• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा


युवा नेता सीबी साह, संयोजक पुरुषोत्तम यादव, पत्रकार दिवाकर शाह, अभियन्ता शिव यादव र सामाजिक कार्यकर्ता बब्लू गुप्ता चर्चामा
Share on FacebookShare on Twitter

काठमाडौं । जेन जी पुस्ताको घोषणाको जगमा भएको जनविद्रोह पश्चात सुशिला कार्कीको नेतृत्वमा नवगठित अन्तरिम सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषदलाई असमावेशी र पुरानै अनुहारहरूको पुनरावृत्ति भएको भन्दै अहिले मधेशमा असन्तुष्टि बढेको छ । आन्दोलनको मर्म विपरीत फेरि त्यही पुरानो शैली दोहोरिएको भन्दै युवाले चर्को आलोचना सुरू गरेका छन् । नेपालको राजनीतिमा मधेशी समुदायको प्रतिनिधित्वलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको छ । हालै अन्तरिम सरकारमा मधेशी युवाहरूको समावेशीकरणको माग गर्दै जनदबाब बढ्दै गएको छ ।

१. सीबी साह : भ्रष्टाचारविरुद्ध सडकको आवाज
हिरो अफ मधेश अवाडद्वारा सम्मानित युवा नेता चन्द्र भुषण साह (सीबी साह) लामो समयदेखि लुट – भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध संघर्षरत छन् । गलत सिस्टम, शासन र शासकहरुको विरुद्धमा खुलेर सडकमा युवालाई संगठित गर्दै आएका साहले वैचारिक बहसमार्फत पनि परिवर्तनको खाका कोर्ने गरेका छन् । विद्रोही चेत सहितको लेखन र साहित्यमा विशेष रुची राख्ने साहको नामबाट ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तक प्रकाशित छन् । उनका अनुसार, “नेतृत्वमा क्षमता बिनाको व्यक्तिले अवसर पाएमा धृतराष्ट्र बन्न पुग्दछ, क्षमता भएर पनि अवसर नपाएमा व्यक्ति कर्ण बन्न पुग्दछ, क्षमता भएकोले अवसर पाएमा व्यक्ति अर्जुन बन्न पुग्दछ र क्षमता हुँदाहुँदै पनि अवसरको लोभमा नपरे व्यक्ति श्रीकृष्ण बन्न पुग्दछ । इतिहास साक्षी छ, शक्तिसँग सत्य र शासकसँग जनता कहिल्यै पराजित हुँदैन/हुनुहुँदैन ।” करिब डेढ दशकदेखि विभिन्न आन्दोलनमार्फत राष्ट्रिय राजनीतिको चर्चामा आएका सीबी साहसँग विगतमा मन्त्रीको अवैतनिक सल्लाहकारको रूपमा कार्य गरेको अनुभव समेत छ । उनी मधेश आन्दोलनका समेत एक प्रमुख युवा नेता हुन् ।

ठुलो संख्यामा रहेका उनका समर्थकहरू भन्छन्, “आजको २१औं शताब्दीको युवा शक्ति देशको भविष्य मात्र नभएर वर्तमान पनि हो । आन्दोलनमा खुनपसिना, आँसु र बलिदान दिनेहरूलाई सत्ता साझेदारीमा स्थान दिनु न्याय हो । सडकमा लड्नेहरू बिना सिंहदरबार अधुरो हुन्छ । सीबी साह मन्त्री बन्नुपर्छ, यो मधेश मात्र होइन, सम्पूर्ण नेपाली जनताको आदेश हो ! देशलाई नयाँ दिशा दिन सक्ने सीबी साह जस्तो साहासिक, योग्य, ईमान्दार र अनुभवी युवा नेतृत्वले नै देशलाई भ्रष्टाचार र असमानताबाट मुक्त गरी सुशासित, बदलिएको र विकसित नयाँ नेपाल निर्माण गर्न सक्छन् ।” #CBSahForMinister #PeopleFirst #genz #peoplethirdmovement #साहसिक_नेतृत्व #जनताकोआवाज #मधेशकोगौरव #मधेश_आवाज #सडकको_आवाज_सीबीसाह #जनदबाब”

२. पुरुषोत्तम यादव : Gen Z आन्देलनाका संयोजक
Gen Z पुस्ताका अभियन्ता पुरुषोत्तम यादव शिक्षा, रोजगारी र सामाजिक न्यायका सवालमा निरन्तर सक्रिय छन् । पछिल्लो समय युवामाझ चर्चित उनले आन्दोलनलाई व्यवस्थित बनाउन अग्रणी भूमिका खेलेका छन् । जेन जी पुस्ताको नाममा भएको आन्दोलनमा धेरै समुह र उपसमुहहरू देखिएतापनि धेरैले पुरुषोत्तम यादव नै यसको मुख्य संयोजक रहेको दाबी समेत गर्ने गरेको पाइन्छ । उनको नामबाट यस बिच जेन जी नेपालको केही महत्वपूर्ण विज्ञप्तिहरू समेत प्रकाशित भएको हो । एक विद्यार्थी नेताले भने, “पुरुषोत्तम यादवजस्ता अनुहारलाई अवसर नदिए आन्दोलन फेरि निराशामा डुब्छ ।”

