• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान


एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान
Share on FacebookShare on Twitter

काठमाडौँ, असार १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो ।

आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।

आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरुप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो ।

प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताए ।

उनले भन्ने, “प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ ।”

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८ हेलिकप्टर छन् ।

सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आन्तरिक एयरलाइन्सले रात्रि बेसअनुरुप काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान गरिरहेको जानकारी दिए ।

उनका अनुसार असार १३ गते सम्बन्धित गन्तव्यमा रात्रिकालीन पार्किङ गरेका विमानले असार १४ गतेदेखि काठमाडौँका लागि उडान सुरु गरेका थिए । प्रवक्ता निरौलाले काठमाडौँ विमानस्थलमा विमानको पार्किङ क्षमताबारेमा पुनःअध्ययन गरेर आवश्यक व्यवस्था गरिने बताए ।

“एयरलाइन्सको आग्रहबमोजिम हाल १७ वटा विमान पार्किङ गर्ने स्थानमा थपेर २२ वटासम्म विमान पार्किङ गर्न सकिन्छ कि भनेर विमानस्थलको प्राविधिक टोलीले नाप जाँच गरेर सम्भाव्यताअनुरुप विमान पार्किङ गरिने छ”, उनले भन्ने ।

कति विमानले रात्रि बेस उडान गरिरहेका छन् ?

निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक बुद्ध एयरले हाल भैरहवामा दुई, धनगढीमा एक तथा जनकपुर र भद्रपुरमा समान एक विमानले रात्रि पार्किङ गरी उतैबाट काठमाडौँ पहिलो उडान भर्दै आएका छन् ।

कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले रात्रि बेसअनुरुप उडान सञ्चालन गरिरहेको बताए । उनका अनुसार कतिपय जहाज मर्मत गर्नुपर्ने भएकाले केही ह्याङ्गरमा र बाँकी पार्किङमै बस्ने गरेका छन् । बुद्ध एयरसँग १४ थान एटिआर र दुई बिजक्राफ्टसहित कूल १६ विमान छन् ।

यती एयरलाइन्सले विराटनगर र नेपालगञ्जमा समान एक जहाज रात्रि पार्किङ गरिरहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीसँग रहेको पाँच थान एटिआर–७२ विमानमध्ये दुई वटा काठमाडौँ बाहिर पार्किङ भइरहेको छ भने दुई वटा पार्किङमा र एक विमान ह्याङ्गरमा रात्रि व्यवस्थापन गरिँदै आइएको छ ।

श्री एयरलाइन्सले विराटनगर, भैरहवा र नेपालगञ्जमा गरी कूल तीन जहाज रात्रि पार्किङ गरिरहेको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । बाँकी विमान काठमाडौँमै बस्छन् । कम्पनीसँग जम्मा आठ जहाज रहे पनि पाँच वटा मात्रै उडानमा छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाइसुरक्षा सुदृढीकरणका लागि प्राधिकरण सञ्चालक समितिको गत असार ५ गतेको बैठकले निर्णय गरेअनुरुप हेलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको थियो ।

जसअनुसार विमान कम्पनीले काठमाडौँबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि पार्किङ गरेका हुन् । साथै हेलिकप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङ्गर निर्माण सुरु हुने भएकाले साइट क्लिएर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ ।

काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराएको जनाइएको छ ।

त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिको सुझावअनुसार प्राधिकरणले एयरलाइन्सलाई बेसअनुरुप उडान गर्न निर्देशन दिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In