• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जसपा अध्यक्ष यादव वैशाखको चर्को गर्मीमा पनि जनताको घरदैलोमा

जसपा अध्यक्ष यादव  वैशाखको चर्को गर्मीमा पनि जनताको घरदैलोमा
Share on FacebookShare on Twitter

काठमाडौं- २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पहिलो पटक संसद्बाहिर रहनुपर्दाको छटपटी बारा २ मा देखिएको छ। त्यसैले उनी जसरी पनि संसद् भवन प्रवेश गर्न लागिरहेका छन्।

उपनिर्वाचनमार्फत सांसद बन्‍नकै लागि उनले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराए। उपेन्द्रको उम्मेदवारीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको समर्थन छ। गठबन्धनका कारण चुनावी अंकगणितमा जसपा अध्यक्ष यादव अगाडि देखिए पनि वैशाखको चर्को गर्मीमा पनि जनताको घरदैलोमा पुगिरहनुले उनको मानसिक तनाव झल्किन्छ।

जसपा अध्यक्ष यादवलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले बारा–२ को उपनिर्वाचनमा पनि कडा चुनौती दिइरहेको छ। मंसिरको निर्वाचनमा ३ सय ५४ मतान्तरले दोस्रो भएका शिवचन्द्रप्रसाद कुशवाहलाई राउतले जनमत पार्टीमा प्रवेश गराई पुनः उम्मेदवार बनाएका छन्।

सशस्त्र द्वन्द्वकालदेखि माओवादीमा रहेका कुशवाह पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। त्यसपछि उनी राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गरी उपाध्यक्ष भएका थिए। २०७० को निर्वाचनमा पराजित भएपछि उनी पुनः माओवादी फर्के। ०७४ को निर्वाचनमा फेरि पराजय भएका थिए। उपनिर्वाचनमा उपेन्द्र यादव बारा–२ बाट लड्ने भएपछि जनमत पार्टी बलियो उम्मेदवारको खोजीमा थियो। सत्ता गठबन्धनमा तालमेल गर्दा माओवादीले टिकट पाउने भएपछि कुशवाहले पार्टी परिवर्तन गरे।

उपेन्द्र यादवले जुन पालिकामा पार्टी कमजोर छ, त्यहाँ विशेष जिम्मेवारी दिएर प्रभावशाली नेतालाई खटाएका छन्। तर, हार्ने आँकलन गरेपछि उपेन्द्र आत्तिएका छन्। मंसिरको आमनिर्वाचनमा जसपालाई बारा–२ छाडेको एमालेले समानुपातिकमा ९ हजार १ सय ९३ मत ल्याएको थियो। उपनिर्वाचनमा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन्।

पौडेलले पार्टीहरूले गठबन्धन गरे पनि जनताले गठबन्धन नगरेको बताउँछन्। स्वतन्त्र उम्मेदवारी दिएका अरुण ज्ञवालीले अघिल्लो निर्वाचनमा ७ हजार ६ सय ९८ मत ल्याएका थिए। यस पटक उनले पूर्वमन्त्री एवम् रौतहटका सांसद प्रभु साहको आम जनता पार्टीको साथ पाएका छन्।

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। मंसिरको आमनिर्वाचनमा उनले काठमाडौं–१ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका थिए। उपनिर्वाचनको संघारमा आफैंले खोलेको पार्टी छाडेर खरेल रास्वपा प्रवेश गरेका हुन्। पूर्वडीआईजी खरेल एसपी भएका बेला छिमेकी जिल्ला पर्सामा बसेका थिए। यसरी जनमतसँगै अन्य दलका उम्मेदवारहरु पनि बलिया देखिएकाले उपेन्द्रलाई छटपटी बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In