• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र
Share on FacebookShare on Twitter

गाेलबजार । गाेलबजार सिरहाका युवालाई अपहरणपछि किशोरको हत्या गरेको आरोपमा शंकास्पद तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका अर्का एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदा विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा रहेको कोठामा शुक्रबार मृत भेटिएका थिए । तन्नामा पोको पारेर गेष्ट हाउसको १ नम्बर कोठाभित्र रहेको पलङभित्र हालिएको अवस्थामा उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।

नाकबाट रगत बगिरहेको अवस्थामा भेटिएको सदाको टाउको लगायत शरीरका विभिन्न भागमा चोट छ । इँटाले हानेर बिहीबार राति गेष्ट हाउसको कोठाभित्रै हत्या गरिएको प्रारम्भिक अनुमान रहेको डीएसपी कार्कीले बताए । घटनासथलमा रगत लतपतिएको कपडा भेटिएको छ ।

सदा असोज २३ गते साथीहरुसँँग जाने भनेर घरबाट हिँडेका थिए । नफर्किएपछि आमा ललिताले इलाका प्रहरी कार्यालय गोलबजारमा खोजी गरिदिन निवेदन दिएकी थिइन् । सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाका अनुसार जाहेरी पर्दासम्म अपहरण भएको हो कि होइन भन्ने खुलेको थिएन ।

परिवारबाट खोजतलासको माग भएपछि मोबाइल ‘ट्रयाक’ गर्ने क्रममा विराटनगरमा रहेको पाइएको थियो । त्यसपछि सिरहा प्रहरीले मोरङ प्रहरीसँग समन्वय सुरु गरेको थियो । त्यही क्रममा खोजी गर्दा उनको हत्या भएको फेला पारिएको थियो । सदालाई तीनजना साथीहरुले २४ गते बिहान विराटनगर लिएर आएको खुलेको छ ।

गेष्ट हाउसका कर्मचारीका अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै सदासहित चारजना आएका थिए । बुधबार र बिहीबारका लागि कोठा बुक गरेका थिए । अझै केही दिन बस्नुपर्ने भन्दै शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए । त्यसपछि पैसा लिएर आउँछौं भन्दै निस्केका सदाका साथीहरु फर्किएनन् ।

प्रहरीका अनुसार विराटनगर आएर चारैजना २४ र २५ गते नजिकैको हत्या गरिएको धनकुटे लजमा बसेका थिए । २६ गतेबाट न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठा लिएर बसेका थिए ।

होटलमा राखेर फिरौतीबापत परिवारसँग १ लाख रूपैयाँ माग गरिएपछि भने सदाको अपहरण भएको खुलेको प्रहरीले जनाएको छ । फिरौती रकम माग गर्दै परिवारलाई फोन गरिएपछि परिवार अपहरणमा परेको थाहा पाएर चिन्तित बनेको थिाये ।

सुरुमा १ लाख रूपैयाँ माग गरिएको प्रहरीको भनाइ छ । कमजोर आर्थिक अवस्था भएकाले परिवारले रकम उपलब्ध गराउन सक्ने अवस्था थिएन । पछि १० हजार रुपैयाँ दिने भन्ने सहमति भएपछि परिवारले रकम पठाएको थियो । फिरौतीबापतको पैसा पठाउनुअघि नै सदाको हत्या भइसकेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न र हत्या गरिएका सबै लागूऔषधका प्रयोगकर्ता रहेको पनि खुलेको छ । सेवन गर्ने लागूऔषध खरिदका लागि फिरौती माग्न साथीको अपहरण गरेको र समयमा पैसा नपठाएपछि हत्या गरेको प्रहरीको अनुमान छ ।

फिरौतीवापत १० हजार रूपैयाँ सदाका परिवारले माछापुच्छ्रे बैंकमा पठाइदिएको थियो । विराटनगर–९ स्थित बैंकको शाखा कार्यालयमा रकम निकाल्न पुगेका बेला धनुषाको कमला नगरपालिका–६ का बिसु भनिने १९ वर्षीय प्रशान्तकुमार मण्डल र उनको साथमा रहेका मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्की पक्राउ परेका हुन् ।

सदाको हत्या गरिएको गेष्ट हाउसबाट धनुषाको कमला–६ का १९ वर्षीय राकेश ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । उनीहरु पक्राउ परेपछि सदाको हत्या भएको खुलेको हो । घटनामा संलग्न भएका १ जना फरार रहेको प्रहरीले जनाएको छ ।

सदालाई लिएर मण्डल र ठाकुरसँगै विराटनगर आएका तथा हत्यामा संलग्न भएका १ व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे मोरङ र सिरहाबाट भिन्दाभिन्दै अनुसन्धान हुने भएको छ । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा र सिरहा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...