• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्
Share on FacebookShare on Twitter

राजविराज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रवादीलाई राम र राजावादीलाई रावणको संज्ञा दिएका छन् ।

पार्टीको जिल्ला कमिटी सप्तरीको दशौं जिल्ला अधिवेशनलाई बुधबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राजावादी पक्षधरहरू गुण्डागर्दीमा उत्रेको बताए ।

‘आन्दोलनको नाममा जहाँ गए त्यही उनीहरुले लुटपाट गरे पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘मिठाई पसलमा मिठाई, फलफुल पसलमा फलफुल, जहाँ जे पाए त्यही लुटपाट गरे ।’

उनले सप्तरीमा राजावादीलाई आउन नदिन आग्रह गरे । ‘यहाँ आए बरमझियाको पेडा नै लुटेर लग्छन्’ उनले भने, ‘त्यहीं भएर पेडा पसलेहरु हौसियार !’

उनले राजावादीले प्रदर्शन गरेकै दिन समाजवादी मोर्चाले पनि प्रदर्शन गरेको तर गणतन्त्र पक्षधरहरूले कहीँ कतै कुनै समस्या उत्पन्न नगरेको उनले बताए । ‘गणतन्त्रवादीहरू १ लाख भन्दा बढी सहभागी भएका थिए’ उनले भने, ‘तर थोरै संख्यामा रहेका राजावादीहरुले लुटपाट आगजनी र तोडफोड गरे ।’

अध्यक्ष नेपालले आफ्नै पार्टी कार्यालयबाट कम्प्युटर प्रिन्टर किताब चोरी गरेर लगेको र पार्टी कार्यालयमा आगो समेत लगाइदिएको बताए । ’राजावादीहरू यही भएर गुण्डा हुन्’ उनले भने, ’यही फरक छ गणतन्त्रवादी र राजावादीमा । रावणले लुटेको छ र रामले सबैको भलाई गर्छ ।’

राजाले शासन गर्दा देश अँध्यारोको दिशामा रहेको र अत्याचार अत्यधिक बढेको उल्लेख गर्दै उनले राजालाई कुनै शर्तमा आउन नदिने बताए । ‘राजा आउँदा केही व्यक्ति र परिवारलाई फाइदा हुन्छ तर जनतालाई केही फाइदा हुँदैन’ उनले भने ।

अध्यक्ष नेपालले कांग्रेस र नेकपा एमालेको सरकार नालायक भएको टिप्पणी गरे । यो दुवै पार्टीको सरकारले देश र जनताको भलाई नगरिरहेको उनको भनाइ छ । ’जनताको समस्याप्रति वेवास्ता गरेको यो सरकारबाट केही हुनेवाला छैन’ उनले भने ।

भ्रष्टाचार कुशासन बढ्दा र जनताको समस्यामा ध्यान नदिँदा देश बिग्रन थालेको उनको भनाइ छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष धर्मनाथ प्रसाद साह, मधेश प्रदेशका अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In