• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘ब्याटल ग्राउण्डमा’ एमालेका १९ ‘हाई प्रोफाइल’

केहीको समानुपातिकमा आँखा, कसैको प्रदेशमा चर्चा


‘ब्याटल ग्राउण्डमा’ एमालेका १९ ‘हाई प्रोफाइल’
Share on FacebookShare on Twitter

आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ ।

२०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदल नै गठन गरेर गृहकार्य थालिसको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले भदौ दोस्रो साताभित्र पार्टी कमिटीका बैठक राखेर चुनावी रणनीति, कार्ययोजना र उम्मेदवार तय गर्ने तयारी थालेको छ । एमालेका १९ जना हाई प्रोफाइलमध्ये ३ उपाध्यक्ष र एक उपमहासचिवले समानुपातिकतर्फ आँखा लगाएका छन् । ‘१९ मध्ये ४ जना समानुपातिकतिर भए ठिकै नत्र प्रत्यक्ष चुनाव लड्न इच्छुक देखिँदैनन्’, एमालेका एक नेताले भने, ‘बाँकी १५ जनामध्ये धेरै प्रतिनिधि सभाको प्रत्यक्ष र केही प्रदेश सभामा भए पनि हुन्छ भन्ने अवस्थामा छन् ।’

को कहाँबाट गर्दैछन् प्रतिस्पर्धा ?

एमाले स्रोतका अनुसार केन्द्रीय सचिवालयमा रहेका नेताहरू मध्ये अध्यक्ष केपी शर्मा ओली यसपटक पनि साबिक निर्वाचन क्षेत्र झापा–५ बाटै चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

केही साता पहिले मात्रै ओली गृह जिल्ला झापामा तीन दिनसम्म बसेर त्यहाँको शक्ति सन्तुलनबारे हिसाबकिताब गर्दै फर्केका छन् । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा एमालेले ल्याएको वडागत मत ४१६१९ छ । त्यस्तै काँग्रेसले २२,०२२, माओवादी १०,७८८, राप्रपा ८३५३, नेकपा एस १९८८ रहेको छ । यो हिसाबमा ओलीले गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । राप्रपा समेत गठबन्धनबाट यो क्षेत्रमा को उम्मेदवार बन्ने भन्ने निश्चित नभए पनि माओवादीका रञ्जित तामाङ उम्मेदवार बन्ने चर्चा छ । राप्रपाले यसपटक पनि सघाए ओलीको जीत सुनिश्चित देखिन्छ । ०७४ को निर्वाचनमा झापा–५ बाट बाम गठबन्धनका उम्मेदवार बनेका ओली अत्यधिक मत ल्याएर विजयी भएका थिए । राप्रपाको समेत समर्थनमा ओलीले त्यसवेला ५७ हजार १३९ मत पाएका थिए । ओलीसँग प्रतिस्पर्धा गरेका काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यो पटक पनि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्न तयारीमा छन् । अंक गणित पोखरेल सुरक्षित देखिन्छन् । पोखरेल २०७४ को निर्वाचनमा काँग्रेस उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै निर्वाचित भएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३१६९ मत मात्र पाएका थिए । तर यो पटक पाँच दलीय गठबन्धन हुँदा पोखरेललाई जीत निकाल्न कठिन हुने देखिन्छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ मा एमाले स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले १९ हजार ७ सय ३ मत पाएका छन् । तर काँग्रेसले १४ हजार ८ सय ५३, माओवादीले ११ सय ६८ र एकीकृत समाजवादीले १८ सय २७ मत पाएको छ । राप्रपाको २८ सय २२ मत छ, यो क्षेत्रमा राप्रपाको मत निर्णायक समेत मानिन्छ । त्यस्तै यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिने र प्रभावले पोखरेललाई चुनाैती हुनसक्छ ।

अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देहीको साबिककै निर्वाचन क्षेत्र नं २ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । पछिल्लो समय अर्थमन्त्री समेत भएका पौडेल २०७४ को निर्वाचनमा काँग्रेसका युवराज गिरीलाई हराउँदै ४४ हजार ९ भारी मतसहित विजयी भएका थिए । तर गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको मत केलाउँदा एमालेको २७१४५ हुन्छ भने एमालेको विपक्षमा रहेका काँग्रेस २६,८८८, जसपा ९३३७, जनमत पार्टी ५६५६, माओवादी ४६२५, लोसपा ३५५६, राप्रपा २८१३, एस ११६३ विपक्षमा देखिन्छ । यसले पनि पौडेललाई निर्वाचन जित्न कठिन प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलामको क्षेत्र नं २ बाट निर्वाचन भिड्दै छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नेम्वाङले २०७४ मा ३६५१७ मत ल्याउँदै काँग्रेसका केशव थापालाई हराएका थिए । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामअनुसार यो क्षेत्रको वडागत मत काँग्रेस ३२९७८, एमाले ३२५२७, माओवादी २७१७, जसपा ५५४, एस २७७, राप्रपा १३० रहेको छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवनको साबिकको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचन लड्दैछन् । २०७४ मा पाण्डे ५१ हजार ८० मतसहित काँग्रेस उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीलाई हराउँदै विजयी भएका थिए । गएको स्थानीय निर्वाचनमा यो निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षहरूले ३९६०६, काँग्रेस ३६७८३, माओवादी ५५०८, राप्रपा ४५९०, एस ४००५ मत पाएका थिए । यो हिसाबले गठबन्धनका साझा उम्मेदवार बन्दा पाण्डेलाई चुनाव जित्न निकै मेहनत गर्नुपर्ने देखिन्छ ।  एमालेका महासचिव शंकर पोखरेल अघिल्लो निर्वाचनमा प्रदेशसभाबाट निर्वाचित भएर  लुम्बिनीको मुख्यमन्त्री भैसकेका छन् । तर यो पटक उनी संघमा निर्वाचन लड्ने तयारीमा छन् । त्यसका लागि उनले लागि दाङ क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारी थालेका छन् । विगतमा एमाले माओवादी गठबन्धन भएकाले माओवादीका कृष्णबहादुर महराले संघ र पोखरेलले प्रदेशबाट चुनाव लडेका थिए । त अहिले समीकरण बदलिएको छ । यसपटक सम्भवतः पोखरेल पूर्वसभामुख महराबीच प्रतिस्पर्धा हुने छ ।

एमालेका तीनजना उपमहासचिव मध्ये प्रदीप ज्ञवालीले गुल्मी १ बाट संघीय सांसदका लागि प्रतिस्पर्धा गर्दैछन् । उनी ०७४ मा पनि काँग्रेसका चन्द्रकान्त भण्डारीलाई हराउँदै विजयी बनेका थिए । त्यसबेला ज्ञवालीले ३७८१४ मत ल्याउँदा भण्डारीले ३०२५६ मत ल्याएका थिए । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेले ३५७०१, काँग्रेस ३१२९४, माओवादी ४९७०, राजमो १६००, एसको ४९७ मत आएको थियो । एमालेको विपक्षमा अन्य सबै दल लागे भने यो क्षेत्रमा यो तथ्यांकबाट एमालेलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यो पटक पनि लमजुङ ख बाट प्रदेशसभामै प्रतिस्पर्धा गरेर पुन: गण्डकी प्रदेशको मुख्यमन्त्री हुने योजनामा रहेको निकटस्थहरू बताउँछन् । यद्यपि उनले अहिले नै कुनै निर्णय गरिनसकेको बताए ।

‘अहिले पार्टीले केही निर्णय गरेको छैन । त्यसैले म कहाँबाट चुनाव लड्ने भन्ने निश्चित छैन’, गुरुङले रातोपाटीलाई बताए । गुरुङ निकटका केही कार्यकर्ताले भने उनलाई २०७४ मा एमालेकै भोटले जितेका माओवादी नेता देव गुरुङलाई पराजित गर्दै लमजुङबाटै यो पटक संघीय संसदमा जान सुझाव समेत दिने गरेका छन् ।

एमालेका सात जना सचिवहरू मध्ये टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । उनी अघिल्लो निर्वाचनमा माओवादीबाट निर्वाचित भए पनि अहिले माओवादी छाडेर एमाले प्रवेश गरेका छन् । २०७४ मा रायमाझीले ५०८३७ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बिसीले ३२५४४ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो यो जिल्लामा एमाले ४८२६०, काँग्रेस ३७९२५ माओवादी ७७९०, राजमोका वडाध्यक्षका उम्मेदवारले ४२९४, एस ३७६३ मत पाएका थिए । यो हिसाबमा रायमाझी जित नजिक नै देखिन्छन् ।

