• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वैदेशिक रोजगारीमा नेपालीको मृत्यु कहिले लागु हुन्छ २४ घण्टे बीमा ?

साढे ८ हजार श्रमिकले पाएनन् २४ घण्टे बीमा


वैदेशिक रोजगारीमा नेपालीको मृत्यु कहिले लागु हुन्छ २४ घण्टे बीमा ?
Share on FacebookShare on Twitter

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एउटा योजना अघि सारेका थिए– गन्तव्य मुलुकमा २४ घण्टे बीमा सेवाको प्रस्ताव सम्बन्धित मुलुकहरूसँग गर्ने ।

रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको दुर्घटनामा क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले २४ घण्टे बीमा प्राथमिकतामा राख्ने मन्त्री विष्टले बताएका थिए ।

श्रम आप्रवासनसम्बन्धी नेपालको स्थिति प्रतिवेदन २०७२–७४ सार्वजनिक गर्दै मन्त्री विष्टले यस्तो योजना रहेको सुनाएका थिए । जुन कुरा म्यानपावर व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका थिए । तर, अहिलेसम्म कुरामा मात्र सीमित छ यो प्रस्ताव ।

सन् २००८ देखि २०२२ सम्मको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ जना नेपालीको मृत्यु भएको छ । जसमा २५५ जना महिला र १० हजार ४११ जना पुरूष रहेका छन् ।

उनीहरूमध्ये ८ हजार ५५३ जनाले रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा पाएनन् । २४ घण्टाको बीमा सुविधा नहुँदा कतिपय बिरामी अवस्थामा रहेका तथा घाइते अवस्थामा रहेका नेपाली श्रमिकको उपचारमा समेत समस्या पर्दै आएको छ ।

यो विषय उठ्न थालेको एक दशक भइसक्यो, तर, कुनै पनि सरकारले प्राथमिकतामा राखेर यसलाई कार्यान्वयन गराउन सकेका छैनन् ।

एक दशकमा कार्डियाक एरेष्ट र हर्ट अट्याकबाट ज्यान गुमाएका २ हजार २०७ जनाले समेत रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा सुविधा पाएनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले २४ घण्टा बीमा सुविधा नहुँदा धेरै श्रमिकले समस्या भइरहेको बताए ।

त्यस्तै, प्राकृतिक मृत्यु भएका २ हजार ७७ जनाले समेत रोजगारदाताबाट पाउनुपर्ने बीमा सुविधा पाएनन् ।

आत्महत्या गरेका १ हजार १८७ जना, कोरोनाका कारण मृत्यु भएका २०७ र अन्य कारणले मृत्यु भएका २ हजार ८७५ जनाले समेत रोजगारदाताबाट पाउनुपर्ने बीमा सुविधाबाट वञ्चित भएका हुन् ।

वैदेशिक रोजगारीको क्रममा कार्यस्थलमा मृत्यु भएका, सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको हकमा भने बीमा बापतको पैसा पाएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले २४ घण्टा बीमा सुविधा नहुँदा धेरै श्रमिकले समस्या भइरहेको बताए । एकजना श्रमिकले आफ्नो २ वर्षको लागि वैदेशिक रोजगारीमा जाँदा पुरै अवधिको बीमा हुनुपर्ने माग आफूहरूले लामो समयदेखि राख्दै आएको बताए ।

‘ड्युटी आवरमा केही भयो भने मात्र बीमा पाउँछन् । त्योबाहेक दिनभर काम गरेर कोठामा गएका कतिपय श्रमिकहरू बिहान मृत फेला परेका छन् । कतिपयको हर्ट अट्याक भएर मृत्यु भएको छ । उनीहरूले रोजगारदाताबाट केही पनि पाउँदैनन् ।’ उनले भने ।

ड्युटी आवर भन्दा फरक समयमा कुनै घटना घटेर उपचार गर्नुपर्‍यो भने कम्पनीले बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

