सिराहा, – भारतसँग जोडिएको सिराहाको सीमावर्ती क्षेत्र अहिले तस्करीको केन्द्र बनेको छ। सीतापुर प्रहरी चौकीका इन्चार्ज अरुण कुमार बैठाले मासिक रूपमा ठूलो रकम बुझेर तस्करीमा संलग्न व्यापारीलाई संरक्षण दिइरहेका छन्। एक व्यापारीले नाम नखुलाउने सर्तमा खुलासा गरे अनुसार, प्रहरी चौकी अगाडिबाटै गाडी र मोटरसाइकल प्रयोग गरी कपडा, चिनी, दाल, रजनीगन्धा जस्ता लगायतका सामान सहजै तस्करी हुँदै लहानसम्म आउने गरेको स्रोतको दाबी रहेको छ।
तस्करहरूले मासिक रुपमा ठूलो रकम बुझाएर प्रहरीको मिलेमतोमा सीमा क्षेत्रका तस्करीका गतिविधिहरूलाई सहज बनाइरहेका छन्। प्रहरी तस्करी रोक्नका लागि कुनै कदम नचाल्ने मात्र होइन, सामानको ओसारपसारमा सहजीकरण पनि गर्दै आएको छ।
Discussion about this post