• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या


रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
Share on FacebookShare on Twitter

रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका छन् ।

मेहनत र परिश्रम खर्चेर गरेको खेतीबाट पछिल्लो वर्ष त्यति राम्रो उत्पादन नभएपछि केरा लगाउँदै आएको जग्गामा अहिले अर्यालले धान खेती गरेका छन् । उनले भने, “विषादी र रासायनिक मलको प्रयोगले सुरुका वर्षमा केराले असाध्यै राम्रो उत्पादन दियो, हामीले धेरै उत्पादन लिन रासायनिक मल र विषादी राख्यौँ, अहिले माटो सबै बिगारेको छ, बिना विषादी उत्पादन गर्न खोजेको राम्रो भएन, केरा लगाएको आधा जग्गामा यो वर्ष धान लगाउन बाध्य भएँ ।”

पहिलो वर्षमा करिब पाँच लाख, दोस्रो वर्षमा तीन लाख आम्दानी भएकामा यसवर्ष केराबाट रु ५० हजार पनि मुस्किलले आम्दानी हुने कृषक अर्यालको अनुमान छ । स्थानीय मालभोग केरा भएकाले बजार तथा गाउँमा माग बढ्दो छ । यहाँको बजारमा मालभोग प्रतिदर्जन रु ८० देखि १२० सम्म पर्छ । स्थानीय मालभोग केरा ग्राहक र बजारका व्यापारीले खोजीखोजी खरिद गर्छन् । बिक्रीका लागि झण्झट छैन  तर रासायनिक मल र विषादीको प्रयोग बर्सेनि बढाउनुपर्ने अवस्था आएपछि विषादीरहित उत्पादन गर्न माटोको समस्या रहेको उनले बताए ।

“रासायनिक मल र विषादीले खेतबारीको माटो सबै बिगारेको छ, हरेक वर्ष मल र विषादीको मात्रा थप्दै जानुपर्ने अवस्था छ, स्वास्थ्यलाई असर हुने भएपछि स्वस्थबाली उत्पादन गर्न खोजिए पनि  विषादीबिना फल नै राम्रो लाग्दैन” कृषक अर्यालले भने । असार र साउन महिनामा  करिब एक हप्ताको अन्तरालमा बोटमा विषादी छर्कनु पर्दछ । यसले माटोको उर्वराशक्ति नास बनाएको  र  मानव स्वास्थ्यमा पनि नराम्रो असर पारेको व्यवसायीहरु  बताउँछन् । रामपुर–६ सातबिसेपर्क बस्ने ५५ वर्षीय गिरीराज पाण्डेय पनि आजभन्दा तीनवर्ष अघि गाउँका छिमेकीले केरा लगाएको देखेर  यस व्यवसायमा आकर्षित भएका हुन् । सुरुका वर्षमा लटरम्म फलेका केरा देख्दा उनी यस व्यवसायमा हौसिए । रासायनिक मल र विषादी प्रयोग गरेपछि सोचेभन्दा बढी उत्पादन केराले दियो । पछिल्ला वर्षमा भने क्रमश : उत्पादन घट्दै जाँदा यसवर्ष मकैखेती लगाएका छन् ।

दुई रोपनी जग्गामा एक लाखभन्दा बढी केराको आम्दानीले कृषक पाण्डेले व्यावसाय बढाउने सोँच बनाएपनि अहिले आएर भने बारीभरी भएका बोट नै मासेर मकै लगाउन बाध्य भएका छन् । “धेरै रेखदेख गर्नुपर्ने, रासायनिक मल र विषादीको मात्रा तलमाथि भएमा उत्पादनमा समस्या हुनाका साथै बारीको माटोले नै उत्पादन दिन नसक्ने अवस्था आयो, विषादी छर्केको केरा खाँदा म आफै गतवर्ष बिरामी परेँ, अहिले बोट जति सबै मासेर मकै लगाउन थालेँ” उनले भने  । ज्येष्ठ नागरिक लोकनाथ खनालले उत्पादन गर्न झन्झट र विषादी धेरै प्रयोग गर्नुपर्ने भएपछि केरा खेती हटाएका छन् ।