त्यस्तै माओवादी छोडेका लेखराज भट्ट पनि साबिक कैलालीको ४ नं क्षेत्रबाट निर्वाचन लड्दै छन् । उनले अघिल्लो निर्वाचनमा माओवादीका तर्फबाट ३१३५९ मत ल्याएर काँग्रेसका सुनिल कुमार भण्डारीलाई पराजित गरेका थिए । भण्डारीले २०९६० मत मात्र पाएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा काँग्रेस २२९९७, एमाले २००८१, माओवादी १०१२३, एस ४०२९, राप्रपा ३२३, जसपा ६४, नागरिक उन्मुक्ति पार्टीले १६४ मत पाएको थियो । यो क्षेत्रमा काँग्रेस र माओवादी मिल्दा भट्टलाई यो पटक चुनाव जित्न फलामको चिउरा चपाएसरह हुनेछ ।

अर्का सचिव गोकर्ण विष्ट पनि गुल्मीको क्षेत्र नं २ बाट पुन प्रतिस्पर्धामा उत्रिँदैछन् । विष्ट २०७४ मा ३४६१८ मतसहित काँग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गर्न सफल भएका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमालेले ३१२५३, काँग्रेस २९८२१, माओवादी १८४१ र नेकपा एस ६५८, र राप्रपा १०१को मत आएको थियो । यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पनि चुनाव लड्ने बताइसकेकी छन् ।

अर्का सचिव योगेश भट्टराईले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेकै ठाउँ ताप्लेजुङबाट निर्वाचन लड्दैछन् । भट्टराईले अघिल्लो निर्वाचनमा काँग्रेसका केशवप्रसाद दाहाललाई हराउँदै २९४७९ मतसहित विजयी बनेका थिए । दाहालले १६८८८ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा वडागत मतमा एमालेले २४२९५, काँग्रेस १८२८४, माओवादी ४४९७, एस १३०८, जसपा ९२३ पाएका थिए ।

अर्का सचिव छविलाल विश्वकर्मा रुपन्देही १ बाटै निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनी विगतमा काँग्रेसका अव्दुल राजक गद्दिलाई हराउँदै ३४७५२ मतसहित विजयी बनेका थिए । यो क्षेत्रमा स्थानीय चुनावमा लोसपाको मत सबैभन्दा अघि छ । लोसपाको १६२२६, काँग्रेस १५६२७, जनमत पार्टी ७७३४, एमाले ७६०५, जसपा ७४९७, राप्रपा ५६९९, माओवादी ३८०२, एसको ११९८ मत रहेको छ ।

रघुबीर महासेठ धनुषाको ४ बाट निर्वाचन लड्दैछन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनले काँग्रेसका महेन्द्र राययादवलाई हराएका थिए । सो क्षेत्रमा लोसपाको पनि राम्रो मत रहेको छ ।

एक मात्र महिला सचिव पद्मा अर्याल प्रत्यक्षमा उठ्ने कि समानुपातिकमा जाने भन्ने आन्तरिक परामर्शमा जुटेकी छन् । अघिल्लो पटक अर्याल स्याञ्जा २ बाट निर्वाचन जितेकी थिइन् । उनले काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । अर्यालले ३५१४२ मत ल्याउँदा श्रेष्ठले ३१४३४ मत पाएका थिए । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले यो क्षेत्रमा पाएको वडागत मतलाई आधार मान्दा काँग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३ हुन्छ । यो हिसाबले उनलाई पनि चुनाव जित्न निकै कठिन पर्ने देखिन्छ । उनले यसपटक समानुपातिकतिर आँखा लगाएको बताइएको छ । तर उनलाई प्रत्यक्षमै उठ्न नेतृत्वले सुझाव दिने बुझिएको छ ।

एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले प्रत्यक्ष निर्वाचन नलडी समानुपातिक वा राष्ट्रिय सभातर्फ नजर लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In