• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

देशभर ५३ विमानस्थल, ३३ वटाबाट मात्र उड्छन् जहाज


देशभर ५३ विमानस्थल, ३३ वटाबाट मात्र उड्छन् जहाज
Share on FacebookShare on Twitter

१६ असार, काठमाडौं । नेपालले हरेक वर्ष ठूलो रकम विमानस्थल पूर्वाधारमा खर्च गरिरहेको छ । तर, सडक यातायातको पहुँच विस्तार तथा व्यावसायिक सम्भाव्यता अध्ययनविना गरिएको लगानीका कारण विमानस्थल नियमित सञ्चालनको वातावरण भने बनेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार देशभर अहिले ५३ वटा विमानस्थल निर्माण सम्पन्न भएको अवस्थामा रहेका छन् । जसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३३ वटा विमानस्थलबाट मात्र यात्रुले सेवा लिएका छन् । अहिले मुलुकमा कुल २० वटा वायुसेवा कम्पनी (हेलिकप्टरसहित)ले सेवा दिइरहेका छन् । तर, यात्रुको चाप पहाड र हिमाली भेगमा भन्दा तराई भेगका विमानस्थलमा केन्द्रित छ । पहाड र हिमालमा पर्यटकीय गन्तव्यमा भने यात्रुको चाप देखिन्छ ।

त्रिभुवन विमानस्थलबाट एक वर्षको अवधिमा कुल ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक यात्रु ओहोर दोहोर गरेका छन् । जसमध्ये १७ लाख ९७ हजार ४०३ जना यात्रु भित्रँदा १७ लाख ७९ हजार ५३९ जना यात्रु भने बाहिरिएका छन् । काठमाडौंभन्दा बाहिरका ३२ वटा विमानस्थलबाट भने कुल ४१ लाख ४८ हजार ४७६ जना यात्रु ओहोर दोहोर गरेको देखिएको छ ।

यी हुन् यात्रुले सेवा लिएका विमानस्थल

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
  • नेपालगञ्ज विमानस्थल
  • पोखरा विमानस्थल
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
  • विराटनगर विमानस्थल
  • चन्द्रगढी विमानस्थल
  • भरतपुर विमानस्थल
  • जनकपुर विमानस्थल
  • लुक्ला विमानस्थल
  • सिमरा विमानस्थल
  • सुर्खेत विमानस्थल
  • धनगढी विमानस्थल
  • जोमसोम विमानस्थल
  • सिमिकोट विमानस्थल
  • तुम्लिङटार विमानस्थल
  • जुम्ला विमानस्थल
  • डोल्पा विमानस्थल
  • बाजुरा विमानस्थल
  • रामेछाप विमानस्थल
  • भोजपुर विमानस्थल
  • फाप्लु विमानस्थल
  • रारा विमानस्थल
  • रुकुम सल्ले विमानस्थल
  • रुम्झाटार विमानस्थल
  • ताप्लेजुङ विमानस्थल
  • खानीडाँडा विमानस्थल
  • राजविराज विमानस्थल
  • साँफेबगर विमानस्थल
  • दाङ विमानस्थल
  • थामखर्क विमानस्थल
  • बझाङ विमानस्थल
  • डोटी विमानस्थल
  • बैतडी विमानस्थल

काठमाडौंपछि विराटनगरमा बढी यात्रुको चाप

मन्त्रालयको तथ्यांक अनुसार सन् २०२१ मा काठमाडौंपछि यात्रुको ओहोरदोहोर बढी हुने विमानस्थलमा विराटनगर पहिलो स्थानमा आउँछ ।

विराटनगर विमानस्थल

यो वर्ष विराटनगरमा ३ लाख २१ हजार हजार यात्रु अवतरण गरेका थिए । यहाँबाट ३ लाख २२ हजार १७७ जना यात्रु उडेका थिए । यसरी एक वर्षमा विराटनगरले ६ लाख ४३ हजार ८६९ जना यात्रुलाई सेवा दिएको छ ।

