• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सरकारी निकाय उदासीन आफू खुसी शुल्क बढाउँदै निजी विद्यालय


सरकारी निकाय उदासीन आफू खुसी शुल्क बढाउँदै निजी विद्यालय
Share on FacebookShare on Twitter

भक्तपुरको सानोठिमीस्थित मातृभूमि स्कुलले हालै अभिभावकहरूलाई निद्रा उडाउने पत्र पठायो । आगामी शैक्षिक सत्र २०८० बाट मासिक ५ हजार शुल्क वृद्धि गरिएको पत्र विद्यार्थीहरुमार्फत् अभिभावकको हात हातमा पुगेको थियो ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको २५ र २६ फेब्रुअरीमा बसेको बैठकले प्रत्येक विद्यार्थीलाई मासिक ५ हजार शुल्क थप गर्ने निर्णय गरेको थियो । सोही आधारमा विद्यालयले अभिभावकहरूलाई पत्राचार गरेको जनाएको थियो । त्यस्तै, वार्षिक शुल्क भनेर १० हजार थप गर्ने जानकारी समेत गरायो । जबकि आफूखुसी शुल्क बढाउन पाइँदैन । पालिकाले निर्णय गरेर मात्र शुल्क बढाउन पाइन्छ ।

उक्त विद्यालय रहेको मध्यपुर ठिमी नगरपालिकाले आफ्नै शिक्षा ऐन बनाएको छ । ‘शिक्षा ऐन २०७९’ अनुसार आफ्नो क्षेत्रभित्रका विद्यालयले शुल्क बढाउनको लागि निर्णय गरेर पालिकामा पेस गर्नुपर्ने हुन्छ । त्यही आधारमा पालिकाको शिक्षा शाखाबाट अनुगमन गरेर मात्र शुल्क बढाउन उचित देखिएको खण्डमा कति बढाउने भनेर निर्णय गरिन्छ ।

तर, मातृभूमि स्कुलले भने आफूखुसी शुल्क बढाएको अभिभावकहरूले गुनासो गरेका छन् ।

रातोपाटीको सम्पर्कमा आएका एक अभिभावकले आर्थिक अवस्था बिग्रिरहेको अवस्थामा एकाएक शुल्क बढाउनु गलत रहेको बताए । ‘अहिले अर्थतन्त्र एकदमै बिग्रँदो अवस्थामा छ । व्यापार व्यवसाय पुरै चौपट छ । बैंकमा ब्याज तिर्न नसकिने अवस्था छ । अभिभावकहरूको मर्का बुझेर शुल्क घटाउनु पर्नेमा उल्टै बढाएर अभिभावकको ढाड सेक्ने काम भयो ।’ ती अभिभावकले भने ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा शुल्क बढाउने विषयमा कुरा उठेपछि आफूहरूले अहिले शुल्क बढाउन नहुने कुरा राखेको तर शुल्क बढाउने भन्ने पत्र पठाइएको अर्का अभिभावकको भनाई छ ।  यस्तो अवस्थामा विद्यालय स्वयम्ले बुझेर अघि बढ्नुपर्नेमा अभिभावकहरूलाई पीडामाथि पीडा थप्ने काम भएको उनको भनाई छ ।

स्कूलकी प्रिन्सिपल प्रकृति केसी पन्तले स्कुलले प्रदान गर्ने सुविधाको आधारमा शुल्क बढाउने निर्णय गरिएको बताइन् । ‘हामीले आगामी शैक्षिक सत्रमा स्विमिङ पुल, बेकरी लगायतका सुविधा थप गरेका छौँ । सोही आधारमा शुल्क बढाउने निर्णय गरेका हौँ । ’ प्रिन्सिपल पन्तले भनिन् । उनले अभिभावकको भेलाबाटै शुल्क बढाउने निर्णय गरिएको जिकिर पनि गरिन् ।

शुल्क बढाएर शिक्षकहरूलाई समेत राम्रो सेवा सुविधा दिन लागिएको उनको भनाई छ । मातृभूमिले प्रि–स्कूलका बच्चाहरूको लागि मासिक १२ हजार शुल्क तोकेको छ । त्यसमा आगामी शैक्षिक सत्रबाट ५ हजार थप भएर १७ हजार हुनेछ ।

त्यस्तै, कक्षा १ देखि ५ कक्षा सम्मका बालबालिकाका लागि मासिक १६ हजार रुपैयाँ शुल्क लिँदै आएको छ । आगामी शैक्षिक सत्रबाट त्यसमा ५ हजार थप भएर २१ हजार पुग्नेछ । त्यस्तै, कक्षा ६ देखि ८ सम्मका लागि १६ हजार तथा ९ र १० कक्षाका विद्यार्थीका लागि १७ हजार रुपैयाँ शुल्क लिँदै आएको छ । त्यसमा आगामी शैक्षिक सत्रमा ५ हजार थप हुनेछ ।

यतिमात्र नभएर विद्यालयले लिँदै आएको भर्ना शुल्कमा १० हजार थप बढाइएको छ । प्रिन्सिपल पन्तले सेवा सुविधा थप गरेरै शुल्क बढाइएको बताइन् ।

२०५० सालमा खुलेको उक्त विद्यालयमा हाल झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई खाना र खाजा पनि विद्यालयमै दिइन्छ । त्यस्तै, अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीको मनोभावनालाई बुझेर अध्ययन अध्यापन गराउँदै आएको उनको भनाई छ ।

