• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुरक्षा जोखिममा ८६ हजार कर्मचारीको निजी र संवेदनशील दस्तावेज

कर्मचारीको तथ्यांक डिजिटाइजेसनमा ठूलो स्रोतसाधन र करोडौं रकम खर्च भएको छ, तर डाटा व्यवस्थापन र वितरणमा छिद्रै-छिद्र विद्यमान रहँदा ८६ हजार कर्मचारीको निजी र संवेदनशील दस्तावेज सुरक्षा जोखिममा परेको छ ।


सुरक्षा जोखिममा ८६ हजार कर्मचारीको निजी र संवेदनशील दस्तावेज
Share on FacebookShare on Twitter

केही दिनअघि असारको ४ र ५ गते काठमाडौंको सोल्टी होटलमा तामझामका साथ डिजिटल नेपाल कनक्लेभ कार्यक्रम चलिरहँदा जुम्लामा काम गरिरहेकी एक अनमी पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम) प्रिन्ट लिन ललितपुरको हरिहरभवनस्थित कर्मचारी किताबखानाको झ्यालमा लाइन लागिरहेकी थिइन् ।

पीआईएसमा कर्मचारीको शैक्षिक योग्यता, तालिम, कारबाही, बढुवा, काज, उनीहरूले बुझाएको सम्पत्ति विवरणको अभिलेखसहितको संवेदनशील जैविक र व्यक्तिगत विवरण हुन्छ । आर्थिक वर्षको अन्त्यमा तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीको स्तर वृद्धि हुने हुँदा यो समयमा कर्मचारी आफ्ना कागजात संकलन गर्ने चटारोमा हुन्छन् ।

तर अहिले कर्मचारीको व्यक्तिगत विवरण राखिने पीआईएस प्रणालीमा समस्या देखिएको छ । एक जना कम्प्युटर प्रोग्रामरले दुई घण्टामा गर्न सक्ने काममा समय लाग्दा कर्मचारीहरूले दुःख मात्र पाइरहेका छैनन्, आर्थिक वर्षको अन्त्यतिर हुने विभिन्न तालिम तथा अन्य अवसरसमेत गुमाइरहेका छन् ।

के हो कर्मचारी किताबखाना ?

देशमा कार्यरत ८६ हजार बढी निजामती कर्मचारीको सेवा सुरु भएदेखि सेवा निवृत्त हुँदासम्मका सम्पूर्ण विवरणको एकीकृत व्यवस्थापन र अभिलेखीकरण गर्ने सरकारी निकाय हो, कर्मचारी किताबखाना । कर्मचारी तथ्यांकको एकीकृत भण्डारण, व्यवस्थापन र वितरण गर्ने यो निकायको काम हो ।

भण्डारण गरेको विवरणलाई आवश्यक निकायमा सजिलै उपलब्ध गराउने, नीतिगत निर्णयमा यो तथ्यांकको विश्लेषण गर्ने, डाटा भण्डारण र वितरणको काम एकीकृत गर्ने सरकारको उद्देश्य रहेको देखिन्छ । किताबखानाले आवश्यक परेमा सम्बन्धित निकायलाई कर्मचारीको विवरण उपलब्ध गराउनुपर्छ । यस्तो विवरणलाई किताबखानाले २०७६ सालसम्म एमआईएस प्रणालीमा राखेको थियो ।

यो प्रणाली अन्तर्गत कर्मचारीले लगइन गरेर आफ्नो व्यक्तिगत विवरण हेर्ने र त्यसलाई पि्रन्ट गर्ने गर्थे । तर यो प्रणालीलाई थप परिमार्जन (रि-इन्जिनियरिङ) गर्ने भन्दै किताबखानाले आर्थिक वर्ष २०७५/७६ मा करिब २ करोड बराबरको टेण्डर आहृवान गर्‍यो । टेण्डरबाट सांगि्रला माइक्रोसिस्टम प्रालि नामक कम्पनी छनोट भयो ।

सामान्यतः सोही आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने काम लम्बिएर आर्थिक वर्ष २०७८/७९ को अन्त्यबाट मात्र लागु हुन थाल्यो । तर परिमार्जित भएर आएको यो प्रणाली सञ्चालन गर्न अहिले कर्मचारीले हैरानी खेप्नु परेको छ । उनीहरूले यो प्रणालीमार्फत लगइन समेत गर्न सकिरहेका छैनन् । लगइनका लागि त्यहाँ उपलब्ध हुने फारममा पीआईएस नम्बर र पासवर्ड राखेर लगइन गर्दा उक्त प्रणालीले कुनै प्रतिक्रिया दिंदैन । एउटा आईटी इन्जिनियरको आँखाले हेर्दा यो एउटा सानो तर गम्भीर त्रुटि हो ।

तथ्यांक कसरी आइपुग्छ ?

