‘ट्रेडिङ इकोनोमिक्स’का अनुसार सन् १९९० देखि २०२३ सम्म चीनमा निक्षेपको ब्याजदर औसत १.०३% थियो। सबैभन्दा उच्च जुलाई १९९३ मा ३.१५% थियो र अहिले ०.३५% मा कायम रहेको छ। यो विकसित राष्ट्र जतिकै ब्याजदर हो। तर, चीन विकसित राष्ट्र होइन । सन् १९९० मा समेत त्यतिको ब्याजदर थिएन। तर पनि चीनको केन्द्रीय बैंकले निक्षेपको दर कम राख्यो। निर्माण र घर जग्गा क्षेत्रले त्यसको सबभन्दा बढी लाभ लिए। तर त्यसको मूल्य आम जनताले चुकाउनु परेको छ ।
उनीहरूले मिहिनेतले कमाएको पैसाले बैंकबाट ब्याज पाएन । उनीहरुलाई अब पुँजी बजारमा विश्वास छैन । उनीहरूसँग पैसा अभिबृद्धीको लागि कुनै सुरक्षित विकल्प रहेन। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले उनीहरूलाई लगानीको माध्यमको रूपमा अपार्टमेन्ट किन्न बाध्य पारेको थियो। सम्पत्ति निर्माणकर्ताहरूले यसको प्रत्येक किस्ताको मजा लिए। उनीहरूको लागि बैंकहरूले सस्तो कर्जा र ग्राहकहरूको प्रवाह सुनिश्चित गरेको छ।
तर २०२१ बाट समस्या शुरू भयो। निर्माणकर्ताहरू ऋण चुक्तामा डिफल्ट हुन थाले। एभरग्रान्ड चीनको सबैभन्दा ठूलो निर्माणकर्ता थियो। 2018 मा को कम्पनी संसारको सबैभन्दा धनी रियल इस्टेट कम्पनी घोषित गरिएको थियो। डिफ्ल्टमा पुग्दा हुँदा कम्पनीले चीनका २ सय ८० सहरमा १३ सयभन्दा बढी परियोजना सञ्चालन गरिरहेको थियो । आज यो संसारको सबैभन्दा बढी ऋण भएको रियल इस्टेट कम्पनी हो। शेयर मूल्य ९० प्रतिशतले घटेको छ ।
धेरैको जीवनभरको बचत डुबेको छ । सोहीको प्रभावका कारण सन् २०२१ र २०२२ को बीचमा सम्पत्तिको मूल्यमा गिरावट आएको थियो। बेइजिङले अचल सम्पत्तिलाई ऋण मुक्त गराउन बैंकहरूलाई अर्बौं डलरको सहुलियत दिदा समेत मूल्यमा आएको गिरावटलाई रोकिएको छैन।
तर, घर खरिद गर्नेलाई राहत छैन । बजारमा थोरै खरीदकर्ताहरू भएकाले उनीहरू खराब लगानी गर्न सक्दैनन्। सरकारले घर खरिदकर्ताका लागि धितो भुक्तानीको समयतालिका खुकुलो पारेको छ तर उनीहरुले किस्ता भुक्तानी गर्न सकिरहेका छैनन् ।
Discussion about this post