• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वार्षिक परीक्षा सुरु हुने बेलासम्म कर्णालीका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

नयाँ शैक्षिकसत्रबारे किन राज्यले बुझ्दैन कर्णालीको दुःख ?


वार्षिक परीक्षा सुरु हुने बेलासम्म कर्णालीका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा यहाँ अन्तिम परीक्षा सकिने बेलासम्म किताब आउँदैन

 गजलकार प्रदिप रोदनका गलका यी हरफले भनेजस्तै अन्तिम परीक्षा सुरु हुनै लाग्दा कर्णालीका विद्यार्थीको हातमा पुरै सेट किताब पुगेको छैन । यो समस्या कर्णालीका सबै जिल्लामा रहेपनि विशेष गरी साविक कर्णालीका जिल्लाका विद्यार्थीले कहिल्यै समयमा किताब पाउँदैनन । विद्यालय फागुन अन्तिम साता वा चैत्र पहिलो हप्तादेखि वार्षिक परीक्षाको कार्यतालिका बनाउनतर्फ अग्रसर छन् तर विद्यार्थीले किताब प्राप्त गर्न सकिरहेका छैनन । चालुसत्र सकिन दुई महिना मात्र बाँकी रहँदासम्म पाठ्यपुस्तक नपुग्ने कर्णालीका विद्यार्थीको भविष्यमाथि कसरी खेलबाड भइरहेको छ सहजै अनुमान गर्न सकिन्छ ।

मुगुको छायानाथ रारा नगरपालिका–१ नेरामिन माविका प्रधानाध्यापक रामप्रसाद सेजुवाल समयमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको नतिजा कमजोर आउने गुनासो गरे । उनको विद्यालयका ५ कक्षाका २२ जना विद्यार्थीले अझैपनि नेपाली किताब पाएका छैनन् । ‘वार्षिक परीक्षा सुरु हुने समय आयो, विद्यार्थीले पढ्ने किताब पाएका छैनन,’ उनी भन्छन्,‘ यस्तो अवस्थाले कर्णालीका विद्यार्थीको भविष्य कसरी अघि बन्छ ?’ सोही पालिकाको महाकाली नमुना माविका विद्यार्थीले पनि सबै किताब पाएका छैनन् ।

५ कक्षाका ३० जना विद्यार्थीले नेपाली किताब र १० का करिब १०० जना विद्यार्थीले जनसंख्या किताब नपाएको प्रअ खड्गबहादुर रोकायले बताए । ‘यही एउटा दुःखको कुरा छ, हाम्रा विद्यार्थीले कहिल्यै समयमा किताब पाउँदैनन, पाएपनि मंसिरपछि मात्रै पाउँछन्,’ निरास हुँदै उनले समस्या सुनाए । आफुले पुस्तक पु-याउने जिम्मा पाएका पुस्तक व्यवसायीसँग बारम्बार आग्रह गर्दानि बे–वास्ता गर्ने गरिएको दुखेको उनको छ । ‘कहिले आउँदै छ भन्छ, कहिले गाडीमा लोड भइसक्यो भनेर हामीलाई झुक्याइरहेको छ,’ रोकायले भने,‘ एक पटक त झगडा नै भयो तरपनि पुस्तक आउने ठेगान छैन ।’

पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरेपनि विद्यार्थीको हातमा सबै पुस्तक पुग्न सकेका छैनन्। जनक शिक्षालाई बुझ्दा प्रयाप्त किताब पठाएको जवाफ आएको रोकायले बताए । रोकाय राज्यले नै पुस्तक वितरण प्रणाली झन्झटिलो बनाएको तर्क गर्छन् । जसका कारण कर्णालीका विद्यार्थीको हातमा कहिल्यै समयमा किताब पुग्दैन ।
संघीयतापछि शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।

कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धीत विद्यालय त कतिपयले सिधै पुस्तक व्यवसायीलाई पुस्तक खरिद तथा ढुवानीको जिम्मा दिएका हुन्छन् । पुस्तकको जिम्मा पाएका पुस्तक व्यवसायीहरुको लापरबाहीले समयमा पुस्तक विद्यालयमा नपुग्ने गरेको गुनासो विद्यालयको छ । ‘उनीहरुले किताब समयमै ल्याइदिएको भए विद्यार्थीले पढ्न पाउँथे, उनीरुको चरम लापरबाही छ,’ नेरामिन माविका प्रअ सेजुवाल भन्छन्,‘ जिम्मा लिएको डिलरले जनक शिक्षाबाट नत समयमै ल्याउछ, ढीलोगरि ल्याएको पुस्तक पनि विद्यालयमा पुगाउँदैन ।’

पुस्तक व्यवसायी भने सम्बन्धीत पालिकाबाट समयमै पैंसा नपाएकाले ल्याउन नसकिएको बताउँदै आएका छन् । पुस्तक नहुँदा विद्यार्थीलाई पढ्न, होमवर्क गर्न समस्या भएको बताउँदै सेजुवाल भन्छन्,‘ नयाँ किताब पाउँदा विद्यार्थीमा बेग्लै उत्साह आउथ्यो ।’  मुगुका यी दुई विद्यालय मात्र होइन कर्णालीका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीको हातमा पुरा सेट किताब पुग्न सकिरहेको छैन ।

नसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष कमल नेपालका अनुसार एकातिर राज्यले नै विद्यार्थीको भविष्यमाथी खेलबाड गरिरहेको र अर्कातिर जनक शिक्षाको कर्णालीप्रतिको हेपाहा प्रवृत्तिले कर्णालीका दुरदराजका विद्यालयमा समयमै पुस्तक पुग्दैनन् । मुगुमा मात्र होइन प्रदेशका झण्डै ५० प्रतिशत विद्यालयका विद्यार्थीले ६ र ८ कक्षाको पुरै सेट किताब अझै नपाएको उनले बताए ।

महासंघको अनुसन्धानमा ६ र ८ कक्षाका ३८ प्रतिशत विद्यार्थीले २/२ वटा किताब पाएका छैनन् । हिमाली जिल्ला त त्यस्तै हो, सुर्खेतमै समेत किताब नपाएको गुनासो आउने गरेका उनले सुनाए । ‘महासंघको तर्फबाट जनक शिक्षालाई पटक–पटक दबाब दिँदापनि सुनुवाई हुँदैन,’ उनले भने ।

सरोकारवालाहरु कागज आपूर्तिमा गरिएको सिण्डीकेट र कमिसनका कारण समस्या पुस्तक अभाव हुने गरेको आरोप लगाउछन् । मेसिन र जनशक्ति पर्याप्त भएपनि सरकारी पाठ्यपुस्तक छाप्न नसक्नुको पछाडि कमिसन नै मुख्य कारण रहेको उनीहरुको तर्क छ । अध्यक्ष नेपाल थप्छन्, ‘निर्वाचनमा आयोगले कागज किनेर छाप्न दिँदा एक महिनामै करोडौं मतपत्र छाप्न सक्ने जनक शिक्षाले पुस्तक छाप्न नसक्ने भन्ने हुँदैन, सरकारको गैरजिम्मेवारीपन र सामुदायिक शिक्षाप्रति गरिएको खेलवाड हो ।’

कुन जिल्लामा कति पाठ्यपुस्तक आवाश्यक हुन्छ भन्ने तथ्यांक जनक शिक्षाले अघिल्लै असारमा प्राप्त गरिसकेको हुन्छ । तर शैक्षिकसत्र सुरुहुँदामात्रै किताब छाप्न सुरु गर्छ । नेपाल भन्छन्, ‘शैक्षिकसत्र सुरुहुनुपुर्व नै विद्यालयमा पाठ्यपुस्तक पुग्नुपर्ने हो, तर अन्तिम परीक्षासम्म पनि पुग्दैन ।’

 पाठ्यपुस्तक बेलैमा उपलब्ध नराएको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका विद्यार्थीहरुले केही समयअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीलाई कालोमोसो नै दलेका थिए । केसी भने आवाश्यक पुस्तक ढीलैगरि भएपनि पठाइसकिएको दाबी गर्छन् । ‘मंसिरको अन्तिमतरि पुस्तक पठाएको बताउँदै उनले भने, ‘व्यापारी साथिहरुसँग मेरो ‘डिस्कस’ भइरहेको छ । पालिकाले जनक शिक्षालाई खातामा पैंसा हाल्ने व्यवस्था होस् अनि जनक शिक्षाले प्रत्येक स्कुललाई देवस् अनि मात्र हाम्रो संस्थालाई गैर–जिम्मेवार भन्न मिल्छ ।’

उनी निजी व्यवसायीका कारण जक शिक्षालाई बदनाम बनाउने काम भइरहेको बताउँछन् । पाठ्यक्रमले सिआएसी दिएको बाहेक २० हजार सेट किताब गोदाममा रहेको दाबी केसीले साविक कर्णालीका ५ जिल्लालाई जम्मा ११ हजार सेट किताब चाहिने बताए । ‘यद्यपि व्यापारीहरुले माथिका तल र तलका माथि गरिदिँदा समस्या भइरहेको छ,’ उनी थप्छन,‘मुगुका सबै विद्यालयलाई पुग्ने किताब लेखेर पठाएको हुँ तर कहाँ गयो ? भन्ने कुरा मलाई थाह छैन ।’

खस्कँदै पढाइको गुणस्तर

बेलैमा पुस्तक नपाउँदा कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्षेनि खस्कँदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रुपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जिपिए अंक ल्याएका छन्, जुन निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । यस वर्ष पनि पाठ्यपुस्तक अभावका कारण शैक्षिक गुणस्तर थप खस्कनसक्ने आकलन गरिएको छ ।

