• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला


प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला
Share on FacebookShare on Twitter

काठमाडौं । झन्डै एक वर्षअघि ललितपुर महानगरपालिका वडा नं। १९ बस्ने २९ वर्षीय सनिशा मल्लको सम्पर्कमा एक पुरुष सम्पर्कमा आए । उनीहरूबीच पहिलो पटक ह्वाट्सएपमा कुरा भएको थियो । अपरिचित पुरुष विवाहित मल्ललाई प्रभावित पार्न दिनहुँजसो कुरा गर्थे । कुरा गर्ने क्रम बढ्दै गएपछि उनीहरू नजिकिए । पछि प्रेमी प्रेमिका नै बने । प्रेमी प्रेमिका भए पनि उनीहरूबीच भेटघाट भएको थिएन । उनीहरूलाई जोड्ने काम केबल ह्वाट्सएपले गरिरहेको थियो ।

प्रेमिका बनाइसकेपछि ती युवकले मल्ललाई विभिन्न प्रलोभनमा पारेर झनै नजिक भएको आभास दिन थाले । समय बित्दै गएपछि उनीहरूबीच व्यक्तिगत र व्यावसायिक कुराहरू पनि साटासाट भयो । युवकले आफूलाई केही बैंक अकाउन्ट आवश्यक परेको भन्दै मल्ललाई उनको नामबाट विभिन्न बैंकमा खाता खोल्न अनुरोध गरे ।
प्रेमीले भनिसकेपछि महिलाले पनि नाइँ भनिनन् । पछि युवकले भने बमोजिम नै विभिन्न १० ओटा बैंकमा खाता खोलिन् । त्यसको केही समयपछि युवकले चेकबुक र एटीएम कार्ड पार्सल गरेर पठाइदिन अनुरोध गरे ।

महिलाले पनि युवकले भनेझैं गरिन् र पार्सल गरेर पठाइदिन् । पार्सल गर्ने क्रममा कागजात पठाएको भनेपछि पार्सल गरिदिनेले पनि पुर्याउनुपर्ने ठाउँमा पुर्‍याइदिए ।
एटीएम कार्ड र चेक पाएपछि युवकले महिलालाई आदर भावसहित धन्यवाद दिए र केही समय उनीहरूबीच त्यसरी नै कुराहरू अगाडि बढिरह्यो ।

उता युवक भने महिलाबाट प्राप्त एटीएम कार्डको दुरुपयोग गर्नतर्फ लाग्छन् । उनी भारत गएका हुन्छन् । भारतबाट नक्कली अकाउन्ट बनाएर विभिन्न नेपालीसँग जोडिन्छन् । जो कुरा गरेर नजिक भएको छ, उसलाई आफू इटालीको नागरिक भन्दै नजिकिन्छन् । पछि कुरा धेरै अगाडि बढिसकेपछि गिफ्ट पठाइदिने प्रलोभन दिन्छन् ।

विशेषगरी आईफोन, लेडिज ब्याग, गरगहना र पाँच हजार डलर गिफ्ट पठाइदिने आश्वासन दिन्छन् । यता गिफ्ट पाउने भएपछि उनीसँग नक्कली अकाउन्टबाट जोडिएका नेपालीहरू पनि दङ्ग हुन्छन् र गिफ्ट पाउने प्रलोभनमा पर्छन् । तर, गिफ्ट आउँछ भनेकै दिन ह्वाट्सएपमा नयाँ नम्बरबाट मेसेज आउँछ ।

सो मेसेजमा इटालीका नागरिक डा। रबिया हिकोलीले ९म्च। च्बदबभब ज्ष्अयबिभ० ले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको भन्ने मेसेज आउँछ । र, उक्त गिफ्टको पार्सल पाउन भन्सार तथा डेलिभरी शुल्क तिर्नुपर्ने भनिएको हुन्छ । फेसबुकमा जोडिएका व्यक्तिले पनि ह्वाट्सएपको मेसेजमा पठाइएको अकाउन्टमा रकम पठाउँछन् । यसरी विभिन्न शीर्षकमा रकम पठाउँदा एक पीडितले १७ लाख १५ हजार रुपैयाँ पठाइसकेका हुन्छन् ।

आफू ठगिएको थाहा पाएपछि पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन्छन् । उजुरी पछि अनुसन्धान गर्दै जाँदा सबै रकम मल्लको अकाउन्टमा गएको देखियो । उनलाई प्रहरीले सम्पर्क गरी कार्यालयमा बोलाए । उनी सहजै प्रहरी कार्यालयमा आइन् । उनी कार्यालयमा आउनुअघि ती युवकसँग सम्बन्ध बिग्रिसकेको थियो । पछि उनले आफ्नो सबै बैंक अकाउन्ट बन्द गरिन् पनि ।

तर, उनको अकाउन्टमा पहिले नै मोटो रकम ट्रान्सफर भइसकेको थियो । कार्यालयबाट अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनी आफ्नो अकाउन्टमा आएको रकम पीडितलाई दिन सक्ने अवस्थामा थिइनन् । किनभने उनले आफ्नो अकाउन्टमा आएको रकममध्ये एक सुक्को पनि पाएकी थिइनन् । रकम तिरेर घटना मिलाउन नसक्ने अवस्था आएपछि पीडितले ठगी सम्बन्धी कसूरमा उजुरी दिए । र, प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । पक्राउ गरिसकेपछि प्रहरीले सनिशा मल्ललाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।

अनलाइनमा भेटेका युवकलाई विश्वास गरेर आफ्नो एटीएम कार्ड उपलब्ध गराउँदा मल्ललाई १७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मल्ल एक प्रतिनिधि पात्र हुन् । उनी जस्तै विश्वास गरेर अर्कालाई आफ्नो बैंक विवरण र अन्य कागजात उपलब्ध गराउँदा थुप्रै नेपाली युवतीहरू ठगी सम्बन्धी कसुरमा जेल सजाय भोगिरहेका छन् ।

पछिल्लो अध्यावधिकस् असोज २४, २०८० २२स्४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दलितको संविधान खोई ?

दलितको संविधान खोई ?

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In