• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

तीन किशोरी मृत्यु प्रकरण घटना बारे छानबिनको माग गर्दै विद्यार्थीको प्रदर्शन


तीन किशोरी मृत्यु प्रकरण घटना बारे छानबिनको माग गर्दै विद्यार्थीको प्रदर्शन
Share on FacebookShare on Twitter

झापा,१२ साउन। एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको वास्तविकतासहित सत्य तथ्य छानबिन गर्न दबाब दिँदै कचनकवलको बनियानीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

नेपाल गनगाईं कल्याण परिषद् झापा र स्थानीय भ्वाइस अफ गनगाई कम्युनिटीको आयोजनामा विद्या निकेतन मावि र कचनकवल माविका विद्यार्थीहरूले हातमा प्ले कार्ड बोकेर र्‍यालीसहित प्रदर्शन गरेका हुन्। बनियानी चोकबाट सुरु भएको र्‍याली बजार परिक्रममा गर्दै कचनकवल गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो। त्यसपछि नेपाल गनगाई कल्याण परिषद् र भ्वाइस अफ गनगाईं कम्युनिटीले गाउँपालिका र इलाका प्रहरी कार्यालय बनियानीलाई ज्ञापनपत्र बुझाएका थिए।

भ्वाइस अफ गनगाई कचनकवलका अध्यक्ष रघुनन्दन गणेश र उपाध्यक्ष चन्दन गणेशले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कुलप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।

गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका-५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीया छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेको थियो।

यो घटना आत्महत्या वा हत्या निकै पीडादायक र शङ्कास्पद छ। घटनाको सत्य तथ्य छानबिन, पीडितहरूलाई न्याय तथा दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग ज्ञापनपत्रमा राखिएको छ। यता घटनाको छानबिनका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा अनुसन्धान टोली खटाएको छ।

प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानाको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली गठन गरी घटनास्थलतर्फ खटाइसकेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता नवीन राज राईले जानकारी दिए। सो टोलीमा प्रदेश प्रहरी कार्यालयसहित नेपाल प्रदेश प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी कर्मचारी रहेका छन्।   ‘सो टोलीले घटनास्थलसहित मृतकका परिवारजन र छरछिमेकसँग घटनाको विषयमा सुस्म तरिकाले अनुसन्धान गर्छन्,’ उनले भने, ‘केही दिनका लागि टोली त्यहीं खट्छन्, सीमा नाकासँग जोडिएकोले घटनाको विषयमा भारतीय काउन्टर पार्टससँग पनि समन्वय गर्छन्।’

यता प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पोस्टमार्टमको रिपोर्ट अझै आई नपुगेको बताए। मृतक किशोरीसँग फेला परेको दुई वटा मोबाइल फोन फोरेन्सिक टेस्टका लागि काठमाडौं पठाइसकेको बताउँदै डीएसपी पाठकले भने, दुवै फोन स्क्रिन टच हो, दुई वटामै भारतीय सिम कार्ड छ।’ एउटै रुखमा  अलग-अलग परिवारका तीन जना किशोरी एकै पटक कसरी झुन्डिएर आत्महत्या गर्‍यो भन्दै सबै आश्चर्य चकित छन्। घटना आत्महत्या, आत्महत्या दुरुत्साहन वा हत्या भन्ने निष्कर्षमा प्रहरी अझै पुगेको छैन।

त्यस्तै आर्थिक अवस्था कमजोर मृतकका परिवारलाई क्रिया खर्चमा समस्या देखिएको भन्दै काठमाडौं महानगरपालिका-६ स्थित चुच्चेपाटी निवासी सुमन दाहालले ३० हजार रकम पठाएका छन्। समाजसेवी दाहालले जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकसँग समन्वय गरी प्रतिपरिवार १० हजारको दरले रकम पठाएका हुन्। झापा उद्योग वाणिज्य संघका महासचिव पङ्कजकुमार शर्माले बिहीबार घरघरमै पुगेर उक्त रकम मृतकका परिवारलाई हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In