३. दिवाकर शाह : पत्रकारिताबाट आन्दोलनसम्म
पत्रकारिताबाट सार्वजनिक जीवनमा आएका दिवाकर शाहले मधेशको आवाज राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरेका छन् । उनी सुशासन र पारदर्शिताका सवालमा मुखर छन् । पहिचान, समानता र जनअधिकारका सवालमा निरन्तर बोल्दै आएका शाहलाई धेरैले पत्रकारितामा रवि लामिछाने पछिको “चर्चित अनुहार” मध्येको एक मान्ने गरेको पाईन्छ । दिवाकर शाहको निर्भिक एवं निश्पक्ष समाचार, घटना स्थलमै गएर गर्ने रिपोटिङ, चर्को आवाजमा कडा प्रश्नको दमदार प्रस्तुति जस्तो विषय दर्शक स्रोताको रोजाई बन्न पुगेको छ ।

उनका समर्थकहरुका अनुसार, उनलाई सञ्चार मन्त्री बनाउनुपर्नेमा चर्चा परिचर्चा बढी देखिन्छ । दिवाकर शाह जस्तो सहासिक व्यक्ति सरकारमा पुग्दा युवाले खोजेको इमानदार नेतृत्व सुनिश्चित हुन्छ । विश्लेषकका अनुसार, “दिवाकर सरकारमा गए भने नीतिगत तहमा मधेशको मुद्दा स्पष्ट रुपमा उठ्छ ।”

४. शिव यादव : आन्दोलनकारी युवा नेता
संगठन निर्माण र जनस्तरमा सक्रियताका कारण शिव यादव मधेशमा उदाउँदो राजनीतिक अनुहार बनेका छन् । उनले स्थानीय युवालाई लामो समयदेखि संघर्षमा होमाएका छन् । उनका समर्थकहरू भन्छन्, “”Gen-Z” पुस्ताको आन्दोलनका अग्रपंक्तिमा रहेका, मधेसका जनसमस्या र पहिचानका पक्षमा निरन्तर आवाज उठाइरहनु भएका सिरहा जिल्लावासी युवा नेता शिव यादवलाई मन्त्री मण्डलमा समावेश गर्न अत्यावश्यक देखिन्छ । उहाँको राजनीतिक चेतना, नेतृत्व क्षमता, र युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने गुणको मूल्याङ्कन गर्दै समानुपातिक समावेशी प्रणालीको मर्मअनुसार शिव यादव जस्ता सक्षम प्रतिनिधिहरूलाई निर्णय तहमा पुर्‍याउनु आजको आवश्यकता हो । मधेसी समुदाय, युवा पुस्ता, र समान प्रतिनिधित्व सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायहरुलाई शिव यादवलाई मन्त्री मण्डलमा समावेश गराउने
पहल गर्नुपर्छ ।” #zenzsupporter #lahannews #madheshiyuwa #madhesh #ShivYadav #growinglahan #MadheshYouth

५. बब्लू गुप्ता : सामाजिक अभियन्ता
यसवर्ष अनलाईन खबर पत्रिकाको ४० वर्ष मुनिका ४० युवामा पर्न सफल परोपकारी समूह ‘१०० ग्रुप’ पछाडिका अनुहार समाजसेवी बब्लु गुप्ता कलेजबाट फर्किंदै गर्दा सडकमा भेटिएका घाइतेलाई अस्पताल पुर्‍याएपछि परोपकार क्षेत्रतिर मोडिएका सिरहा, लहानका बब्लु गुप्ताले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएको थियो । उनले कपडा बैंक स्थापना गररे अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उनले बिरामीहरुको लागि रगत खोज्ने काममा समेत सहयोग गर्ने गर्छन । गुप्तालाई जनताको आवाज प्रत्यक्ष रूपमा सुन्न सक्ने नेताका रुपमा परिचित गरिएको छ । बब्लु गुप्ताको सहभागिताले आन्दोलनलाई स्थायित्व र दिशानिर्देशन मिल्ने आशा उनी निकट सर्मथकले गरेका छन् ।

वर्तमान मन्त्रिपरिषदमा पुराना नेताको मात्र पुनरावृत्ति भएको भन्दै मधेश सहित देशभरबाट चर्को आलोचना भइरहेको छ । नयाँ पुस्ता र विशेषगरी आन्दोलनमा सक्रिय युवालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि बढेको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, “अन्तरिम सरकार यदि पुस्तान्तरणको नेतृत्व बिनै चलाइयो भने यो आन्दोलन थप उग्र बन्नेछ।” मधेशी युवाहरूको अन्तरिम सरकारमा समावेशीकरणको माग न्यायोचित छ । सीबी साह, पुरुषोत्तम यादव, दिवाकर शाह, शिव यादव र बब्लू गुप्ता जस्ता अनुहारलाई सहभागी नगराइन्जेल अन्तरिम सरकार अधुरो र कमजोर रहन्छ भन्ने चेतावनी सडकदेखि सामाजिक सञ्जालसम्म गुन्जिन थालेको छ । यी नामहरुलाई सरकारले गम्भीरताको साथ लिनु आवश्यक छ । यसले देशमा सामाजिक न्याय र समानताको स्थापना गर्न मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Professionell genomgång om utländska casinon modell

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In