• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

अव्यवस्थित सडकको समस्या समाधान कसरी काम गर्दैछ उच्चस्तरीय समिति ?


अव्यवस्थित सडकको समस्या समाधान कसरी काम गर्दैछ उच्चस्तरीय समिति ?
Share on FacebookShare on Twitter

काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) भित्रका सडकमा रहेका समस्या समाधान गर्न गठित उच्चस्तरीय समन्वय समितिले कामलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको नेतृत्वमा गठन गरेको विभिन्न सरकारी निकाय सम्मिलित उच्चस्तरीय समितिले काम थालेको हो ।

विभिन्न मन्त्रालय मातहतका ९ वटा निकाय सम्मिलित समितिले सडकमा रहेका विभिन्न समस्या समाधान गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर (सह–सचिव) विजय जैसीको नेतृत्वमा समिति गठन भएको समितिमा काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका विकास प्राधिकरण, ललितपुर महानगरपालिका, बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सदस्य छन् । यस्तै, आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची खानेपानी आयोजना), नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नेपाल टेलिकमको पनि प्रतिनिधित्व छ ।

यी संस्थाका प्रतिनितिसहितको उच्चस्तरीय समितिले सडकमा रहेको समस्या तत्काल समाधान गर्ने मन्त्री श्रेष्ठले बताए । खासगरी, काठमाडौँ उपत्यकामा रहेका सडकहरू यी निकायहरूको मातहतमा पर्छ । ८ मिटरभन्दा ठुला सडक सडक विभागको मातहत रहन्छन् भने ८ मिटरभन्दा साना सडक काठमाडौँ र ललितपुर महानगरले हेर्छन् । यस्तै, धोबिखोला कोरिडोर उपत्यका विकास प्राधिकरण र बागमती कोरिडोर बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्छ ।

यसबाहेक, नेपाल टेलिकमले सार्वजनिक सडकको प्रयोग गरेर इन्टरनेट र मोबाइल सेवा प्रवाह गर्दै आइरहेको छ । यस्तै, विद्युत् प्राधिकरणले समेत सडकमा भूमिगत तार बिछ्याउने काम गरिरहेको छ । यसका साथै, मेलम्ची खानेपानी आयोजना र केयूकेएलले सडकमुनीबाट उपत्यकाभर पानी वितरण गर्दै आइरहेका छन् । यी निकायबीच आपसी समझदारी नहुँदा टेलिकमले सडक छेउछाउ इन्टरनेटका तार अस्तव्यस्त छाड्दै आइरहेको छ ।

यसका साथै, विद्युत् प्राधिकरणले तार भूमिगत गर्न आह्वान गरेको ठेक्का अन्तर्गत खनिएका खाल्डाखुल्डी पुरिएका छैनन् । यस्तै, मेलम्ची र केयूकेएलका पाइपलाइनबाट चुहिएको पानीले पारेको सडकका खाल्डाखुल्डी समेत पुरिएका छैनन् । यसका साथै, धोबिखोला कोरिडोर र बागमती करिडोरको काम समेत विभिन्न स्थानमा अलपत्र परिरहेका छन् । सोही कारण, यी सबै निकायलाई एकै ठाउँमा ल्याएर उच्चस्तरीय र शक्तिशाली समन्वय समिति गठन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
समितिले के गर्‍यो ?
समितिका संयोजक जैसीका अनुसार समितिले यही साताको आइतबारदेखि काम सुरु गरिसकेको छ । उनका अनुसार आइतबार समितिले लैनचौर–पानीपोखरी सडकखन्डमा रहेको करिब आधा दर्जन समस्या समाधान गरिसकेको छ । समितिले लैनचौरको खानी विभागअघि केयूकेएलको पाइप फुटेर परेको सडकको खाल्डाखुल्डी पुरिसकेको छ । यस्तै, सोही खण्डमा फुटेको मेलम्ची आयोजनाको पाइप फुटेर बनेको सडकको खाल्डा समेत पुरिसकेको छ ।