पुराना केरा व्यवसायीले उत्पादनको क्षेत्रफल घटाउँदै गएका छन् भने केहीले बोट नै मासेर विभिन्न बालीनाली लगाउन सुरु गरेका छन् । यहाँका केही युवाले भने केराबाट राम्रो कमाइ गर्ने सोँच बनाएर व्यवसाय सुरु गरेका छन् । विजय गैरेले गत वर्षदेखि दुई रोपनी जमिनमा केरा सुरु गरेकामा करिब छ रोपनीमा यसलाई विस्तार गर्ने सोच बनाएका छन् । उत्पादन राम्रो भएमा धान, मकैको तुलनामा केराबाट दोब्बर बढी आम्दानी लिन सकिन्छ । धेरै उत्पादन लिन अन्धाधुन्ध तरिकाले रासायनिक मल र विषादीको प्रयोग बढाउँदै जाँदा खेतबारीको उर्वराशक्तिमा नै ठूलो ह्रास निम्तिएको छ ।

रामपुर बुल्टार बस्ने अस्मिता खनालले गतवर्षदेखि दुई रोपनी जमिनमा केरा व्यवसाय थालनी गरेकी छन् । पहिलो वर्षमा रु ६० हजार बराबरको कमाइ गरेकी उनले यस पटक भने रु  एक लाख आम्दानी हुने अपेक्षा गरेकी छन् । जिनाइन जातको केरा व्यवसाय गरेकी खनाल कहिलेकाही बजारमा केरा नबिक्दा समस्या हुने गरेको गुनासो गरिन् । उनको मकै लगाउने बारी अहिले केरा खेतीले हरियाली बनेको छ । उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग हुनु अहिलेको कृषि क्षेत्रमा प्रमुख चुनौती रहेको छ । बाली संरक्षण गर्न भन्दै अत्यधिक मात्रामा विषादीको प्रयोगले मानव स्वास्थ्यलगायत अन्य भू तथा जलीय प्राणीमा नकारात्मक असर परेको छ । माटोको उर्वराशक्तिमा ह्रास हुँदै  गएको छ । खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढ्दै जानाले पनि नेपाली कृषि बजारमा रसायनको मात्रा हदभन्दा बढी भइरहेको देखिन्छ । विषादी प्रयोग नगरिएका तरकारी र खाद्यवस्तुमा कीरा लाग्ने र राम्रो नहुने हुँदा उपभोक्ताले किन्न रुचाउँदैनन् । त्यसकारण त्यस्ता उपभोग्य वस्तु बिक्री गर्न व्यापारी पनि चाहँदैन ।

उपभोक्ताको रोजाइले पनि विषादी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । किसान आफैले नै रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन नै नहुने ठान्ने गरेकाले अन्धाधुन्ध विषादी प्रयोग गरिरहेको पाइन्छ । वातावरणमा लामो समयसम्म विषादीको अवशेष रहने हुँदा वातावरणीय प्रदूषण बढेको छ भने विषादीको प्रयोगले शत्रुजीवसँगै मित्रजीव पनि मर्ने हुँदा वातावरणीय सन्तुलन बिग्रिरहेको छ । वातावरणअनुकूल बाली संरक्षण प्रविधि र प्राङ्गारिक कृषि आजको आवश्यकता बनिरहेको छ ।

अन्य मुलुकको तुलनामा अहिले नेपालमा रासायनिक विषादीको प्रयोग कम भए पनि यसको प्रयोगको मात्रा हरेक वर्ष बढिरहेको छ । प्रयोग गर्न सस्तो, छिटो र सजिलो भएको हुनाले बाली संरक्षणमा किसानले रासायनिक पदार्थ नै छनोट गरेपनि प्रयोगले पर्ने असरबाट भने धेरै किसान अनभिज्ञ छन् । रोगनाशक, ढुसीनाशक, कीरानाशक, मुसानाशक र  सुलसुलेनाशकजस्ता विभिन्न विषादी बाली संरक्षणको नाममा प्रयोग गरिन्छ । खतरनाक विषादी हाम्रो मानव शरीरमा प्रवेश गरेपछि यसले असर पारेरै छोड्छ ।  माटोमा भएका प्राङ्गारिक पदार्थ कुहाउने जीवको विनाश हुनाले माटोको उर्वराशक्तिमा ह्रास आएकाले रासायनिक मलको मात्रा पहिलेभन्दा दोब्बर–तेब्बर प्रयोग गर्नुपर्ने बाध्यताबाट किसान पीडित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In