काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्टन्ट नदेखाउन चेतावनी दिएका छन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण घटनाबारे संसदमा बोल्दै महामन्त्री थापाले बोल्नेभन्दा पनि काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्रीले गृहमन्त्रीले ठाउँ ठाउँमा बोलिरहेको सुनिरहेको छु । यसलाई छाडिनेछैन, यस्तो गरिनेछ, जिम्मा लिएकोले धेरै बोल्ने हैन, काम गर्ने हो हो । हामी परिणाममा हेर्न चाहन्छौं । परिणाम देख्यौ भने मूल्यांकन गर्ने संसद, नागरिक, आमजनता र सञ्चारमाध्यम छ ।
काठमाडौंमा एउटा संविधान सभा सदस्य भएको व्यक्ति कार्यक्रमबाट सहभागी भएर आउँदा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन ?’
Discussion about this post