• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो
Share on FacebookShare on Twitter

ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ । सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ । स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा. बृहस्पति केसी, डा. रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए ।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत जलन भएको छ । श्वासनलीमा तातोहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्रोतका अनुसार सांसद भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनली समेत असर पुर्‍याएको छ । जसका कारण उनलाई श्वासप्रस्वासमा अप्ठेरो नहोस् भनेर ‘इन्ट्युबेसन’ गरी मेकानिकल भेन्टिलेटरको सहायतामा श्वासप्रस्वास कायम गरिएको छ । ‘फेसिएल बर्न’ भएका कारण श्वासनलीमा पनि असर गरेको छ । त्यसले गर्दा कुनैपनि बेला श्वास नलीमा सुन्निएर श्वासप्रस्वास बन्द हुने अवस्था आउन सक्छ,’ स्रोतले भने, ‘यात्राको क्रममा कुनैपनि जोखिम नहोस् भनेर उहाँलाई भेन्टिलेटरको सहायता दिइएको हो ।’

सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In