• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?


एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?
Share on FacebookShare on Twitter

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ ।

तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । जसलाई ‘डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर’ (डीआईडी) को नाम दिइएको छ ।

पहिले यसलाई ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ पनि भनिन्थ्यो । तर अहिले नाम परिमार्जन गरी डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) भन्न थालिएको छ ।

के हो डीआईडी ?

डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) एक मानसिक समस्या हो । जसमा एक व्यक्तिमा दुई वा त्यसभन्दा बढी व्यक्तित्व रहन्छ । यसमा हुने समस्यालाई ‘डिसोसिएसन’ भनिन्छ । यसको अर्थ मानसिक प्रक्रियाहरुमा दिमाग अति सचेत हुनु, धारणा र स्मरणशक्तिबाट आफूलाई अलग गर्नु भन्ने हुन्छ ।

डीआईडीको कारण

डीआईडीको समस्या हुने कैयौं कारण हुनसक्छन् । तर यसको सबैभन्दा ठूलो कारण हो आघात । यसको मतलब कुनै पनि किसिमको शारीरिक वा मानसिक झट्का । विशेषगरी यो बाल्यकालमा हुने शारीरिक, मानसिक वा यौन शोषणको कारणले हुनसक्छ ।

एक अध्ययनले अमेरिका, क्यानडा र युरोपमा यो समस्याबाट पीडित लगभग ९० प्रतिशतमा बाल्यकालमा (शारीरिक, यौन वा भावनात्मक) दुर्व्यवहार भएको थियो । केहीमा भने दुर्व्यवहार भएको थिएन तर उनीहरूले कुनै पनि ठूलो क्षति (जस्तै बाबु वा आमाको अकाल मृत्यु) जस्ता गम्भीर आघात भएको देखिएको थियो ।

यस्ता दुर्व्यवहारमा परेका बालबालिकामा विभिन्न संवेदना, नराम्रो घटनाको सम्झना र भावनाले जरा गाडेको हुन्छ । जुन बिस्तारै हाबी हुँदै उनीहरुमा फरक-फरक व्यवहार (हाँस्ने, रुने, कराउने, हिंस्रक हुने) देखाउने हुन्छ ।

त्यस्तो समस्यमा देखिएका बालबालिकालाई समयमै पहिचान गरी संरक्षण र उपचार दिए भविष्यमा यो समस्या जटिल बन्दैन ।

घटना १

ऋषिभ (नाम परिवर्तन) लाई बाल्यकालदेखि नै बाबुआमाले कुटपिट गर्थे । उनी शान्त स्वभावका भएकाले  चुपचाप सहेरै बस्थे । जब उनी १८ वर्ष पुगे तब उनको दिमागले सो कुरालाई नियन्त्रण गर्न सकेन र उनमा अर्कै व्यक्तित्व विकसित हुँदै गयो । यो व्यक्तित्वले बाबुले कुटपिट गर्दा सामना गर्थ्यो । बिस्तारै बाबुले कुट्दा उसले पनि हात उठाउँथ्यो, जसलाई देखेर बाबु हैरान हुन्थे ।

 घटना २

शहनाज (नाम परिवर्तन) कट्टर मुस्लिम परिवारकी सदस्य हुन् । उनको बाल्यकालमा नै नातेदारसँग विवाह तय भएको थियो । यो समस्याका कारण शहनाजले दोस्रो व्यक्तित्व विकास गरिन् । जब उनी घर बाहिर निस्किन्, शहनाजले हिंसात्मक व्यवहार गर्थिन् । उनी र उनका परिवारका सदस्यहरूले केही समयका लागि शरीरमा प्रेतात्मा आएको भने । स्वास्थ्य परीक्षणपछि शहनाजलाई डीआईडी भएको थाहा भयो ।

घटना ३

डेनियल (नाम परिवर्तन गरिएको) बेलायतका बासिन्दा हुन् । स्कुलमा उनलाई निकै होच्याउने, जिस्क्याउने (बुलिङ) गरिन्थ्यो । उनी अरु बालबालिकाका अगाडि कहिल्यै उभिन सक्दिनन् । जसकारण उनमा विस्तारै दुई नयाँ व्यक्तित्व विकास भयो, जसले साथीको बुलिङबाट बचाउँथ्यो । अर्को व्यक्तित्वले वृद्धको जस्तो जीवन कसरी बाँच्ने भनेर सिकाउँथ्यो ।

के फिल्ममा डीआईडीलाई सही तरिकाले प्रस्तुत गरिन्छ ?

यो विषय निकै रोचक हुने भएकाले फिल्ममा यो विकारलाई अतिरञ्जित ढंगले देखाइन्छ । फिल्महरुमा  डीआईडीको व्यक्तित्व ‘राक्षस’को रुपमा प्रस्तुत हुन्छ । तर यथार्थमा यस्तो हुँदैन ।

यो रोगमा यस्ता समस्या भएकालाई उनीहरुको कुन व्यक्तित्वले के गर्छ ? भन्ने थाहा हुँदैन भन्ने धारणा हुन्छ । तर त्यस्तो होइन, उनीहरुलाई सबै कुरा याद हुन्छ ।

 उपचार के हुन्छ ?

डीआईडीको उपचारमा ‘डिप साइकोथेरापी’ चाहिन्छ । जसअन्तर्गत मानसिक थेरापी, पारिवारिक थेरापी (लक्षित व्यक्तिको भावना बुझ्ने, सहज वातावरण गराउने), रिल्याकसेसन टेक्निक र ध्यान गराउने जस्ता विधि अपनाइन्छ । व्यक्तिको अवस्था हेरेर औषधि पनि प्रयोग गरिन्छ । साथै, बिरामीलाई आघातबाट उत्प्रेरित हुन नदिने तालिम दिइन्छ ।

समस्या पहिचान हुन कठिन

डीआईडीका बिरामीलाई समाजमा पागल भनेको देखिन्छ । डीआईडीका अधिकांश बिरामी ग्रामीण क्षेत्रका भएकाले कुनै न कुनै आघातबाट पीडित छन् । तर विडम्बनाको कुरा चेतनाको अभावले यस्ता बिरामी कहिल्यै अगाडि आउँदैनन् । जसकारण यस्ता मानसिक स्वास्थ्य सेवाको पहुँच समेत छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In