News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Tuesday - August 9, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

नदीजन्य पदार्थको ट्र्याक्टर व्यवसायीबाट मनपरी दोहन


नदीजन्य पदार्थको ट्र्याक्टर व्यवसायीबाट मनपरी दोहन

उदयपुर, असार १४ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको वडा नं. ११, १२ तथा १० स्थित बरुवा नदी क्षेत्रको संवेदनशील स्थानमा केही ट्र्याक्टर व्यवसायीबाट नदीजन्य पदार्थ दोहन र निकासी गर्ने कार्य बढ्दै गएपछि नदी आसपासका गाउँघर जोखिममा परेका छन् ।

बरुवा खोलास्थित ढिम्की र चपन बेलदोभान क्षेत्रको नदी किनार आसपास क्षेत्रबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा तथा रोडा उत्खनन गरेर निकासी गर्ने कार्य बढाउँदै लगेपछि नदी आसपासका गाउँघर उच्च जोखिममा परेको चपन निवासी दिलबहादर कार्की बताए ।

बरुवा आसपास नदी किनार क्षेत्रबाट दैनिक दुई दर्जनभन्दा बढी ट्र्याक्टरबाट ढुङ्गा निकासी र ढुङ्गा रोडा सङ्कलन गरेर बिक्री गर्ने कार्य बढ्दै गएपछि यी क्षेत्रका चपन, ढिम्की बेलदोभानसहितका टोल उच्च जोखिममा परेका छन् । मनपरीढङ्गले नदीजन्य पदार्थ निकासी हुँदा जोखिम बढेको ढिम्कीका पुण्यप्रसाद काफ्लेको भनाइ छ ।

उनका अनुसार अधिकांश ट्र्याक्टर व्यवसायीले ढुङ्गा निकासी गरेर विभिन्न स्थानमा सङ्कलन गर्ने गरेको र हिउँदमा महँगो मूल्य बिक्री गर्ने गरेका कारण बरुवा, ढिम्की बेलदोभान तथा चपन क्षेत्रका नदी किनार क्षेत्र पूर्णरूपमा भत्किसकेको र आसपासका गाउँघरसमेत खतरामा पर्न थालेका छन् ।

यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा झनै दोहन बढ्दै गएको चपनका अर्का स्थानीय देवीमाया कटुवाल बताउनुहुन्छ । उनका अनुसार आफूले यस्तो कार्य नगर्न पटक–पटक सम्झाउनाका साथै नगरपालिका तथा प्रहरी र स्थानीय प्रशासनमा पनि ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन ।

यस्तो कार्यमा स्थानीय तहका कतिपय नेता तथा व्यक्ति नै संलग्न हुने गरेको र सम्बन्धित निकायले नियन्त्रण तथा अनुगमनमा ध्यान नदिएका कारण बरुवा नदी क्षेत्र झनै दोहन हुँदै गएको स्थानीयवासी बताए । नदीजन्य पदार्थ उत्खननका कारण नदीको संरचना भत्कँदै गएका कारण बरुवा आसपासका गाउँ बाढीको उच्च जोखिममा परेको ढिम्कीका कुलबहादुर भुजेलको गुनासो छ । रासस

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

वर्षौँदेखि ढलको पानी खोलामा

वर्षौँदेखि ढलको पानी खोलामा

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

Total Visitor
  • Total visitors : 1,094
  • Total page views: 1,302

हामी सामाजिक संजालमा

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.