• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा बरामद


तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा बरामद
Share on FacebookShare on Twitter

विराटनगर । तस्करी गरेर नेपालबाट भारततिर लैजाँदै गरेको मदिरा मोरङ प्रहरीले बरामद गरेको छ ।

रातको समयमा ट्याक्टरमा लोड गरेर सिमावर्ती नाकाहुँदै भारतको जोगवनीतिर लैजाँदै गरेको मदिरा मोरङको जहदा गाउँपालिका–१ बाट आइतबार राति १० बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध मदिरा ओसारपसारमा प्रयोग गरिएको को १ त ५९१३ नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर चालक भने फरार भएको कार्कीले बताए । चालकको खोजी भइरहेको उनको भनाइ छ ।

उनका अनुसार दिलवाले ब्राण्डको एक सय ५० कार्टुन अवैध मदिरा बरामद गरिएको छ । बरामद मदिरा एक लाख ३५ हजार मूल्य बराबरको रहेको कार्कीले बताए । मदिरा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए ।

भारतको बिहारमा मदिराको ओसारपसार, बिक्री र सेवनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तर विभिन्न नाकाको प्रयोग गर्दै नेपालबाट तस्करी गरेर भारत लैजाने गरिएको छ । दुई देशीय सुरक्षा बैठकमा भारतीय सुरक्षाकर्मीले मदिराको अवैध ओसारपसार रोकिदिन नेपाली सुरक्षाकर्मीलाई आग्रह गर्ने गरेका छन् ।

भारतबाट नेपालतिर हुने लागुऔषधको ओसारपसार नियन्त्रणमा सहयोग गर्न नेपाल प्रहरीले आग्रह गर्दा भारतीय प्रहरीले मदिराको मुद्दा उठाउने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले नेपालबाट भारततिर भइरहेको मदिराको तस्करी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए ।

‘नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर मदिरा भारत कटाउने गरिएको पाइयो,’ कोइरालाले भने, ‘नियन्त्रणका लागि विशेष टोली परिचालन गरेर कडाइ गर्न थालिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In