मधेश प्रदेश। प्रहरीले भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउंदै गरेको २ लाख ६० हजारको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ। विहीबार राती २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले जनकपुरधाम उप– महानगरपालिका– १२ कुवाबाट मोटरसाइकलमा ल्याउंदै गरेको १ लाख ९ हजार ४ सय २० को कपडाहरु बरामद गरेको छ ।
प्रहरीलाई देखेर मोटरसाइकल र सामान छाडि व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । त्यसै गरी प्रहरीले विहीबार राती करिब ११ बजेको समयमा जनकपुरधाम उप–महानगर पालिका–७ सार्वजनिक बाटो बाट भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी मोटरसाईकलमा बोकेर ल्याउंदै गरेको चिनी लगायतका किराना सामाग्रिहरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको सामानहरुको १ लाख ५१ हजार ७ सय ५० बराबरको रहेको जनाइएको छ । प्रहरीलाई देखेर मोटरसाइकल चालक फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद गरिएको सामानहरुलाई आवश्यक कारवाहीको लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post