• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको
Share on FacebookShare on Twitter
मिथिला रत्न,
सिरहा । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको पाइएको छ । सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको हो । यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको छ ।
यो हो सिरहाको गोलबजार नगरपालिका ९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरी उद्योग । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको सुइँको पाएर हामी बिहान ४ बजे नै उद्योगनजिक पुग्यौं ।
हामी पुग्दा अबेर भइसकेको रहेछ । थुप्रै गाडी गइसकेका रहेछन् । तर, दुईवटा ट्रक बाँकी थिए । त्यसमध्ये साढे ५ बजे बिहान एउटा गाडी धनुषातिर र साढे ६ बजे सिरहातिर लाग्यो । हामीले सिरहा हिँडेको ट्रकलाई पछ्यायौं । पछ्याउँदै जाँदा चालकलाई शंका लागेर होला, पानवारी चोक र बलुवा चोकको बीचमा गाडी रोकियो ।
चालकलाई थप शंका नहोस् भनेर हामी अगाडि बढ्यौं । ट्रक पनि त्यसपछि सिराहातिर आउन थाल्यो । विष्णुपुर आइसकेपछि हामीले प्रहरीलाई गाडी रोकेर चेकजााच गर्न भन्यौं । प्रहरीले गाडी त रोक्यो । गाडी रोकिएपछि प्रहरीलाई एउटा फोन आयो । आधा स्टिकर नै लागेको मदिराको बोतल गाडीमा भेटिए पनि प्रहरीले गाडी छाडिदियो । यसमा प्रहरीको मिलेमतो छ भन्ने कुरामा हामी स्पष्ट भयौं ।
हामी फेरि गाडीसँगै लाग्यौं । सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै गाडी निर्वाध गएपछि प्रहरीको संलग्नता थप पुष्टि गर्‍यो । संयोग कस्तो भने जब ट्रक एसपीको क्वाटर हुँदै गुज्रियो, त्यतिबेलै एक भारतीय नम्बर प्लेटको स्कार्पियो एसपीको क्वाटरअगाडि रोकियो । स्कार्पियोबाट हतारहतार दुईजना ओर्लेर क्वाटरभित्र पस्न खोजे । तर, हामीले रेकर्ड गरिरहेको देखेपछि उनीहरू दुवै दुईतिर लागे ।
हामी फेरि ट्रकलाई पछ्याउँदै गयौं । ट्रक सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा साढे ८ बजे रोकियो । र, त्यस गोदाममा हतारहतार मदिरा झार्न थालियो । सिरहाका प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई हामीले आउन भन्यौं । हामी दुई घण्टा कुर्‍यौं । तर, आउनु त परको कुरा, विभिन्न बहानामा पन्छिरहे ।
ट्रक केही मदिरा हतारहतार झारेर र केही मदिरा गाडीमै राखेर ११ बजेतिर हिँडिसकेपछि बल्ल राजस्वका प्रमुख पुण्य रिजालले हामीलाई फोन गरेर आफूहरू अब निस्किन लागेको जानकारी गराए । हामीले गाडी हिँडिसकेको भनेपछि प्रहरीलाई भन्नुको साटो हामीलाई गाडी रोक्न उनले अर्हाए ।
हामी कुर्यौं । दिउँसो १२ बजे राजस्वको टोली बल्लतल्ल आइपुग्यो । उनीहरू सुरुमा त हामीलाई नपत्याएको जस्तो गरे । तर, जब गोदाममा पुगे, तब कार्टुनैपिच्छे राजस्वको एउटै स्टिकरलाई दुई टुक्रा पारी टाँसिएको मदिराका बोतल भेटिन थाले ।
राजस्वको टोलीले त्यसपछि मदिरा भण्डारण गरिएको गोदाम सिल गरेको छ । गोदाम रहेको घरको आँगनमा रहेका ३१५ कार्टुन र कोठाभित्र रहेको अनुमानित २५ सय कार्टुनजति मदिरा सिल गरिएको हो । यो भनेको झन्डै ३० लाख रुपैयाँबराबरको हो । यसमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको बोतल छ । अवैध मदिरा भेटिएपछि सिल गरिएको र अनुसन्धानपछि मात्रै यस विषयमा केही बोल्ने प्रतिक्रिया राजस्वका प्रमुख पुण्य रिजालले दिए ।
यो घटनाले यहाँका सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको छ भन्ने कुरा छताछुल्ल हुन्छ । प्रहरी, प्रशासनको मिलेमतोमै यो धन्दा भइरहेको स्थानीय बासिन्दा देवकुमार यादव पनि बताउँछन् ।
उद्योगले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गर्दै आएको छ नै, माडरस्थित यो गोदाममा मदिरा भण्डारण गरेर भारत तस्करीसमेत गर्दै आएको छ । यसले सरकारी संयन्त्रको भ्रष्ट चरित्रलाई उदांगो पारिदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In