• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कौमार्यको प्रश्न: पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?


कौमार्यको प्रश्न: पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?
Share on FacebookShare on Twitter

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।

ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।

अध्ययनका निष्कर्षहरू

अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

यौनसम्बन्ध

तस्बिर स्रोत,Science Photo Library

महिला र पुरुषको समान चाहना

पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।

उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ।

पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

सेक्स

सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।

“प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।”

अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, “हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।

“यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौनसम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।”

उनले विद्यालयमा दिइने यौनशिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौनसम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।

के छ नेपालको अवस्था?

झन्डै दुई वर्षअघि प्रकाशित नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०१६ का अनुसार नेपालमा पहिलो यौनसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ।

अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौनसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।

पुरुषहरूले भने विवाहको ‍औसत उमेरभन्दा पहिलो यौनसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौनसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ।

नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

पहिलो यौनसम्पर्कका लागि सही समय

पहिलो पटक यौनसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ

  • के राम्रो अनुभूति भएको छ?
  • के म आफ्नो साथीलाई प्रेम गर्छु?
  • के उनले पनि मलाई उत्तिकै माया गर्छन्/गर्छिन्?
  • के हामी यौनरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ?
  • के गर्भाधानबाट बच्न हामीले साधनको जोहो गरेका छौँ?
  • के म यौन क्रियाकलापको कुनै पनि अवस्थामा ‘भयो पुग्यो’ भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ?

यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौनसम्पर्कका लागि उचित समय भएको हुनसक्छ।

तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौनसम्पर्कका लागि समय नभएको हुनसक्छ।

  • के पहिलो यौनसम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ?
  • के मलाई यौनसम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ?
  • के म साथीहरूले पहिलो यौनसम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु?
  • के मैले प्रेमी/प्रेमिका छुट्न सक्छन् भन्ने डरले यौनसम्पर्कबारे सोचेको हुँ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In