सोही खण्डमा विद्युत् प्राधिकरणले तार भूमिगत गरेर अलपत्र पारेको सडकको खाल्डा समेत पुरिसकेको समितिका संयोजक जैसीले बताए । ‘समितिले अनुगमन गर्दा उक्त आयोजनाको ठेकेदार समेत थिए । उनलाई दबाब दिएर तत्काल खाडल पुर्न भनेपछि समस्या समाधान भइसकेको छ,’ जैसी भन्छन्, ‘केही समयमै सम्पन्न हुने काम अलपत्र परिरहेको थियो । कुलमान घिसिङलाई जानकारी दिने भनेपछि ठेकेदारले एक छिनमा काम सकाए ।’

सोही खण्डमा नेपाल टेलिकमले बेवारिसे अवस्थामा तार राखेको पाइएपछि उक्त समस्या समेत समाधान गर्न लगाइएको छ । टेलिकमले तार तानेर त्यसमा कभर नराखेको पाइएपछि समितिले तत्कालै कम्पनीका अधिकारी बोलाएर उक्त समस्या समाधान गरेको हो । पानीपोखरीको उकालोतर्फ मेलम्ची आयोजनाको पाइप फुटेर बनेको खाडल पुर्न १ महिनाको समय दिइएको छ । पाइप फुटेर बनेको खाल्डोले सडक नै दबेको पाइएपछि १ महिना भित्र सडकलाई पुरानै अवस्थामा ल्याउन दबाब दिइएको जैसीले रातोपाटीलाई जानकारी दिए ।

भैँसेपाटीको उकालोमा केयूकेएलको ४० वर्ष पुरानो पाइपबाट पानी वितरण प्रणाली फुटेर आएको समस्या समाधान गर्न ठेक्का आह्वान भइसकेको छ । सडकको बीचमा रहेको उक्त पाइपलाई फुटपाथतर्फ सार्नलाई करिब ६ करोड रुपैयाँ आसपासको खर्च लाग्ने अनुमान सडक विभागको रहेको छ । र, उक्त ठेक्का खर्च केयूकेएल र सडक विभागले ५०/५० प्रतिशत गर्ने विषयमा छलफल भइरहेको छ ।

समितिले धोबीखोला कोरिडोर र बागमती कोरिडोर अन्तर्गत अड्किएका काम समेत अघि बढाएको छ । बिजुली बजार आर्चब्रिज तल (धोबिखोला कोरिडोर)को खण्ड कालोपत्रे गर्न महिनौँ अघि आह्वान भएको ठेक्का रद्द गर्न निर्देशन दिइसकेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको यो आयोजनाको जिम्मेवारी पाएको ठेकेदार सम्पर्क विहीन भएपछि धरौटी जफत गरिएको थियो । समितिले प्राधिकरणलाई ठेक्का रद्द गरेर ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्दै अर्को ठेक्का आह्वान गर्न निर्देशन दिइसकेको छ । अबको १ साताभित्र यो सबै काम भइसक्ने समितिको भनाइ छ ।

बागमती कोरिडोर अन्तर्गत कोटेश्वर सडक खण्डको पुलमुनिको दुवैतर्फको ठेक्का लागेपनि काम अलपत्र परेको थियो । समितिको दबाबपछि अबको १ महिनाभित्र पुल मुनीको भाग कालोपत्रे गर्ने सहमति निर्माण कम्पनीले गरिसकेको छ । समितिले आगामी सातामा समेत अर्को समस्याग्रस्त सडक खण्डमा अनुगमन गर्ने बताइएको छ । सुरुमा प्रत्येक सातामा बस्ने गरी गठन भएको उच्चस्तरीय समन्वय समितिको बैठक १५–१५ दिन र १–१ महिनामा बोलाउने निर्णय भएको बताइएको छ ।
यसैबिच राजधानीका विभिन्न स्थानमा अझै पनि सडकमा खाल्डाखुल्डी रहेका छन् । मन्त्री श्रेष्ठले तीन सातामा झन्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे पनि यात्रुहरूले अझै खाल्डाका कारण सास्ती बेहोर्नु परेको बताएका छन् ।

रातोपाटीकर्मी सुवास श्रेष्ठले खिचेका राजधानीका विभिन्न स्थानका खाल्डाखुल्डीका तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In