• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लक्ष्य अनुसारका राजश्व संकलन गर्न असफल राजविराज भन्सार


लक्ष्य अनुसारका राजश्व संकलन गर्न असफल राजविराज भन्सार
Share on FacebookShare on Twitter

राजविराज । व्यापक मात्रामा हुने चोरी पैठारीका कारण राजविराज भन्सार कार्यालयले बर्सेनि लक्ष्यभन्दा कम राजस्व संकलन गर्न थालेको छ । भन्सार कार्यालयको राजस्व संकलन ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व मात्र संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ का लागि ६ करोड ८४ लाख २० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ करोड १७ लाख ६४ हजार ९२ रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत दिपेन्द्रकुमार झाले जानकारी दिए । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो ।

आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा ४ करोड ६२ लाख १९ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यो राजस्व लक्ष्यको ७२.९५ प्रतिशत हो । राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ७ करोड ९७ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ संकलन गरेको थियो । त्यो वर्ष भन्सार कार्यालयले ८ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य लिएको थियो ।

बर्सेनि लक्ष्य हाँसिल गर्न नसकेको कार्यालयले आर्थिक वर्ष २०७९/०८० का लागि लक्ष्य निकै घटाएको छ । भन्सार अधिकृत झाका अनुसार यो वर्ष कार्यालयले ५ करोड ९९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये भन्सार आयात शुल्कतर्फ ३ करोड ४४ लाख ९ हजार , मूल्य अभिवृद्धि करतर्फ २ करोड ४२ लाख १२ हजार, अन्त शूल्कतर्फ १० लाख ४४ हजार , कृषि सुधार शुल्कतर्फ ७ हजार र भन्सार सम्बन्धी अन्य आयतर्फ २ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

भारतसँग खुला सिमाना भएकाले व्यापक रूपमा चोरी पैठारी हुने गरेको र कर्मचारी अभावका कारण राजस्व संकलन प्रभावित भएको भन्सार अधिकृत झाको भनाइ छ ।

पूर्वकोशी नदीदेखि पश्चिम बलान खोलासम्म सप्तरीको ७८ किलोमिटर भू-भाग भारतसँग जोडिएको छ । सप्तरीमा सशस्त्र प्रहरीको ६ ओटा सुरक्षा बेस क्याम्प छ भने सिमा क्षेत्रमा ८ वटा बोर्डर आउट पोस्ट छन् । सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी प्रकृतिका पोस्ट र नेपाल प्रहरीका युनिटहरू रहेका छन्।

ती युनिटहरू बढी जसो अवैध समानहरू आवतजावत रोक्न चेकजाँचमा नै केन्द्रित रहने गरेको छ । तथापि उनीहरूकै मिलेमतोमा तस्करी नरोकिएको स्थानीयको भनाइ छ। व्यापारी र तस्करहरूले भन्सार छलेर ठूलो परिमाणमा लत्ताकपडा, खाद्यान्न, स्पेयर पार्टस्, कस्टमेटिक सामग्री नेपाल भित्र्याउने गरिरहेका छन् । साइकल, मोटरसाइकल, सिटी रिक्सा, पिकअप भ्यान र पैदल समेत गरेर तस्करहरूको समूहले विभिन्न रुट प्रयोग गरी तस्करीका सामान राजविराज, बोदे बर्साइन, हनुमाननगर, भारदह, पातो, कल्याणपुर, कञ्चनरूपलगायतका बजार क्षेत्रमा पुर्‍याउँदै आएका छन्।

नेपालबाट भने मदिरा, मटर, मरिच, सुपारी र चाइनिज स्याउ भन्सार छलेर भारत पुर्‍याउने गरिएको छ ।

द्वन्द्वकालमा सुरक्षा खतरा देखाएर बन्द गरिएका छोटी भन्सार कार्यालय सञ्चालनमा नआउनाले पनि तस्करी मौलाएको र राजस्व कम उठ्न थालेको जानकारले बताएका छन् । जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् ।

छोटी भन्सार कार्यालय बन्दका कारण साना व्यापारी मारमा परेको र छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउँदा धेरैले चाहेर पनि राजस्व नतिर्ने गरेको पाइएको छ । व्यापक मात्रामा चोरी पैठारी हुने गरेकाले दुबै छोटी भन्सारबाट लगातार अपेक्षा अनुसारको राजश्व संकलन हुन सकेको छैन् ।

भारतसँग खुला सिमाना भएका कारण कुल व्यापारको आधा भन्दा बढी हिस्सा अवैध हुने गरेको खडक नगरपालिकाका बृजनारायण साहले बताए । व्यापारीले भन्सार तिर्नुभन्दा चोरी पैठारीको माध्यम रोजेपछि र प्रहरीसँग मिलेमतो गरेपछि भन्सार राजस्व संकलन ओरालो लाग्दै गएको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज#अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In