• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

आमाबुवा नक्कली ‘नागरिकता’ सक्कली को हुन् जिमेबार ?

आमाबुवा नक्कली ‘नागरिकता’ सक्कली को हुन् जिमेबार ?
Share on FacebookShare on Twitter

सिमरा । भारत दार्जलिङकी २१ वर्षीया रजनी राई यतिबेला बारा प्रहरीको खोजी सूचिमा छिन्। नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजी थालेको हो।

सिमरास्थित ईलाका प्रशासन कार्यालयबाट असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी त्यसयता सम्पर्कविहीन छिन्। निजगढ नगरपालिका वडा नं. १२ ले दिएको सिफारिसका आधारमा रजनीले नागरिकता प्राप्त गरेकी हुन्।

नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेश गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको थियो। निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुवा र जिरामाया गोलेलाई आमा बनाउँदै जेठ २३ गते रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले सोही जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन्।

नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी रजनीले जेठ २३ गते जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएकी र सोही दिन जन्मदर्ता प्राप्त गरेको देखिएको छ। २०५८ साल चैत्र १५ गते जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेकी थिइन्। तर रजनी भारतीय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म सन् १९८९/०३/२४ अर्थात वि.स. २०४५/१२/११ गते उल्लेख छ।

जन्मदर्ता अघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो। उक्त सर्जमिन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका वडा नं. १२ का वडासचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन्। निवेदक जिरामायासहित मुचुल्कामा स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले हस्ताक्षर गरेका छन्।

सर्जमिन मुचुल्काको आधारमा जन्मदर्ता बनाइएको र सोही जन्मदर्ताको आधारमा जेठ २४ गते रजनीले नागरिकताका लागि निवेदन दिएकी थिइन्। नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूचि १ फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ। तर रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचय पत्रमा उनको बुवाको नाम किशोर राई उल्लेख छ।

नक्कली विवरण भरिएको अनुसूचि फारमसहित निजगढ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते ईलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो।

वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताए। ‘कागजपत्र सबै ठिक थियो, गाँउको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो’, वडाध्यक्ष गोलेले भने, ‘तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ। त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छु।’

गोले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनकै सिफारिसका आधारमा भारतीय नागरिकले नागरिकता प्राप्त गरेपछि यतिबेला उनीसमेत छानविनको दायरामा तानिएका छन्। ईलाका प्रशासन कार्यालयले वडाध्यक्ष गोलेसहित रजनीको नक्कली अभिभावकलाई नागरिकतासहित उपस्थित गराउन निजगढस्थित ईलाका प्रहरी कार्यालयलाई पत्र काटेको छ।

यसअघि नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन पत्र काटेको प्रशासनले उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा पत्र काटेको हो। रजनीका नक्कली अभिभावकसमेत सम्पर्कमा छैनन्। ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले नागरिकता प्राप्त गर्ने व्यक्ति हाल सम्पर्कमा नभएका कारण वडाध्यक्ष र अभिभावकलाई उपस्थित हुन पत्र काटिएको जानकारी दिए।

‘हामीले पहिला नागरिकता प्राप्त गर्ने व्यक्तिलाई खोज्यौं तर सम्पर्क हुने स्थिति नभएपछि वडाध्यक्ष र अभिभावकलाई बोलाएका छौं’, अर्यालले भने, ‘उनीहरु आएपछि नागरिकताको विषयमा छानविन गरेर बदरसहित आवश्यक प्रक्रिया अघि बढाउँछौं।’

कार्यालयबाट जारी भएको सक्कली नागरिकता फर्काउने काम पहिलो प्राथमिकतामा रहने र बदरका लागि गृह मन्त्रालयमा प्रक्रिया थालिने अर्यालको भनाइ छ। नागरिकता कार्यालयबाट जारी भए पनि बदर गर्ने अधिकार गृह मन्त्रालयसँग मात्रै रहनेछ। ‘हामीसँग बदर गर्ने अधिकार हुँदैन त्यसैले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउनुपर्छ’, अर्यालले भने।

भारतीय नागरिकले नागरिकता लगेको विषयमा अर्याल समेत अनविज्ञ देखिन्छन्। वडा कार्यालयको सिफारिस, जन्मदर्ता, प्रहरी सर्जमिन मुचुल्कालगायत सबै कागजात पूरा देखेपछि कार्यालयले नागरिकता जारी गरेको अर्यालले बताए। ‘हामीले सिफारिस भई आउने कागजपत्र हेर्ने हो, कागजपत्रमा कुनै शंका लागेमा मात्रै छानविन गरेर नागरिकता दिने गरेका छौं’, अर्यालले भने, ‘तर यो विषयमा सबै कागजात पूरा देखेपछि नागरिकता जारी भएको हो।’

जनप्रतिनिधि र प्रशासनलाई झुक्याएर नागरिकता लिएकी रजनीले गोले परिवारलाई आर्थिक प्रलोभन देखाएर प्रयोग गरेको देखिन्छ। दार्जलिङबाट नागरिकता बनाउनकै लागि निजगढ आएकी उनी त्यसयता सम्पर्क बाहिर छिन्। रजनीले पासपोर्ट बनाउनका लागि नेपाली नागरिकता लिएको र पासपोर्ट बनाएर विदेश जाने तयारीमा रहेको समेत बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In