‘बीमा भयो भने राम्रोसँग उपचार गराउन सकिन्छ । यदि मृत्यु भयो भने पनि रोजगारदाताको तर्फबाट बीमा पाइयो भने केही नभए पनि आश्रित परिवारले केही राहत पाउने थिए, त्यो हुन सकेको छैन ।’ अध्यक्ष भण्डारीले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले २४ घण्टे बीमा कार्यान्वयन गर्न सम्बन्धित देशले चाहनुपर्ने बताए ।

मलेसियाले भने विदेशी श्रमिकको हकमा २४ घण्टा नै बीमा गर्ने कुरा अघि सारिरहेको छ । यो विषयमा मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमणको बेला समेत छलफल भएको थियो ।

‘नेपालमा वैदेशिक रोजगार बोर्डमार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजिरहेका छौँ । त्यो बाहेक नेपालबाट अन्य बीमा कम्पनीमा जीवन बीमा गरेर गएका हुन्छन् ।’ अध्यक्ष भण्डारीले भने ।

गन्तव्य देशमा गएर काम गर्ने ठाउँमा अहिले वर्किङ आवरको मात्र बीमा भएको र त्यसले निकै समस्या निम्त्याई रहेको उनको भनाई छ ।

कतिपय देशहरूमा २४ घण्टाको बीमा सुविधा पनि छ । त्यो देशको कानुनअनुसार विदेशी कामदारको हकमा समेत बीमा लागु हुने गरेको खाडी मुलुकहरूमा २४ घण्टे बीमा कार्यक्रम नरहेको उनको भनाई छ ।

पछिल्लो समय वर्किङ आवरको भन्दा पनि २४ घण्टे नै हुनुपर्छ भनेर मन्त्रालयले कुरा राख्दै आएको छ ।

अध्यक्ष भण्डारी भन्छन्, ‘बीमा उनीहरूको देशको कानुनअनुसार हुने हो । सबै श्रमिकलाई समान गर्नुपर्छ भन्ने उनीहरूको भनाई हुन्छ । जसले गर्दा नेपाली श्रमिकका लागि मात्र छुट्टै नियम हुँदैन ।’

मलेसियाले भने विदेशी श्रमिकको हकमा २४ घण्टा नै बीमा गर्ने कुरा अघि सारिरहेको छ । यो विषयमा मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमणको बेला समेत छलफल भएको थियो । जसमा मलेसियन अधिकारीहरू सकारात्मक देखिएका थिए ।

त्यस्तै, युरोपियन मुलुकमा समेत २४ घण्टा नै बीमा सुविधा हुन्छ । त्यो बाहेकका देशमा सम्झौता गर्दा नै सरकारले बीमाको कुरालाई उठान गर्दै आएको उनको भनाई छ ।

गल्फ देशहरूमा पुराना सम्झौताहरू छन् । ती सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया अघि बढिरहेको छ ।

‘एग्रिमेन्ट हामीले फोर्सली भन्ने कुरा हुँदैन । उनीहरूले पनि आफ्नो देशको कानुनअनुसार जानुपर्छ । हामीले एउटा जेनेरेल मोडालिटी बनाएका छौँ । त्यसमा २४ घण्टा नै राख्नुपर्छ भनेका छौँ । त्यो देशमा जस्तो कानुनी हुन्छ त्यही अनुसार जाँदा यो लागू गर्न सकिएको छैन ।’ अध्यक्ष भण्डारीले भने ।

धेरै नेपालीले विदेशमा दिनभर काम गरेर कोठामा आएर सुतेको अवस्थामा बिहान मृत अवस्थामा फेला पर्ने गरेका छन् । रोजगारदाता कम्पनीले त्यसलाई ड्युटी टाइमभन्दा बाहिरको समय मृत्यु भयो भने बीमा दाबी गर्न मान्दैनन् । यसले धेरै श्रमिकहरूले रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा पाउनबाट वञ्चित हुँदै आएका छन् ।

