राष्ट्रपतिको कदमलाई समर्थन गर्दै युवा संघ सडकमा।
युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई स्वागत गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट युवाहरूको संगठन युवासंघले बानेश्वर-माइतीघर सडक खण्डमा प्रदर्शन गरेको हो ।
तर, प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।
सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताइरहेका बेला एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको हो
Discussion about this post