कर्मचारीले निजामती सेवामा प्रवेश गर्ने क्रममा आफ्नो व्यक्तिगत, जैविक लगायत आवश्यक विवरण (सिटरोल) भरेर विभिन्न निकाय जस्तै किताबखाना, सम्बन्धित मन्त्रालय, विभाग र निकायमा बुझाउँछन् । तिनै विवरणको आधारमा उनीहरूको पीआईएस बन्दछ । कर्मचारी सेवा प्रवेश गरेपछि उनीहरूको सरुवा, बढुवा, पदस्थापन, काज, तालिम, विदा हुनेदेखि कहिलेकाहीं कारबाही समेत पाउँछन् ।

कर्मचारी बारेको यी सबै विवरण उनीहरू कार्यरत रहेको निकायले किताबखानालाई सूचनाहरू दिने गर्दछ । यस क्रममा कर्मचारीको पीआईएस अद्यावधिक गर्न उनीहरू स्वयम् उपस्थित हुन वा हुलाकमार्फत पठाउन सक्छन् । तर अद्यावधिकका लागि कर्मचारीले इमेलबाट पठाएको विवरणलाई भने यो निकायले पूर्ण रूपमा मान्यता दिएको छैन ।

किताबखानाले अधिकांश कर्मचारीको इमेल विवरण राखेको छ । तर, इमेलमार्फत कर्मचारीको निवेदन लिने र आवश्यक विवरण पठाउने काममा चासो दिएको छैन । यो अधिकांश सरकारी निकायको रोग जस्तै बनेको छ । तर किताबखानाका कतिपय कर्मचारीले सेवाग्राहीसँग व्यक्तिगत इमेलमार्फत जानकारी आदानप्रदान गरिरहेका छन्, जुन कानुनतः नमिल्ने कुरा हो । सेवाग्राहीको महत्वपूर्ण व्यक्तिगत विवरण कर्मचारीले आफ्नो इमेलबाट आदानप्रदान गर्दा दुरुपयोगको जोखिम रहिरहन्छ ।

एउटै डाटा धेरै ठाउँमा किन राख्नु पर्‍यो ?

स्वास्थ्य सेवामा कार्यरत निजामती कर्मचारीको हकमा कुरा गरौं । एउटा कर्मचारीले सेवा प्रवेश गर्दा सिटरोल किताबखानामा पेश गरेर मात्र पुग्दैन । उसले सबै व्यक्तिगत विवरण र त्यसको अर्को प्रति स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्छ । विवरण पेस गरेपछि स्वास्थ्य मन्त्रालयबाट हरेक कर्मचारीले ‘हुरेक नम्बर’ अर्थात् कोड नम्बर पाउँछन् ।

यस्ता विवरण सम्बन्धित विभाग, जिल्ला कार्यालय र कार्यरत कार्यालयमा समेत पठाउनुपर्छ । अहिलेसम्म हुरेक नम्बर लिएका स्वास्थ्यका कर्मचारीले यो कोड किन लिइएको भन्नेबारेमा पत्तो समेत पाएका छैनन् । मन्त्रालयले पनि यसको महत्व के हो भनेर बुझाउन सकेको छैन ।

यसले उक्त प्रणाली बनाउन गरेको खर्चको औचित्य पुष्टि गर्न सकेको छैन । अर्कोतिर कर्मचारीको एकीकृत तथ्यांक राखेको किताबखानाले स्वचालित प्रणालीबाट अरू निकायलाई उक्त विवरण पठाउन नसक्दा कर्मचारी आफैंले अन्य निकाय धाएर कागजात बुझाउनुपर्ने बाध्यता छ ।

किताबखानाले वेबसाइटमा राखेको सूचना अनुसार पछिल्लो समय परिमार्जन गरेर बनाएको नयाँ सूचना प्रणाली अपग्रेड गर्दा केही समस्या आएको छ । कर्मचारीले लगइन गर्दा लगइन नहुने समस्या छ । सामान्यतया लगइन नहुने यो समस्याको समाधान गर्न एकदेखि दुई घण्टा भन्दा धेरै लाग्दैन । तर समाधान गर्नेमा कसैको ध्यानै छैन ।

