• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

संक्रमणबाट जोगिन के गर्ने ?


सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङ्कङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएन स्ट्रङ हुनसक्ने सरुवा रोग विशेषज्ञले बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने बताए ।

यो समयमा लाग्ने रुघाखोकी मौसमी फ्लु मात्रै नभए एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुन सक्ने उनको भनाइ छ । उता भारतको नयाँ दिल्लीका चिकित्सकले एचथ्रीएन टु इन्फ्लुएन्जालाई कोरोना भाइसर कोभिड–१९ जस्तै फैलिन सक्ने चेतावनी दिएका छन् । त्यति मात्रै होइन भारतको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य विज्ञहरूसँग एचथ्रीएन टु इन्फ्लुएन्जाबारे सम्बन्धित निकायसँग छलफलसमेत गरेको थियो ।

सो छलफलमा विज्ञ समूहले देशमा कोरोना भाइरस सङ्क्रमण कम भए पनि इन्फ्लुएन्जाका केसहरू बढिरहेको बताएका थिए । उनीहरूले प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई इन्फ्लुएन्जा खतरनाक हुनसक्नेसमेत चेतावनी दिएका थिए । पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहितका अन्य क्षेत्रमा इन्फ्लुएन्जाका बिरामी बढेको चिकित्सकहरूले बताएका छन् ।

यद्यपि नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धका बिरामी शून्य हुँदा इन्फ्लुएन्जका बिरामी घरमै सीमित हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यो मौसममा हङ्कङ फ्लु अर्थात् एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा बेवास्ता गरेको खण्डमा स्वास्थ्यमा जटिलता आउने डा. पुन बताउँछन् । यदि सावधानी नअपनाएको खण्डमा स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्ने  उनले सुनाए ।

यो मौसममा हङ्कङ फ्लु, स्वाइन फ्लुलगायतका विभिन्न किसिमका फ्लु देखिने भएकाले सजग हुन उनको सुझाव छ । डा. पुनका अनुसार फ्लुको इन्फ्लुएन्जा भाइरस ए, बी, सी र डी हुन्छ । जसमध्ये ‘ए’ र ‘बी’ विभिन्न सिजनमा देखिने उनले बताए । इन्फ्लुएन्जा ए भाइरसको एचथ्रीएन  सङ्क्रमण कोभिड–१९ हुँदाजस्तै लक्षण देखिएने उनले बताए । यस भाइरसले दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र बालबालिका चाँडो सङ्क्रमण हुने भएकाले सचेत रहन उनले आग्रह गरे । एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण भई अस्पतालमा बिरामी कम आउने गरेको उनले बताए ।

उनले भने, ‘थाहा नपाएर यो भाइरस सङ्क्रमित कम आउने गर्छन् । मौसमी रुघाखोकी सम्झिएर घरमै बस्नुहुन्छ । यदि ख्याल गरिएन भने स्वास्थ्यमा धेरै खालका समस्या उत्पन्न गराउँछ ।’ वृद्धवृद्धा, दीर्घरोगीलाई एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण भएमा स्वास्थ्यमा बढी समस्या उत्पन्न हुनसक्ने चिकित्सक बताउँछन् ।

यद्यपि नेपालमा बर्सेनि यो भाइरसबाट सङ्क्रमित बिरामी कति अस्पतालमा पुग्छन् भन्ने यकिन तथ्याङ्क छैन । उता भारतको मेदान्ता अस्पतालका प्राइमस स्लिप एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख एस.के. छाबडाका अनुसार बिरामीहरूलाई भाइरल ज्वरोको साथै रुघाखोकी र ब्रोन्काइटिसजस्ता फोक्सोसँग सम्बन्धित समस्या देखिएको बताएका छन् ।

तसर्थ रोगप्रतिरोधी क्षमता कमजोर हुने व्यक्तिका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा के हुन्छ ?
–दुईदेखि तीन दिनसम्म ज्वरो आउने ।
–शरीर दुख्ने ।
–टाउको दुख्ने ।
–घाँटी दुख्ने
–घाँटी पोल्ने
–पखाला लाग्ने
–थकाइ लाग्ने
–खोकी दुई हप्तासम्म लाग्न सक्छ । त्यस्तो अवस्थालाई सामान्य मानिन्छ ।
यस्ता लक्षण देखिएमा  जमघट, भेटघाट हुने स्थानमा जानु हुँदैन । सङ्क्रमितले हात मिलाउँदा, अँगालो मार्दा, सङ्क्रमितले प्रयोग गरेका रुमाल फोन आदि चलाउँदा पनि एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुनसक्छ ।

यसबाट जोगिन के गर्ने ?
–बिरामी छुट्टै कोठामा बस्ने ।
–नियमित हातको सरसफाइ गर्ने ।
–लक्षण देखिएका बिरामीले मस्कको प्रयोग गर्ने ।
–तातोपानीको वाफ लिने ।
–झोलिलो पदार्थ खाने ।
–स्तनपान गरिरहेका बालबालिकालाई बढी स्तनपान गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In