नेपालमा बढी यात्रुले सेवा लिने पहिलो पाँच विमानस्थल (काठमाडौंबाहेक आन्तरिक)

  • विराटनगर : ६,४३,८६९ जना
  • गौतमबुद्ध : ५,५८,७३९ जना
  • पोखरा : ५,२९,९४४ जना
  • नेपालगञ्ज : ५,०१,३१५ जना
  • चन्द्रगढी : ३,२६,५१८ जना

तराईमा रहेका ठूला विमानस्थलमध्ये सिमराबाट ३ लाख ११ हजार ४७१, जनकपुरबाट २ लाख ९३ हजार ३२६, धनगढीबाट २ लाख ६० हजार ४६, भरतपुरबाट २ लाख २ हजार ९६९ जनाले यात्रा गरेका छन् । राजविराजबाट भने २७ हजार ८१५ यात्रुले यात्रा गरेको देखिएको छ ।

पहाडी र हिमाली भेगका विमानस्थलमध्ये लुक्लामा चाप

पहाडी र हिमाली भेगका विमानस्थलमध्ये सबैभन्दा धेरै यात्रुको चाप लुक्लामा देखिन्छ ।

लुक्ला विमानस्थल/फाइल तस्वीर

लुक्ला सगरमाथा आधार शिविर पदयात्रा र सगरमाथासहितका हिमालको आरोहणमा जाने मुख्यद्धार हो । यो विमानस्थलबाट एक वर्षको अवधिमा २ लाख २८ हजार ९६७ जना यात्रुले सेवा लिएका छन् ।

हुम्लाको सिमिकोट अर्को चाप हुने विमानस्थल हो । यहाँ सन् २०२१ मा २९ हजार १०९ जना यात्रु ओहोर दोहोर गरेका छन् ।

रारा तालको भ्रमणमा जाने पर्यटकले प्रयोग गर्ने मुगुको ताल्चा विमानस्थलबाट एक वर्षमा २६ हजार ७२४ जनाले यात्रा गरेका छन् । एक वर्षको अवधिमा सबैभन्दा कम यात्रु ओखलढुंगामा रहेको रुम्झाटार विमानस्थलबाट ओहोरदोहोर गरेका छन् । यस विमानस्थलबाट एक वर्षमा मात्र ६० जना यात्रुले सेवा लिएको देखिन्छ ।

रामेछाप विमानस्थलबाट समेत एक वर्षमा मात्र १४२ यात्रुले सेवा लिएका छन् । एक वर्षमा ३२ वटा आन्तरिक विमानस्थलमा १ लाख ४० हजार २३५ वटा उडान/अवतरण भएका छन् ।

बुद्धले १९ लाख यात्रु बोक्दा नेपाल एयरलाइन्सले बोक्यो २० हजार

एक वर्षको अवधिमा आन्तरिक उडानमा सबैभन्दा धेरे बुद्ध एयरले यात्रु बोकेको छ । यो कम्पनीले १९ लाख ३५ हजार २९६ जना यात्रुलाई सेवा दिएको छ । दोस्रो स्थानमा यति एयरलाइन्स रहेको छ ।

यो कम्पनीले एक वर्षमा ८ लाख ६ हजार २६२ जना यात्रु उडाएको छ । तेस्रो स्थानमा श्री एयरलाइन्स छ । यसले ५ लाख ४५ हजार ४९५ जना यात्रुलाई बोकेको छ ।

सौर्य एयरलाइन्सले १ लाख ३४ हजार ७७३ जनालाई सेवा दिँदा नेपालको राष्ट्रिय ध्जजाबाहक नेपाल एयरलाइन्सले भने मात्र २० हजार ४१६ जना यात्रु बोकेको मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

पूर्व पदाधिकारीको अतिरिक्त सुविधा बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन

पूर्व पदाधिकारीको अतिरिक्त सुविधा बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन

अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...