सुरक्षित छैनन् कर्मचारीका तथ्यांक

सूचनाप्रविधि विज्ञ, सरकारी कर्मचारी र प्राविधिक सहितको एउटा छुट्टै संयन्त्र बनाउने र त्यसलाई पूर्ण अधिकार दिएर सूचना प्रणालीको सुरक्षा प्रबन्ध मिले नमिलेको हेर्ने, सुझाव दिने र गल्ती गर्नेलाई कारबाहीको लागि सिफारिस गर्नेसम्मको काम हुनु जरूरी भइसकेको छ

सर्भरमा राखिएका डाटालाई इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याउन खोज्दा हाम्रा व्यक्तिगत विवरण विभिन्न माध्यमबाट गुजे्रर एउटा बाटो हुँदै हामीकहाँ आइपुग्छ । यस क्रममा सुरक्षित (एचटीटीपीएस) र असुरक्षित (एचटीटीपी) गरी दुईप्रकारको बाटो प्रयोगमा आउँछन् ।

वेब ब्राउजरमा सुरक्षित बाटो प्रयोग गरेका वेबसाइटहरूमा ताला लगाएको आइकन देखाएको हुन्छ भने असुरक्षित बाटो प्रयोग भएको अवस्थामा सुरक्षित नभएको भनेर चेतावनी दिएरहेको हुन्छ ।

किताबखानाको पीआईएस प्रणाली असुरक्षित छ । तर उक्त प्रणालीमा सुरक्षित भएको भनेर ट्याग लागेको छ । जस्तो यो प्रणालीमा सुरक्षित बाटो मानिने (एचटीटीपीएस) र असुरक्षित मानिने -एचटीटीपी) गरी दुवै बाटो प्रयोग गरेर विवरण सर्भरसम्म पुग्ने वातावरण बनाइएको छ । यो नै पीआईएस प्रणालीको गम्भीर सुरक्षा खतरा हो । यसको मतलब ढोकामा ठूलो ताल्चा त लगाइएको छ, गेटपाले पनि छ तर घर पछडिको ढोका खुलै छ । हात्ती छिर्ने ठूलो प्वाल बन्द गरिएको छैन ।

यसरी असुरक्षित बनाइएको यो प्रणालीका कारण ८६ हजारको हाराहारीमा रहेका कर्मचारीको निजी र संवेदनशील विवरण हृयाकरको हातमा पुग्ने जोखिम हुन्छ । यस्तै कमजोरी र असुरक्षित प्रणालीका कारण केही वर्ष अगाडि नेपाल सरकारको डाटासेन्टरमा साइबर हमला भएको थियो । त्यतिबेला ठूलो क्षति नभए पनि अधिकांश सरकारी सेवा हप्ता दिनसम्म बन्द गर्नु परेको थियो ।

जन्मदेखि अहिलेसम्मका तीनपुस्ते विवरणको गोपनीयताको महत्व हामीले अनुमान र कल्पना गरेभन्दा ज्यादा हुन्छ । यस्ता विवरणमा पहुँच राख्दा युजर आईडी र पासवर्ड मात्र पर्याप्त हुँदैन । र, हुनुहुँदैन पनि । यो प्रणालीका लागि युजर आईडी र पासवर्ड मिले पनि मोबाइलमा ओटीपी (एक पटक मात्र प्रयोग गर्न मिल्ने एउटा कोड) हाल्नुपर्दछ । तर, यस्तो प्रणाली बनाउने कुरालाई सरकारले हुम्लामा रेल सेवाको माग गरेको जस्तो ठान्छ ।

नेपाल सरकारले विभिन्न फर्म तथा कम्पनीमार्फत बनाइरहेका धेरै सफ्टवेयरले सुरक्षाका आधारभूत मापदण्ड पूरा गर्दैनन् । पहिलो कुरा सफ्टवेयरको टीओआरमा नै सुरक्षाको विषयमा कुनै उल्लेख नै गरेको हुँदैन, डकुमेन्टमा उल्लेख नगरेको कुरामा सेवा प्रदायक र्फमले लाखौं खर्च गरेर सुरक्षा अडिट पनि किन गरोस् ।

दोस्रो कुरा, सुरक्षा अडिट गर्नुपर्ने भनिए तापनि यस्तो अडिट गर्ने संस्था वा व्यक्ति सरकारसँग छैनन् भन्दा पनि हुन्छ । तेस्रो पक्षबाट अडिट गराउँदा पनि अनधिकृत (पाइरेटेड) सफ्टवेयर/टुलबाट अडिट गर्ने अनि एउटा रिपोर्ट लेखेर औपचारिकता मात्र पूरा गर्ने गरेको देखिन्छ ।

