वैशाख १० गते हुने उपनिर्वाचन प्रचार प्रसारको अन्तिम दिनको चुनावी सभालाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता बारा पुगेका छन् । सत्ता गठबन्धनले बाराको गढीमाई, एमालेले पचरौताको वनौलीमा आयोजित चुनाव सभा राखेपछि दलका नेताहरु बारा पुगेका हुन् ।
गढीमाइमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल सभास्थल पुगेका छन् । त्यस्तै एमालेको सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठ पचरौता पुगेका छन् ।
![चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु बारामा [ तस्बिरहरु ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2023/04/bara-sabha1_jbjOd8v5v4.jpg?resize=750%2C375&ssl=1)



















Discussion about this post