मध्यपुर ठिमी नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टले शुल्कका विषयमा पालिका स्तरका संस्थागत विद्यालयहरूमा पत्र पठाइएको बताए । ‘शुल्क बढाउने विषयमा हामीले सबै विद्यालयमा पत्र पठाएका छौँ । फागुन मसान्तभित्रमा उहाँहरूको जवाफ आउँछ । त्यसपछि कुनै विद्यालयबाट बढाउनुपर्ने भन्ने कुरा आयो भने अनुगमन गरेर मात्रै निर्णय गरिनेछ,’ उनले भने ।

अहिले कुनै पनि विद्यालयले आफूखुसी वा कानुनी विपरीत गएर शुल्क बढाउन नपाउने उनको भनाई छ । त्यसरी कसैले शुल्क बढाएको पाइएमा कारबाही गरिने उनले बताए । ‘अहिलेसम्म शुल्क बढाएको विषयमा कहीँ कतैबाट गुनासो तथा उजुरी आएको छैन । यदि उजुरी आए कारबाही गर्छौ ।’ उनले भने ।

नयाँ शैक्षिक सत्र सुरु हुन डेढ महिना बाँकी रहँदा अधिकांश निजी विद्यालय शुल्क बढाउने होडबाजीमा लागेका छन् । उनीहरूले विद्यार्थीमार्फत अभिभावकहरूलाई शुल्क बढाएको पत्र पढाउन थालेका हुन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकले अहिले निजी विद्यालयहरूले शुल्क आतङ्क नै बढाएको बताए । ‘स्कुलबाट शुल्क बढ्यो भनेर पत्राचार भइरहेको छ । एकातिर आफ्नो व्यवसाय डुबिरहेको चिन्ताले सताइरहेको छ । त्यसमाथि स्कुलले पनि छोराछोरीको विद्यालय शुल्क बढ्यो भन्ने पत्र नै पठाएको छ ।’ ती अभिभावकले भने ।

उनका तीन छोराछोरी निजी विद्यालयमा पढ्छन् । उनले तिनै जना छोराछोरीको मासिक ४५ हजार रुपैयाँ शुल्क तिर्दै आएका छन् । अब अर्को वर्षदेखि उनले तीन छोराछोरीको मासिक ६० हजार तिर्नुपर्नेछ ।

स्कुलले बढाएको मनोमानी शुल्क नतिरेको खण्डमा आफ्ना बालबालिकालाई विद्यालयले निकालिदिने धम्की दिने, पढाउन सकिँदैन भन्दै मानिसक यातना दिने गरेको उनको गुनासो छ ।

संविधानले माध्यमिक तहको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहहरूले आवश्यक पर्ने नियम कानुन बनाएर अगाडि बढ्न सक्नेछन् । तर, स्थानीय तहले न सही ढंगबाट नियमन गर्न सकेको छ, न त कानुन नै बनाएर अगाडि बढ्न सकेको छ ।

अधिकांश स्कुलले कोरोना महामारीपछि समेत शुल्क बढाएका थिए । त्यो बेला शुल्क नबढाउन भन्दै सरकारले गरेको आग्रह नमानेर उनीहरूले मनोमानी ढंगबाट शुल्क बढाएका थिए ।

तिनै स्कुलहरूले यो वर्ष पनि मनोमानी ढंगबाट शुल्क बढाउन थालेका हुन् । विद्यार्थीहरूको परीक्षा नसकिँदै नयाँ शैक्षिक सत्रको शुल्क बढाएको भन्दै पत्र पठाउन थालेपछि अभिभावकहरू चिन्तित बन्न थालेका छन् ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारका तीनवटै निकाय बीचको अन्तरद्वन्द्वले विद्यालय क्षेत्र धराशायी बन्दै गएको बताए । संघीय सरकारसँग केही कुरा भन्यो भने अहिले त सबै अधिकार स्थानीय पालिकालाई दिएको र हामीले केही गर्न नसक्ने जवाफ दिने गरेको उनको भनाई छ । उनले भने ‘काम गर्ने निकाय भने कोही पनि छैनन् ।’

विद्यालयहरूले आफू खुसी शुल्क बढाइरहेको तर आफ्नो बालबालिकामाथि भोलि समस्या हुने डरले कोही पनि अभिभावक बोल्न चाहँदैनन् । ‘शुल्क बढे पनि चुप लागेर तिरिरहेका छन् । विद्यालयलाई शुल्क नबढाउनु भन्यो भने मान्दैनन् । त्यो कुरा बाहिर गएर गरेमा बालबालिकालाई अनावश्यक टर्चर दिने गर्छन् । यसले गर्दा अभिभावकहरू बोल्नै डराउँछन् ।’ अध्यक्ष पुरीले भने ।

एक शिक्षा विकास समन्वय इकाईका प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा अहिले शिक्षा क्षेत्र अस्तव्यस्त रहेको बताए । ‘साह्रै अस्तव्यस्त बन्यो शिक्षा क्षेत्र । हाम्रो सबै अधिकार कटौती भएको छ । स्थानीय तहले काम गर्न सकिरहेको अवस्था छैन ।’ उनले भने ।

संघीय सरकारले स्थानीय तहलाई निर्देशन दिन नसक्ने र स्थानीय तहले काम गर्न नसकेको अवस्था रहेको उनको भनाई छ । ‘हामीले केही पनि गर्न सकिने अवस्था छैन । सबै अधिकार स्थानीय पालिकालाई दिइएकाले खाली अनुरोध मात्र गर्न सकिन्छ, निर्देशन दिन सकिन्न ।’ उनले भने ।

उनको भनाइमा अभिभावक संघका अध्यक्ष पुरीले पनि सहमत छन् । सरकारका निकाय बीचको शक्ति बाँडफाँड र जुहारीका कारण शिक्षा क्षेत्रमा विकृति मौलाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In