महेश सिंह सिरहा लहान १४ जेष्ठ – हिंसा प्रभावित ब्यक्तीहरुको लागी सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्। महिला मानव अधिकार संजालकी अध्यक्ष श्याम कुमारी साहकी अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोले प्रमुख अतिथिको आसन बाट बोल्दै संबिधानमा हरेक नागरिकले संघीयताको प्रत्याभूति गर्छन्।
न्यायमा हरेक नागरिक बर्ग समुदायको समान्य अधिकार् रहेको भन्दै लहानका न्यायीक समितिले एक बर्षको अन्तरालमा करिब ६५ वटा मुद्दालाई छलफल गरी सकेको बताएका थिए।लोकतन्त्रमा कसैलाई पक्षपातको निर्णय हुदैन। आउने दिनमा वडा स्तर सम्म न्याय समिति गठन गरी वडा स्तरको समस्या वडा मै समाधान गर्नुपर्नेमा जोड दिनु भयो।
संजालका केन्द्रिय अध्यक्ष श्याम कुमारी साहकी अनुसार न्यायमा सबैलाई पहुँच गराउने सरकारी वकिलको भुमिका कसिलो हुनुपर्छ। साकक्षी सुरक्षा भत्ता सरकारी वकिल कार्यालयले उपलब्ध गराउनु पर्नेमा जोड दिदै लहानका न्याय समितिको कार्यको प्रसंसा गर्दै न्यायको ढोकालाई खुकुलो बनाउनु पर्ने र न्याय एकदमै महगो रहेको बताए।
ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज भोला प्रसाद भट्टले जघनिय अपराधहरुको यौन हिंसाको घटनाहरुलाई छलफल नगरी कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्नु पर्छ।घरेलु हिंसाको घटना दिनानुदिन बढदो क्रम रहेको बताए।
कार्यक्रममा अधिकार कर्मी अनिता चौधरी,रिता महतो रेनु कर्ण प्रतिज्ञा गुरागांई,संगिता बिश्वकर्मा लगायत धनगढीमाई नगरपालिकाको उप-प्रमुख संगिता चौधरी लहान न्याय समितिका बेचन प्रसाद यादव, रिकमा बिश्वकर्माको उपस्थिति रहेको आयोजक अनिता चौधरीले बताए।
Discussion about this post