• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

१० वस्तुको आयात रोक्दा जोगिएला विदेशी मुद्राको सञ्चिति ?


१० वस्तुको आयात रोक्दा जोगिएला विदेशी मुद्राको सञ्चिति ?
Share on FacebookShare on Twitter

काठमाडौं । विदेशी मुद्राको सञ्चिति जोगाउन नेपाल राष्ट्र बैंकले करिब ४७ वटा ‘हार्मोनी कोड’मा वस्तुको आयात रोक्ने गरी बैंकहरुलाई प्रतीतपत्र (एलसी) नखोल्न भनेको छ । तर, सरकारले मंगलबारदेखि १० प्रकारका वस्तुको मात्रै आयात रोक्ने गरी निर्णय गरेको छ । सरकारले रोकेका सीमित वस्तुहरुले मात्रै ठूलो मात्रामा विदेशी मुद्राको सञ्चिति जोगाउन भूमिका खेल्नेमा आशंका छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी पत्याउने हो भने यो निर्णयले आगामी असारसम्म २५ अर्ब रुपैयाँ बाहिरिनबाट रोकिने छ । वाणिज्य मन्त्रालयको प्रस्ताव र अर्थ मन्त्रालयको स्वीकृतिमा सरकारले तयारी मदिरा, महँगा कार, २५० सीसीभन्दा बढीका मोटरसाइकल, सुर्ती, टेलिभिजन, ६०० डलरभन्दा बढी मूल्यका मोबाइल फोन, तास, खेलौना, कुरकुरे र हिराको आयात असार मसान्तसम्मका लागि रोकेको छ ।

विगतका केही वर्षहरुको तथ्यांकका आधारमा यी वस्तुको आयात रोक्ने निष्कर्षमा पुगेको वाणिज्य सचिव डा.गणेशप्रसाद पाण्डेयले बताउँछन् । ‘यो निर्णय हचुवा होइन, अध्ययन गरेरै गरेका हौं,’ सचिव पाण्डेले भने, ‘करिब २५ अर्बको आयात घट्न सक्छ ।’

आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा व्यापारीले कुुस्त आयात गरेर मौज्दात गरेको वस्तुलाई सरकारले आयातमा रोक लगाएको छ । ९ महिना यता यस्तो प्रतिबन्ध लागेका वस्तुको आयात मात्रै ५७ अर्ब ६ करोड २४ लाख ४० हजार रुपैयाँको मात्रै हो । गत वर्ष यही अवधिमा यी वस्तुको आयात ४८ अर्ब २६ करोड ७२ लाख ८८ हजार रुपैयाँ मात्रै थियो ।

गत आवको ९ महिनामा यी वस्तुको आयातबाट ३५ अर्ब ८३ करोड ९० लाख राजस्व संकलन गरेको सरकारले चालु आवको सोही अवधिमा४० अर्ब ८७ करोड ६० लाख ६२ हजार रुपैयाँ राजस्व उठाइसकेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ भरिमा ६० अर्ब ७३ करोड ५४ लाख ३४ हजार रुपैयाँ बराबरको यी १० प्रकारका वस्तु नेपाल भित्रिंदा सरकारले ४५ अर्ब ३४ करोड ४७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा ६० करोडको आयात भएकोमा यो वर्ष यस्ता वस्तुको आयात ५७ अर्बमा खुम्चिएको छ । सरकारले यी वस्तुको आयात नरोके यो वर्ष आयात मूल्य ८० अर्ब नाघ्ने अनुमान छ ।

सरकारले प्रतिबन्ध गरेका गाडी मात्रै गत आर्थिक वर्षमा १३ अर्बको भित्रिएकोमा चालु आवको ९ महिनामा ११ अर्ब ३६ करोडको भित्रिसकेको छ ।

सरकारले प्रतिबन्ध गरेको मदिराको आयात गत आवमा २ अर्ब ६५ करोडको थियो । चालु आवको ९ महिनामै यस्तो आयात २ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको छ । गत आवको ९ महिनामा एक अर्ब ७७ करोडको मदिरा नेपाल भित्रिएको थियो ।