‘हामीले जुन कम्पनीमा काम गरिरहेको हुन्छ, बीमा पाउनुपर्छ भन्छौँ । त्यो कम्पनीमा काम गरिरहेकोले स्ट्रेसको कारणले पनि मृत्यु भएको हुन सक्छ । त्यसकारण वर्कर आएदेखि नै बीमाको घेराभित्र पर्नुपर्छ भन्छौँ ।’ उनले भने ।

गल्फ देशहरूमा पुराना सम्झौताहरू छन् । ती सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया अघि बढिरहेको छ । सोही समय यी विषय उठान गरिने उनको भनाई छ ।

नेपालबाट पाउँछन् ७ लाख  

वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएमा नेपालमा गरिएको बीमाको आधारमा ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । त्यस्तै घाउचोट लागेको खण्डमा ५० हजार भन्दा माथि उपचार खर्च पाउँछन् ।

यदि कामदार गन्तव्य देशमा दुर्घटनामा परी फर्कनु नसक्ने अवस्था भएमा उपचारको सक्कली बिल वा डाक्टरको उपचार विवरण कामदारको परिवारले पेश गर्न सकेमा बीमा समितिको प्रावधानअनुसार बीमा रकम प्राप्त हुन्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार उनीहरूले १५ सय रुपैयाँ तिरेर बीमा गराउनुपर्छ । सोही आधारमा क्षतिपूर्ति बीमा कम्पनीले दिनुपर्छ । बीमा जारी भइसकेपछि यदि कामदारको मृत्यु भएमा (गन्तव्य देश प्रस्थान नगर्दै वा बीमा अवधिभित्र मृत्यु भएमा) पूर्ण क्षतिपूर्ति पाउने व्यवस्था छ ।

दुर्घटना भएर अंगभंग भएमा कामदारको सम्पूर्ण घटनालाई समेत मध्यनजर गरेर विशेषज्ञहरूको समितिले शारीरिक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेर बीमाङ्कको प्रतिशत दिने व्यवस्था छ ।

बीमा समितिले तोकेको पन्ध्र घातक रोगमध्ये कुनै रोग लागेर कामदार फर्किएमा पाँच लाख बराबरको उपचार खर्च पाउने व्यवस्था छ ।

यदि कामदार गन्तव्य देशमा दुर्घटनामा परी फर्कनु नसक्ने अवस्था भएमा उपचारको सक्कली बिल वा डाक्टरको उपचार विवरण कामदारको परिवारले पेश गर्न सकेमा बीमा समितिको प्रावधानअनुसार बीमा रकम प्राप्त हुन्छ ।

तर, क्षतिपूर्ति भने कामदारले बीमा जारी गरेको र नवीकरण गरेको समयको आधारमा मात्र पाइन्छ । त्यसैले, समयमै नवीकरण गर्नुपर्छ ।

वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भई शव अलपत्र परी नेपाल ल्याउन, निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न, कामदार अङ्गभङ्ग भएमा क्षतिपूर्ति दिन, करार बमोजिम सुविधा नपाए कामदारलाई फिर्ता गराउन र त्यसरी फर्किएर आएका कामदार वा निजको परिवारलाई आर्थिक सहायता प्रदान गर्नको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले व्यवस्थापन गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट प्राप्त हुन्छ । तर त्यसको लागि कामदारले वैदेशिक रोजगारमा जानु अघि श्रम स्वीकृत गरी तोकेको रकम जम्मा गर्नुपर्छ ।

करार अवधिभर कामदार बिदामा नेपाल आएको वा गन्तव्य देशमा भएको समयमा मृत्यु भएमा कामदारको परिवारले क्षतिपूर्ति स्वरूप हाल सात लाख पाउने व्यवस्था छ ।

साथै, करार अवधिभित्र दुर्घटनामा परी अंगभंग भएमा वा गम्भीर बिरामी भएर फर्किएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको विशेषज्ञ समितिले रोग र दुर्घटनाको प्रकृति हेरी सात लाख सम्मको क्षतिपूर्ति पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In