शैक्षिकसत्र सुरु भएका विद्यालयमा किताब पुग्ने ठेगान छैन 

हिमाली जिल्ला अन्तर्गत पर्ने कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँदको समयमा चिसोका कारण पठन–पाठनमा समस्या हुन्छ । जसका कारण मंसिरमा वार्षिक परीक्षा सकेर फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुन्छ । पुस र माघ महिनामा विदा दिने चलन रहेको छ । यद्यपि शिक्षा मन्त्रालयले सबैतिर वैशाखदेखि नै सुरु गर्न निर्देशन दिँदै आएको छ ।

मुगुले यसअघिदेखिनै शैक्षिकसत्र वैशाखदेखि सुरु गर्दै आएको छ । अन्य जिल्लाका शिक्षक भने सम्भव नहुने तर्क राख्छन । मन्त्रालयको परिपत्रलाई ध्यानदिँदै डोल्पा, हुम्लाको अदानचुली गाउँपालिका बाहेकका पालिकाहरुले वैशाखमै नयाँ भर्ना लिने योजना बनाएका छन् । अदानचुली गाउँपालिमा भने मंगलबारदेखि नयाँ विद्यार्थी भर्ना सुरु भइसकेको छ । जुम्लाका विद्यालयले पनि मंगलबारदेखि विद्यार्थीको भर्ना लिने काम धमाधम थालिसकेका छन् । यद्यपि शैक्षिकसत्र सुरु गरेका विद्यालयमा पाठ्यपुस्तक आउने–नआउने कुनै ठेगान छैन ।

अदानचुली गाउँपालिका–३ मा रहेको सुर्यदय मावि श्रीनगरका सहायक प्रअ डबल रोकाय भर्ना प्रक्रिया सुरु भएपनि पाठ्यपुस्तकबारे अनभिज्ञ रहेको बताउँछन् । ‘यो पटक अन्य पालिकाका विद्यालयले वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने भएकाले त्यसैको शेरोफेरोमा आउने देखिन्छ,’उनले भने,‘ विगतका बर्षहरुमा त शैक्षिकसत्र सुरु हुनुपुर्व आउने गरि तयारी हुन्थ्यो ।’ सिंजा गाउँपालिका–६ जुम्लाको शान्तिजन आधारभूत विद्यालय काडागाउँका प्रअ मानबहादुर रोकायले पनि विद्यार्थी भर्ना प्रक्रिया भएको र पाठ्यपुस्त आउने–नआउनेबारे कुनै जानकारी नभएको बताए ।

 कर्णालीको समस्या किन बुझ्दैन राज्य ?

शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारी मन्त्रालयले वैशाखदेखिनै शैक्षिकसत्र सुरु गर्न परिपत्र गरिसकेकाले त्यसलाई नकार्न नमिल्ने तर्क गर्छन् । अर्कोतर्फ विद्यालयहरुले मंसिरमै वार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् भने मंगलबारबाट नयाँ भर्ना प्रक्रिया थालिसके । मन्त्रालयको निर्देशन र हिमाली जिल्लाको अवस्थाले विद्यार्थीको पठन–पाठनमा अन्योलता मात्र पैदा गेरेको छैन भविष्यमाथि नै खेलबाड गरिरहेको शिक्षकहरुले बताउने गरेका छन् ।

शान्तिजन आधारभूतका प्रअ रोकाय राज्यले कर्णालीको समस्या नबुझ्ने गरेको गुनासो गर्छन । केही बर्षअघि पनि शैक्षिकसत्र वैशाखमै सुरु गरिएको थियो तर विद्यार्थीको पढाईमा निकै असर प-या, किनकी दशैं विदा हुन्छ, त्यसपछि हिमपातले पढाइ गर्न सकिने अवस्था रहँदैन भने पुस, माघ र फागनुको आधा महिना विद्यालय बन्द गर्नुपर्ने हुन्छ ।

लामो विदाले विद्यार्थीको पढाइमा नराम्ररी असर पुग्ने उनको भनाइ छ । त्यो बेला शिक्षक, शिक्षक संगठन लगायतले आन्दोलन गर्दा मंसिरमै अन्तिम परीक्षा दिन सुरु गरिएको बताउँदै उनी भन्छन्,‘ पुनः मन्त्रालयले वैशाखदेखिनै शैक्षिकसत्र सुरु गर भनेको छ, यो कर्णालीका विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नु हो ।’

शिक्षाक समन्वय इकाई प्रमुख भण्डारीले नयाँ शैक्षिकसत्रबारे चैत्रमा छलफल गरिने बताए । यदि शैक्षिकसत्र वैशाखमा सुरु गर्ने हो भने यसअघि गरेको वार्षिक परीक्षा फागुन अन्तिमतिर वा चैत्र महिनामा गर्नुपर्ने हुन्छ । विद्यालयसँग पुनः परीक्षा गर्ने आर्थिक स्रोतको समस्या हुन्छ । ‘हामीले गरिसकेको परीक्षालाई वैद्यानिकता कसरी दिने ? भन्नेबारे पालिकाका शिक्षा शाखा प्रमुखहरुबीच छलफल गर्छौं ’ उनले भने,‘ दुबै कुरालाई ‘म्याच’ हुने गरि अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # कर्णाली प्रदेश
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In