• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सहकारीको ४६ लाखभन्दा बढी घोटाला, काउन्टरका कर्मचारी पक्राउ


सहकारीको ४६ लाखभन्दा बढी घोटाला, काउन्टरका कर्मचारी पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४६ लाख रूपैयाँभन्दा बढी घोटाला भएको छ। ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ घोटाला गरिएको पुष्टि भएपछि सहकारीको गोठगाउँ सेवा केन्द्रका कर्मचारी सुन्दरहरैँचा–७ का २४ वर्षीय विवेक खवासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा सहकारीको काउण्टरमा कार्यरत रहेका खवासलाई पक्राउ गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। बचतकर्ताको ठूलो रकम हिनामिना भएको पाइएपछि सहकारीले सचिव सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल सम्मिलित समिति बनाएर छानबिन गरेको थियो। समितिले रकम हिनामिना भएको पुष्टि गरेपछि खवासविरुद्ध कारबाही अघि बढाउन माग गर्दै सहकारीले प्रहरीमा जाहेरी दिएको हो।

आफूले ३१ लाख घोटाला गरेको स्वीकार गरेपछि आगामी भदौ १० गतेभित्रमा सबै रकम फिर्ता गराउने सहमति यसअघि नै खवासलाई गराइएको थियो। तर हिमामिना भएको रकम बढ्दै गएपछि छानबिन समिति बनाएर वास्तविकता खोजी गर्दै कानुनी कारबाहीका लागि जानुपर्ने अवस्था आएको सहकारीका अध्यक्ष अर्जुनराज अधिकारीले जानकारी दिए। उनका अनुसार जम्मा गरेको रकम निकाल्न आएका बचतकर्ताले आफ्नो खातामा पैसा नभएको थाहा पाएपछि सहकारीको रकम घोटाला भएको खुलेको हो।

सहकारीले सफ्टवेयरमार्फत काम गर्दै आएको थियो। बचतकर्ताको पैसा सफ्टवेयरमार्फत सहकारीमा जम्मा भएको देखाउने तर रकम भने नक्कली हस्ताक्षर गरेर खवास आफैंले लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोटाला गरेकोमध्ये करीब १० लाख रूपैयाँ भने उनले सहकारीलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ। अरु रकम खवासले अन्यत्र लगानी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

उनी काउण्टरको सहायक कर्मचारीका रूपमा २०७७ मंसिरदेखि सहकारीमा कार्यरत रहेको पाइएको छ। उनीविरुद्ध सहकारी ठगी कसूरमा कारबाही अघि बढाउने प्रहरीको तयारी छ। शेयर सदस्य तथा बचतकर्ताले भने खवास एक्लैबाट यति धेरै रकम अनियमितता भएको कुरामा विश्वास गरेका छैनन्। उनीहरुले अरु कर्मचारीको पनि मिलेमतो भएको हुनसक्ने आशंका गर्दै छानबिन एवं अनुसन्धानको दायरालाई बढाइनुपर्ने माग राख्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In