• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै
Share on FacebookShare on Twitter

काठमाडौं- चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमानहरु नचाहिने निर्णय गरेको छ। अन्डरसर्भ्ड हिमाली मार्गहरूमा उडान गर्ने आशा गरेको चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने निगमले निर्णय गरेको हो।

तराईका केही विमानस्थलमा सञ्‍चालन भए बाहेक यी विमानहरूले आकाशमा भन्दा बढी समय जमिनमै रहेका छन्। यी चिनियाँ विमानहरुले नेपाल वायु सेवा निगमको लागि ऋणको भारले आर्थिक तनाव सिर्जना गरेका छन्। चिनियाँ विमानहरू दुई वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड छन्। सेप्टेम्बर १४ मा नेपाल वायु सेवा निगमले भाडामा दिनका लागि सूचना जारी गरेको थियो।

तीनवटा १७ सिटको वाई१२ई विमान र दुईवटा ५६ सिट क्षमताको एमए६० विमानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको रिमोट पार्किङ बेमा पार्क गरिएका छन्। अर्को एउटा नेपालगन्जमा दुर्घटनाग्रस्त भएको र उड्न नसक्ने भएको छ।

‘यो ड्राई लीजको सूचना हो,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले भनिन्। ड्राई लीज अन्तर्गत, मालिकले चालक दल वा ग्राउन्ड स्टाफ बिना विमान प्रदान गर्नेछ। ‘हामीले अर्थ मन्त्रालयको निर्देशन पालना गर्यौं,’ खड्काले भनिन्। अर्थ मन्त्रालयले सिफारिस गरेका दुई विकल्पमध्ये ड्राई लीज वा सिधै बिक्री गर्ने भन्‍ने थियो। नेपाल एयरलाइन्सले पहिलो प्रयास गर्नेछ,’ उनले भनिन्।

यदि ड्राइ लिजमा कुनै पनि व्यक्ति नआएमा बिक्री गर्ने दोस्रो विकल्पमा जाने उनले जानकारी दिएकी छन्। नेपाल एयरलाइन्सले बोलपत्रको अन्तिम मिति अक्टोबर ३१ हो। नेपाल एयरलाइन्सका केही शीर्ष अधिकारीहरूले सम्भावित भाडामा लिने आशा नभएको बताएका छन्।

मर्मतसम्भारको समस्या र स्पेयर पार्ट्सको अभाव बाहेक नेपाल एयरलाइन्सले विमान उडाउनका लागि पाइलटहरू फेला पार्न सकेको छैन र तिनीहरूलाई अब राख्नुको कुनै अर्थ पनि नभएको नेपा वायुसेवा निगमको निष्कर्ष छ।

२०१२ नोभेम्बरमा नेपाल एयरलाइन्सले चीन सरकारको एक कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइना (एभीआईसी) सँग दुई ५६-सीट एमए६० र चार १७ सिटका वाई१२ गरी छवटा विमानहरू खरिद गर्न व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौता अनुरुप चीनले छवटा विमान खरिद गर्न ४०८ मिलियन चिनियाँ युआन (रु. ६.६७ अर्ब) को अनुदान र सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको थियो।

कुल सहायता रकममध्ये १८ करोड युआन (रु. २ अर्ब ९४ करोड) को अनुदान एउटा एमए ६० र एउटा वाई १२ ई विमानको भुक्तानी गर्न गएको थियो। एक एमए६० र तीन वाई१२ विमान खरिद गर्न २२८ मिलियन युआन (रु. ३.७२ अर्ब) ऋणमा लिइएको थियो। सम्झौताको दुई वर्षपछि सन् २०१४ मा आइपुगेका विमानहरूको पहिलो ब्याचमा समस्याहरू देखा परेपछि बाँकी चिनियाँ विमानहरूको डेलिभरी वर्षौंदेखि रोकिएको छ।

ती समस्याहरूमा पाइलटको अभाव, प्रशिक्षक पाइलटको अभाव, स्पेयर पार्ट्सको अभाव र तिनको मर्मतका लागि तालिम प्राप्त इन्जिनियरहरूको अभाव हो। उक्त विमानहरु पनि एकैपटक नभएर सन् २०१७ र २०२० मा गरी पटक-पटक ल्याइएका थिए। नेपाल वायुसेवा निगमले चीनमा निर्मित विमान खरिद गरेदेखि नै ठुलो नोक्सानी भइरहेको र थप घाटा रोक्न आफू त्यसबाट मुक्त हुन चाहेको बारम्बार बताउँदै आएको छ।

विमानको मालिक अर्थ मन्त्रालय र सञ्चालक नेपाल वायुसेवा निगम हो। मन्त्रालयले नेपाल वायुसेवा निगमलाई २०२१ मार्चमा विमानहरू भाडामा वा बिक्री गर्न बताएको थियो। सन् २०२० को जुलाईमा नेपाल वायुसेवा निगमको सञ्चालक समितिले सर्वसम्मतिले चिनियाँ विमान उडान रोक्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In