२०७४ मा स्मार्ट सवारी लाइसेन्स सुरुवात हुँदा भारतीय कम्पनीलाई यसको जिम्मा दिइयो । सेवा प्रदायक भारतीय कम्पनीले नेपाली नागरिकको डाटामा पहुँच पुर्‍यायो भनेर चरम विरोध र विवाद भएको थियो । यो समस्या अहिले पनि उस्तै छ । काम गर्ने कम्पनी स्वदेशी वा विदेशी जुनसुकै नै किन नहोस्, सुरक्षा त्रुटिहरू भएमा जुनकुनै बेला र संसारको जुनसुकै ठाउँबाट त्यो डाटामा पहुँच राख्ने र त्यसको दुरुपयोग हुन सक्दछ । कर्मचारीको डाटा व्यवस्थापनको सन्दर्भमा पनि त्यस्तै खाले सुरक्षा चुनौती र जोखिम स्पष्ट देखिन्छन् ।

किताबखानाको काम यथेष्ट र साँचो छैन

देश संघीय संरचनामा गएपछि २०७५ सालमा कर्मचारी समायोजनको काम भयो । समायोजन गर्दा किताबखानाको रेकर्डलाई आधार पनि मानिएको थियो । तर, किताबखानाको पीआईएस प्रणालीमा कैयौं कर्मचारीको सूचना अद्यावधिक नगरिएका कारण छैटौं तह पुगिसकेका कर्मचारीको पाँचौं तहमा समायोजनको सूचना आयो । जस्तो पीआईएसमा बढुवाको विवरण अद्यावधिक नहुँदा कर्मचारीले पहिलेको तहका आधारमा समायोजनमा परे ।

यस्तो त्रुटिका कारण समायोजनको विवरण सच्याउन कर्मचारी महिनौं मन्त्रालय धाइरहे । मन्त्रालय धाउँदा धाउँदै उनीहरूले आफूले रोजेको ठाउँमा अर्को आफू भन्दा कनिष्ठ कर्मचारी पुगे र उनीहरू मारमा परे । यसरी समस्यामा परेका कैयौं कर्मचारी छन् । कतिपय कर्मचारी त दुई वर्षसम्म स्वास्थ्य मन्त्रालय धाउनु परेको थियो ।

समाधानका उपाय

समाधानको पहिलो कदमका रूपमा कतिपय नीतिगत विषयमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ । उदाहरणको लागि कर्मचारीको कागजी विवरण पेश गर्ने परिपाटीको साटो डिजिटल विवरणलाई मान्यता दिन थाल्नुपर्छ । ती विवरण कर्मचारी किताबखानाले एकद्वार प्रणालीमार्फत सुरक्षा मापदण्ड पूरा गरेर अन्य निकायलाई आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाइनुपर्छ ।

लगइन गर्ने क्रममा दुई तहको सुरक्षा अर्थात् पासवर्डसँगै म्यासेजमा ओटीपी पठाउने व्यवस्था मिलाउनुपर्छ । किताबखानाबाट अर्को निकायले तथ्यांक लिएको जानकारी सेवाग्राही अर्थात् कर्मचारीलाई दिइनुपर्छ । किनभने आफ्ना व्यक्तिगत विवरणमा पहिलो अधिकार स्वयम् व्यक्तिलाई हुने हो ।

सरकारले चलाउने सफ्टवेयर प्रणालीलाई दोहोरो अडिट गर्ने प्रणाली बसाल्नुपर्छ । सरकारीसँगै निजी क्षेत्रबाट सुरक्षा अडिट गर्दा जवाफदेहिता बढ्ने भएकाले यस्तो प्रणाली अपनाउन सकिन्छ । सरकारी सूचना प्रणालीमा कमजोरी भेट्टाउनेलाई कारबाही होइन, पुरस्कार दिनुपर्दछ ।

सूचनाप्रविधि विज्ञ, सरकारी कर्मचारी र प्राविधिक सहितको एउटा छुट्टै संयन्त्र बनाउने र त्यसलाई पूर्ण अधिकार दिएर सूचना प्रणालीको सुरक्षा प्रबन्ध मिले नमिलेको हेर्ने, सुझाव दिने र गल्ती गर्नेलाई कारबाहीको लागि सिफारिस गर्नेसम्मको काम हुनु जरूरी भइसकेको छ ।

(न्यौपाने एक दशकभन्दा बढी समयदेखि सूचनाप्रविधि क्षेत्रमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...