चपन निवासी दिलबहादर कार्की बताए ।

बरुवा आसपास नदी किनार क्षेत्रबाट दैनिक दुई दर्जनभन्दा बढी ट्र्याक्टरबाट ढुङ्गा निकासी र ढुङ्गा रोडा सङ्कलन गरेर बिक्री गर्ने कार्य बढ्दै गएपछि यी क्षेत्रका चपन, ढिम्की बेलदोभानसहितका टोल उच्च जोखिममा परेका छन् । मनपरीढङ्गले नदीजन्य पदार्थ निकासी हुँदा जोखिम बढेको ढिम्कीका पुण्यप्रसाद काफ्लेको भनाइ छ ।

उनका अनुसार अधिकांश ट्र्याक्टर व्यवसायीले ढुङ्गा निकासी गरेर विभिन्न स्थानमा सङ्कलन गर्ने गरेको र हिउँदमा महँगो मूल्य बिक्री गर्ने गरेका कारण बरुवा, ढिम्की बेलदोभान तथा चपन क्षेत्रका नदी किनार क्षेत्र पूर्णरूपमा भत्किसकेको र आसपासका गाउँघरसमेत खतरामा पर्न थालेका छन् ।

यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा झनै दोहन बढ्दै गएको चपनका अर्का स्थानीय देवीमाया कटुवाल बताउनुहुन्छ । उनका अनुसार आफूले यस्तो कार्य नगर्न पटक–पटक सम्झाउनाका साथै नगरपालिका तथा प्रहरी र स्थानीय प्रशासनमा पनि ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन ।

यस्तो कार्यमा स्थानीय तहका कतिपय नेता तथा व्यक्ति नै संलग्न हुने गरेको र सम्बन्धित निकायले नियन्त्रण तथा अनुगमनमा ध्यान नदिएका कारण बरुवा नदी क्षेत्र झनै दोहन हुँदै गएको स्थानीयवासी बताए । नदीजन्य पदार्थ उत्खननका कारण नदीको संरचना भत्कँदै गएका कारण बरुवा आसपासका गाउँ बाढीको उच्च जोखिममा परेको ढिम्कीका कुलबहादुर भुजेलको गुनासो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In