• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै प्रचण्ड, एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केत

कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै प्रचण्ड, एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केत
Share on FacebookShare on Twitter

कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै प्रचण्ड, एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केतमा छ्न प्रचण्ड । 
राष्ट्रपति निर्वाचनका लागि कांग्रेससँग छलफल गर्ने मुडमा , एमालेकै भरमा सरकार चलाए दुर्घटनाको हुने अनुमान 

काठमाडौं । शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल निध्याएपछि दिउसो सञ्चार माध्यमका केही सम्पादकहरूसँग भेटघाट गरेर एमालेको एकल वर्चस्वलाई कमजोर बनाउने सन्देश दिएका छन् । कांग्रेसबाट फुत्किएर प्रधानमन्त्रीका लागि एमालेको ‘वश’मा पुगेका प्रचण्ड यति बेला कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केत गरेका हुन् ।

शनिवार बिहान एमाले अध्यक्ष ओलीसँग एकाध दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गरेपछि दिउसो केही सम्पादकहरूलाई बोलाएर राष्ट्रपतिको निर्वाचनमा कांग्रेस लगायतका दलहरूसँग पनि छलफल गर्ने भनेर एमालेलाई शङ्काको लाभ दिएका छन् ।

सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाइएको बताउँदै सबै पक्षसँग छलफल गर्ने सङ्केत गरे । उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताएका थिए ।

कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको तर कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो यसबाट म बाहिर जान नसक्ने भए भन्ने अभिव्यक्ति दिएपछि एमालेका लागि एक प्रकारले चुनौती नै खडा गरिदिए । तर एमालेले केन्द्र देखिनै एउटा सहमति भएर सरकार निर्माण भएकाले यति बेला राष्ट्रपति यसको भागमा वा उसको भागमा भन्ने म्यासेज दिन जरुरी नभएको जनाएको छ । ‘गठबन्धन सरकार बन्दाको जे अवस्था छ त्यही अवस्थाले सरकार निर्माण भएको हो, शक्ति बाँडफाँड पनि त्यही अनुसार भएको छ’, एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार कांग्रेसले सरकारलाई विश्वासको मत दिनु फरक विषय हो ।

एमालेले गठबन्धन बनाउँदा नै आफू हाबी हुनेगरी बनाएको थियो । खासगरी प्रचण्डलाई प्रधानमन्त्री दिएपनि सरकारलाई सञ्चालनमा सहयोग गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली भएका थिए । ओलीकै संयोजकत्वमा राजनीतिक संयन्त्र बनेको थियो ।

त्यसै गरी सरकारको न्यूनतम साझा कार्यक्रमको संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बनेका थिए । जसले गर्दा सरकारमा रहेका अन्य दलहरू एमालेको छाँयामा बसेर काम गर्नुपर्ने परिस्थितिको निर्माण हुँदै थियो । तर सरकारले विश्वासको मत लिने बेलामा कांग्रेसले निर्वाह गरेको भूमिकाले प्रचण्डलाई सोच्न बाध्य बनाएको छ ।

‘पहिला एउटा परिस्थिति थियो, प्रचण्डले प्रधानमन्त्री पाउँदैनन् कि भन्ने अवस्थाबाट बालकोट पुगिएको हो, अहिले कांग्रेस पनि परिस्थितिलाई नियाल्ने अवस्थामा छ, गठबन्धन दाँया बाँया भएमा कांग्रेसले यही सरकारमा पनि सहभागी हुनसक्छ यसर्थ राष्ट्रिय सहमतिको एउटा मार्ग पनि बन्नसक्छ, उता एमालेको दबदबा सहनु पनि पर्दैन’, माओवादीका एक नेताले भने ।

उनका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले पनि कांग्रेसलाई राष्ट्रपति दिएर जाँदा राम्रो हुन्छ भनेका कारण प्रचण्ड छलफल गर्न सकारात्मक बन्दै गएका हुन् । हाम्राकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In