काठमाडौं,१३ असोज । दसैंको मुखमा कर्मचारीलाई तलब भत्ता नदिएको भन्दै कान्ति बाल अस्पतालको लेखा शाखा प्रमुखको कार्यकक्षमा पीडित कर्मचारीले ताला लगाएका छन्।
पीडित कर्मचारीले अस्पतालका लेखा शाखा उपसचिव श्रीराम दाहालको कार्यकक्षमा मंगलबारदेखि तालाबन्दी गरेका हुन्। अस्पतालसँगको सहमतिअनुसार कर्मचारीलाई वेवास्ता गरिएको पीडित कर्मचारीको भनाइ छ। पीडित कर्मचारी शिव प्याकुरेलले माग सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहने अन्नपूर्णलाई जानकारी दिए।
पीडित कर्मचारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विकास समितिका कर्मचारीहरूको आन्दोलनपश्चात् अस्पतालसँग सहमति सम्झौता भई ६ महिनाभन्दा बढी काम गर्ने कर्मचारीलाई एक महिनाको तलब बराबरको चाडपर्व खर्च दिने गरी अस्पताल विकास समिति बोर्डको निर्णय र निर्देशकज्यूले लिखित निर्देशन समेतलाई अवज्ञा गर्दै चाडपर्वको मुखमा कर्मचारीको भत्ता नदिएका कारणले सो भत्ताको प्राप्ति नहुँदासम्म लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ।’
Discussion about this post