राष्ट्र बैंकको निर्देशन मिच्नेलाई वैधानिकता

सरकारको यो राजपत्रले विलासीको वस्तु आयात रोक्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरीत एलसी खोलेका व्यापारीहरुको संरक्षण गरेको छ । २१ चैतमा नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयात नखोल्न वाणिज्य बैंकहरुलाई गरेको निर्देशन मिच्दै केही व्यापारिक घरानाले राष्ट्र बैंक र बैंकसँग मिलेमतो गरेर करोडौंंको एलसी खोलेका थिए ।

तर, १३ गतेसम्म बैकिङ प्रक्रिया पूरा गरेका वस्तुको आयातलाई नेपाल भित्रिन नरोक्ने गरी सरकारले राजपत्र जारी गरेको छ । यसका कारण विशाल ग्रुप र कन्टिनेन्टल इन्टरप्राइजेज, स्याकार ट्रेडिङ लगायतका व्यापारिक समूहले खोलेका सवारी साधन र मदिराको आयातले अब कानुनी वैधता पाएको छ ।

वाणिज्य र अर्थ मन्त्रालयले चार महिनाअघि देखि अर्थतन्त्र बिग्रिएकाले आयात रोक्ने हल्ला चलाइरहेका थिए । तर, ठूलो मात्रामा वस्तु आयात भइसकेपछि मंगलबार मात्रै केही वस्तुको आयातमा प्रतिबन्ध लगाउने गरी सूचना निकालिएको छ ।

कुस्त आयात भइसकेपछि सरकारले गरेको निर्णय पनि शंकास्पद छ । प्रतिबन्धको केही साता अघि मात्रै गाडी, मदिरा, चकलेट लगायतका २ अर्ब हाराहारीको विलासी वस्तु आयातको एलसी खुलिसकेको छ । नबिल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकबाट ९ वटा एलसीमार्फते प्रतिबन्धित एलसी खोलिएको थियो ।

राष्ट्र बैंकको निर्देशनपछि कैयौं वस्तुको आयातका लागि एलसी खुलेको छैन । तर, सरकारले १० प्रकारको वस्तु मात्रै सूचीमा राखेर प्रतिबन्ध लगाएको छ । यसले गर्दा राष्ट्र बैंकले एलसी खोल्न प्रतिबन्ध लगाएका अन्य वस्तुहरुको आयात के हुन्छ भन्ने स्पष्ट भएको छैन ।

वाणिज्य सचिव पाण्डेय भने राष्ट्र बैंकले लगाएको नगद मार्जिन र एलसी रोकको निर्णयमा पुनर्विचार हुने बताउँछन् । शोधनान्तर घाटामा केही सुधार भए तुरुन्तै आयातका प्रतिबन्धहरु हट्ने उनको दाबी छ ।

अन्य विलासी वस्तुलाई छुट

सरकारले विलासी र नेपालमा आयात निरुत्साहन गर्न सकिने कयौं वस्तुलाई भने छुट दिइरहने नीति लिएको छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने चकलेट, चुइगम, अत्तर, श्रृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, कृत्रिम फूल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयातलाई खुल्लै छाडिएको छ ।

च्ाालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार धेरै आयात हुने १० वस्तुको सूचीमा कर्न फ्लेक्स लगायतका तयारी खाद्यान्न र सजावटका गरगहना पनि छन् । तर, विशाल समूहको ठूलो बजार हिस्सा रहेको यस्ता नेपालमै उत्पादन हुनसक्ने पूरक तथा अनावश्यक वस्तुको आायात रोकिएको छैन । खाद्यान्न, कर्नफ्लेक्स र ब्रेड मात्रै गत आर्थिक वर्षमा ५४ अर्ब ६९ करोड नेपालबाट बाहिरिएको थियो तर यो वर्ष ९ महिनामै यस्तो वस्तु आयात खर्च ५६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै धातुका गहना र सजावटका सामानमा गत वर्षमा ९ महिनामा २१ अर्ब ४१ करोडको आयात भएकोमा चालु आवमा ५२ अर्ब १३ करोड रुपैयाँको आयात भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In