Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही


‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

भैरहवा, साउन २८ गते । तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवार्ही थालिएको हो ।

रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

ुजिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरेका छौ । पहलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छु, प्रमुख केसीले भने ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ ।

हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ ।

मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए ।

राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका छन् । ।

‘पहिलो दिन हामीले जिल्लाको विभिन्न ठाँउबाट ३२ वटा सवारीसाधनका चालकलाई कारवाही गरेका छौ, जसमध्ये जसमध्ये २३ वटा चार पांग्रे गाडी, आठवटा मोटरसाइकल र एउटा ई–रिक्सा रहेको छ । त्यस्तै दोस्रो दिन ३८ र तेस्रो दिन ४२ सवारीसाधनलाई ५ सय जरिमानासहित कारवाही गरेका छौ’, केसीले भने ।

रुपन्देहीमा आव २०७८÷०७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनाहरूमा धेरै तीब्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन् । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, ट्रिपर हाइवा चेकजाचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# लुम्बिनी प्रदेश# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

 

Loading Comments...